नर्सको अभावमा महानगरले रोक्यो बृद्धाबृद्धालाई घरघरमा उपचार
सारांश
- काठमाडौं, २६ फागुन- काठमाडौँ महानगरपालिकाले छ महिनादेखि सुरु गरेको जेष्ठ नागरिकलाई घरघरमा दिइने उपचार सेवा तत्कालका लागि रोकिएको छ ।
- हाल चिकित्सक र नर्सको अभावका कारण निरन्तरता दिन नसकिएको काठमाडाैँ महानगरपालिका जनस्वाथ्य महाशाखा प्रमुख हरि श्रेष्ठले जानकारी दिए ।
- कामपाले गत असार १५ गतेदेखि प्रमुख विद्यासुन्दर शाक्य र उपप्रमुख हरिप्रभा खड्गी सहभागी भएर सो सेवा सुरु गरेको थियो ।
काठमाडौं, २६ फागुन- काठमाडौँ महानगरपालिकाले छ महिनादेखि सुरु गरेको जेष्ठ नागरिकलाई घरघरमा दिइने उपचार सेवा तत्कालका लागि रोकिएको छ । हाल चिकित्सक र नर्सको अभावका कारण निरन्तरता दिन नसकिएको काठमाडाैँ महानगरपालिका जनस्वाथ्य महाशाखा प्रमुख हरि श्रेष्ठले जानकारी दिए । कामपाले गत असार १५ गतेदेखि प्रमुख विद्यासुन्दर शाक्य र उपप्रमुख हरिप्रभा खड्गी सहभागी भएर सो सेवा सुरु गरेको थियो ।
अस्थायी भएका कारण पहिलो चरणको काम सकेर १०–१० चिकित्सक र नर्स जिल्ला जनस्वास्थ्य कार्यालय नै फर्कनु भएको जनाइएको छ । कामपाका ८८ वर्ष उमेर पुगेका ज्येष्ठ नागरिकलाई जीवनप्रति सकारात्मक सोचको विकास एवम् उनीहरूमा भएका रोगको निदान गरी स्वस्थ्य जीवन बाँच्न प्रेरित गर्ने उद्देश्य सो सेवाको थियो ।
महानगरका ३२ वटै वडामा अठासी वर्ष उमेर पूरा भएका ५९६ नागरिक छन् । अबको केही समयमा नै कामपाले आवश्यक कर्मचारीको व्यवस्था गरी सेवालाई निरन्तर दिने जनाएको छ । स्वास्थ्योपचारसँगै जेष्ठ नागरिकलाई कामपाका तर्फबाट वार्षिक रु १२ हजारका दरले भत्तासमेत दिन थालिइसकेको छ । गत वैशाखमा स्थानीय निर्वाचनबाट जनप्रतिनिधि आएपछि भत्ता वितरण गरिएको थियो । रासस
Rajendra Paudel
थुक्क लाज नभयका नेपाल मा नर्स यति धेरै उत्पादन भयका छन कि जागिर नपायर काेहि भाेलन्टियर गरेछन त काेहि ६०००रुपैयाँ मा दिन काे १२ घण्टा काम गर्नु परेछ जिबिकाे पार्जन काे लागि तर काठमाडौ महानगर ले नर्स पायन
Gobinda Prasad Chapagai
Ok …….
……….kp
………….oli