छिटोभन्दा छिटो निर्वाचनमा जानुको बिकल्प छैनः नेता पौडेल
सारांश
- नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले संविधान कार्यान्वयनका लागि छिटोभन्दा छिटो निर्वाचनमा जानुको विकल्प नभएको बताउनुभएको छ ।
- वालिङ उद्योग वाणिज्य सङ्घले आयोजना गरेको छैटौँ वालिङ महोत्सवको समापन गर्दै नेता पौडेलले आगामी माघभित्र तीनवटै तहको निर्वाचन गरी देशलाई समृद्धितर्फ लैजानुपर्ने बताउनुभयो ।
- “संविधान निर्माणका क्रममा एउटै ठाउँमा उभिएका दलहरु संविधानको कार्यान्वयनका लागि पनि एकै ठाउँमा उभिएर देशलाई विद्यमान सङ्क्रमणकालबाट बचाउनु आवश्यक छ,” उहाँले भन्नुभयो ।
नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले संविधान कार्यान्वयनका लागि छिटोभन्दा छिटो निर्वाचनमा जानुको विकल्प नभएको बताउनुभएको छ ।
वालिङ उद्योग वाणिज्य सङ्घले आयोजना गरेको छैटौँ वालिङ महोत्सवको समापन गर्दै नेता पौडेलले आगामी माघभित्र तीनवटै तहको निर्वाचन गरी देशलाई समृद्धितर्फ लैजानुपर्ने बताउनुभयो । “संविधान निर्माणका क्रममा एउटै ठाउँमा उभिएका दलहरु संविधानको कार्यान्वयनका लागि पनि एकै ठाउँमा उभिएर देशलाई विद्यमान सङ्क्रमणकालबाट बचाउनु आवश्यक छ,” उहाँले भन्नुभयो ।
मधेसमा देखिएका समस्यालाई वार्ताका माध्यमबाट समाधान गर्न सकिने उहाँको भनाइ थियो । मधेसीका जायज गुनासालाई सम्बोधन गरिने तर राष्ट्रियतामाथि आँच आउने गरी भने गर्न नसकिने पौडेलले बताउनुभयो । उहाँले संविधान संसोधनका क्रममा मधेसवादी दललाई सर्तमाथि सर्तहरु अगाडि नसार्न पनि आग्रह गर्नुभयो ।
सो अवसरमा नेकपा (एमाले)का केन्द्रीय सदस्य एवम् पूर्वउद्योगमन्त्री सोमप्रसाद पाण्डेयले संविधान कार्यान्वयनमा लाग्नुपर्ने बेलामा सरकारले संविधान संशोधन भन्दै बेमौसमको बाजा बजाइरहेको बताउनुभयो । ‘हाम्रो गौरव, हाम्रो शानः वालिङ महोत्सव हाम्रो पहिचान’ नाराकासाथ यही माघ १३ गतेदेखि महोत्सव सुरु भएको थियो ।
प्रतिक्रिया