ओलीविरुद्ध प्रचण्डभन्दा किन बढी आक्रामक भए माधव नेपाल

Shikharkhabar Shikharkhabar
|
मंगलबार, मंसिर ९, २०७७
|
|
२७ पटक हेरिएको
Shares
ओलीविरुद्ध प्रचण्डभन्दा किन बढी आक्रामक भए माधव नेपाल

सारांश

  • काठमाडौं, ९ मंसिर ।
  • नेपाल कम्युनिस्ट पार्टीभित्र अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीचको यसपटकको विवाद कहाँ पुगेर पूर्णविराम लाग्ने हो ?
  • तर, दुई अध्यक्षबीचको विवादमा नेकपाभित्रका अन्य खेलाडीहरु सतहमै देखिनथालेका छन् ।

काठमाडौं, ९ मंसिर । नेपाल कम्युनिस्ट पार्टीभित्र अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीचको यसपटकको विवाद कहाँ पुगेर पूर्णविराम लाग्ने हो ? तर, दुई अध्यक्षबीचको विवादमा नेकपाभित्रका अन्य खेलाडीहरु सतहमै देखिनथालेका छन् ।

सचिवालय बैठकमा फरक राजनीतिक प्रस्ताव प्रस्तुत गरेर एक अर्काविरुद्ध आरोप प्रत्यारोप शुरु गरेका ओली र प्रचण्ड सत्ता संघर्षमा रहेको खुल्दै गएको छ । ओलीले सार्वजनिक रुपमा सरकारविरुद्ध चलखेल भएको बताइसकेका छन् । साथै आफूले कुनै हालतमा राजीनामा नदिने प्रष्ट पारेका छन् । प्रचण्डले भने ओलीलाई सत्ताबाट हटाउन खोजिरहेका छन् ।

ओलीलाई हटाउन खोजेका प्रचण्डले सार्वजनिक रुपमा यस प्रकारको कुनै अभिव्यक्ति दिएका छैनन् । उनी यसपटक निकै कम बोलेर सक्रियता बढाइरहेका छन् । तर, पछिल्लो समय वरिष्ठ नेता माधवकुमार नेपाल र उनका विश्वासपात्रहरु कडा रुपमा प्रस्तुत हुन थालेका छन् ।

पूर्व एमालेका रुपमा परिचित नेपाल समूहले ओलीलाई पार्टीलाई बेवास्ता गरी मनोमानी तरिकाले चलेको भनी आलोचना गर्दै आएका छन् । नेकपा बैठकमा ओली र नेपालबीच धम्कीको भाषा समेत प्रयोग भएको खुलासा भइसकेको छ । जसलाई ओलीले आफूले बैठकमा राखेको भनाईका रुपमा बाहिर खुलाइसकेका छन् । पार्टी बैठकमा नेपालले ओलीलाई ‘धम्की दिने ?’ भनी प्रश्न समेत गरेका थिए ।

नेपालले हालै एक अन्तवार्तामा अध्यक्ष प्रचण्डले पटक पटक आग्रह गर्दा पनि बैठक बोलाउन तयार नभएको र सर्वेसर्वा हुन खोजेको आरोप लगाएका छन् । उनले भनेका छन्, उहाँमा अहंकार छ । ओलीले अरुको कुनै महत्व नदिने गरेको र पार्टीभित्रको छलफलमा विश्वास नगर्ने स्वभाव भएको आरोप लगाए । नेपालले ओलीलाई महाराजको शैली देखाएको आरोप समेत लगाए । पार्टीभित्रको मुख्य जड नै ओली भएको उनको टिप्पणी थियो ।

नेपाल पछिल्लो समय ओलीसँग निकै चिढिएका छन् । उनले दुईपटक ओलीलाई सत्ताबाट हटाउने प्रयासमा मुख्य भूमिका खेलेका थिए । पहिलोपटक प्रचण्ड आफै पछि हटे । दोस्रो पटक पनि सहमतिमा प्रचण्डले टुंग्याए । यसो हुनुमा वामदेवको भूमिका पनि कारण थियो । तर, माधव नेपाल ओलीविरुद्ध चट्टान झै अडिए ।

ओलीले पूर्व एमालेको साइनो लगाएर नेपालसँग राजनीतिक लेनदेन गर्ने प्रयास गरेका थिए । तृतीय अध्यक्ष देखि भविष्यमा पार्टी नेतृत्वका लागि साथ दिने सम्मको प्रस्ताव राखेको बुझिएको छ । तर, माधव नेपाल मानेनन् । ओलीविरुद्ध नेपाल यसरी प्रस्तुत हुनुमा उनलाई प्रधानमन्त्री बन्न सक्ने मौका पनि कारण देखिएको छ । ओली र प्रचण्डबीचको टकरावमा नेपालको शक्ति बढेको छ । उनको प्रधानमन्त्री बन्ने सम्भावना पनि बढेको छ ।

ओली कमजोर भइहालेमा पूर्व एमालेको समूहले आफूलाई नै समर्थन गर्ने बुझाई नेपालको हुनसक्ने विश्लेषण भइरहेको छ । अर्कोतर्फ, ओलीसँग निकै चिढिएका प्रचण्डले पनि माधव नेपाललाई प्रधानमन्त्रीमा समर्थन गर्ने शर्तमा भएपनि अहिलेको जेहाद छेडेको चर्चा छ । आफूलाई विगतमा निकै पेलेको, कुनै महत्व नदिएको र उल्टै अप्ठ्यारोमा पारेको पीडा सम्झेर नेपाल ओलीविरुद्ध अर्जुनदृष्टि लगाएर सक्रिय छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

युवा ज्योतिष तथा वास्तुविज्ञ गर्गाचार्य सम्मानित
युवा ज्योतिष तथा वास्तुविज्ञ गर्गाचार्य सम्मानित
वाइडबडी घोटला छायाँमा पार्न चलखेल सुरु, भ्रष्टाचार ठहरिए पूर्व प्रधानमन्त्रीहरु पनि तानिने
वाइडबडी घोटला छायाँमा पार्न चलखेल सुरु, भ्रष्टाचार ठहरिए पूर्व प्रधानमन्त्रीहरु पनि तानिने
न्यूक्यासलमाथि लिभरपुल ४-२ ले विजयी
न्यूक्यासलमाथि लिभरपुल ४-२ ले विजयी
नेपाल–चीन सम्बन्धलाई सुदृढ तुल्याउन सौहार्दपूर्ण छलफल : उपाध्यक्ष सापकोटा
नेपाल–चीन सम्बन्धलाई सुदृढ तुल्याउन सौहार्दपूर्ण छलफल : उपाध्यक्ष सापकोटा
मेलम्चीको पानी चैतभित्रै काठमाडौँ पुग्ने गरी काम गर्न निर्देशन
मेलम्चीको पानी चैतभित्रै काठमाडौँ पुग्ने गरी काम गर्न निर्देशन
प्रहरी अधिकृतहरू ३० वर्षे सेवा अवधि हटाउन किन पुगे सर्वोच्च ?
प्रहरी अधिकृतहरू ३० वर्षे सेवा अवधि हटाउन किन पुगे सर्वोच्च ?
सरकारमा जान तम्तयार राजपा किन पछि हट्यो
सरकारमा जान तम्तयार राजपा किन पछि हट्यो
सर्वोच्चका ८ जना न्यायाधीशले विदा बस्ने निर्णय गरे
सर्वोच्चका ८ जना न्यायाधीशले विदा बस्ने निर्णय गरे
सूचनाको हक सामाजिक न्यायको एजेण्डा
सूचनाको हक सामाजिक न्यायको एजेण्डा
पेरिसबाट चीन आएको विमान टर्बुलेन्समा ठोक्किँदा बीस जना घाइते
पेरिसबाट चीन आएको विमान टर्बुलेन्समा ठोक्किँदा बीस जना घाइते

तपाईंले छुटाउनुभयो कि?