सुन काण्ड: थप दुई जना पक्राउ !
सारांश
- विराटनगर,१ जेठ ।
- साढे ३३ किलो सुन तस्करी र मोरङ उर्लाबारीका सनम शाक्य हत्या प्रकरणमा संलग्नताको आरोपमा प्रहरीले थप दुई जनालाई पक्राउ गरेको छ ।
- प्रहरीले झापा दमकका विनोद अधिकारी र मोतिराम श्रेष्ठलाई पक्राउ गरेको हो ।
विराटनगर,१ जेठ । साढे ३३ किलो सुन तस्करी र मोरङ उर्लाबारीका सनम शाक्य हत्या प्रकरणमा संलग्नताको आरोपमा प्रहरीले थप दुई जनालाई पक्राउ गरेको छ ।
प्रहरीले झापा दमकका विनोद अधिकारी र मोतिराम श्रेष्ठलाई पक्राउ गरेको हो । अधिकारीलाई झापाको दमक र श्रेष्ठलाई दोलखाबाट पक्राउ गरेको प्रहरीले जानकारी दिएको छ । उनीहरु तस्करीको सुनको पैसा कारोबारमा संलग्न भएको प्रहरीले बताएकाे छ ।
पक्राउ गरिएका दु्बैजनालाई जिल्ला प्रहरी कार्यालय मोरङमा ल्याइएको हाे । उनीहरुलाई सोमबार नै जिल्ला अदालत मोरङमा म्याद थप गरिएको छ ।
दमक ९ निवासी अधिकारीले दमकमा न्यु सिद्धकाली मनी ट्रान्सफर सञ्चालन गरेका छन् भने श्रेष्ठ पनि मनि ट्रान्सफर सञ्चालक हुन ।
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया