सरकारमा जान तम्तयार राजपा किन पछि हट्यो

Shikharkhabar Shikharkhabar
|
बुधबार, फाल्गुन ७, २०७६
|
|
४१ पटक हेरिएको
Shares
सरकारमा जान तम्तयार राजपा किन पछि हट्यो

सारांश

  • काठमाडौं, ७ फागुन ।
  • राष्ट्रिय जनता पार्टी सरकारमा जान तम्तयार थियो ।
  • राजपाले राष्ट्रियसभा चुनावमा प्रदेश २ मा नेकपासँग चुनावी गठबन्धन बनाएर सफलता समेत हासिल गरेको थियो ।

काठमाडौं, ७ फागुन । राष्ट्रिय जनता पार्टी सरकारमा जान तम्तयार थियो । राजपाले राष्ट्रियसभा चुनावमा प्रदेश २ मा नेकपासँग चुनावी गठबन्धन बनाएर सफलता समेत हासिल गरेको थियो । उसले राष्ट्रियसभा चुनावमा दुई सिट सुनिश्चित गर्यो ।

प्रदेशमा समाजवादी पार्टीसँग गठबन्धन गरेको राजपाले नेकपासँग निकटा बढाएपछि सरकारमा जाने सम्भावना समेत देखिएको थियो । राजपाले प्रधानमन्त्री केपी शर्मा ओलीसँग सरकारमा गएमा पाउने मन्त्रालय र संख्याबारे समेत छलफल गरिसकेको थियो । उपसभामुख पदमा समेत प्याकेजमै सहमतिको प्रयास भइरहेको थियो ।

ओली सरकारबाट समाजवादी पार्टी फिर्ता भएपछि राजपा सरकारमा जाने सम्भावना बढ्दै थियो । यसैबीच राजपा अध्यक्षमण्डलका राजेन्द्र महतो र शरतसिंह भण्डारी दिल्ली गए । उनीहरु एक हप्ता दिल्ली पुगेर महत्वपूर्ण भेटवार्ता गरे ।

राजपा नेताहरु दिल्ली पुगेर फर्किएलगत्तै नयाँ माहोल बन्नुलाई अर्थपूर्ण मानिएको छ । राजपा अब सरकारमा नजाने टुंगोमा पुगेको छ । यसबारे महतोसँग सोध्दा राजपा सरकारमा जाने अवस्था नभएको बताए । उनले भने, यथावस्थामा सरकारमा जान सकिदैन । राजपाले संविधान संशोधनको मुद्दालाई सर्तका रुपमा लिदै आएको छ ।

बाहिर जे भएपनि राजपा र समाजवादी पार्टीको गठबन्धन टुट्न नदिन ठूलै शक्ति लागेको छ । प्रधानमन्त्री ओलीले यो गठबन्धन टुटाउन खोजेको विश्लेषण हुँदै आएको थियो । मधेश केन्द्रित शक्तिलाई एकजुट राखिरहने गरी विगतमा जसरी रणनीति चालिएको थियो अहिले जोगाउन त्यसरी नै रणनीति बनेको देखिन्छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

डेंगु सङ्क्रमण भदौ र असोजमा उच्च हुने
डेंगु सङ्क्रमण भदौ र असोजमा उच्च हुने
साढे दुई वर्षमा बल्ल प्रधानमन्त्री ओलीले गरे शिलान्यास
उपप्रधानमन्त्री नै बसे निर्वाचन आयोगविरुद्ध धर्ना
उपप्रधानमन्त्री नै बसे निर्वाचन आयोगविरुद्ध धर्ना
तुलसीपुर उपमहानगरमा पूर्वाधार विकासको फड्को: १५ किलोमिटर सडक कालोपत्रसँगै विद्यालय भवन र सिँचाइ कुलो निर्माण सम्पन्न
तुलसीपुर उपमहानगरमा पूर्वाधार विकासको फड्को: १५ किलोमिटर सडक कालोपत्रसँगै विद्यालय भवन र सिँचाइ कुलो निर्माण सम्पन्न
४२ दिनमै सरकारबाट बाहिरियो रास्वपा
४२ दिनमै सरकारबाट बाहिरियो रास्वपा
कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या १०६, संक्रमित पाँच हजार पुग्दै
कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या १०६, संक्रमित पाँच हजार पुग्दै
अलमलमै गठबन्धन
अलमलमै गठबन्धन
सोमबारदेखि पुन : वर्षा र हिमपात दोहोरिने
सोमबारदेखि पुन : वर्षा र हिमपात दोहोरिने
कतार युद्धको समर्थनमा छैन, रक्षा मन्त्री अल–अतिया
कतार युद्धको समर्थनमा छैन, रक्षा मन्त्री अल–अतिया
डा.केसीको मागप्रति सरकार लचिलो नभएको भन्दै  चिकित्सक आन्दोलनमा, आकस्मिक बाहेकका सेवा ठप्प
डा.केसीको मागप्रति सरकार लचिलो नभएको भन्दै चिकित्सक आन्दोलनमा, आकस्मिक बाहेकका सेवा ठप्प