कञ्चनपुरकी एघार वर्षीय निर्मला पन्तको हत्याका मुख्य अभियुक्त पक्राउ
सारांश
- काठमाडौं, ४ भदाै ।
- कञ्चनपुरको भीमदत्तनगर नगरपालिका–२ मा ११ वर्षीय बालिका निर्मला पन्तको बलात्कारपछि हत्या गर्ने मुख्य अभियुक्त दिलिपसिंह विष्ट पक्राउ परेका छन् ।
- घटना भएको २५ दिनपछि केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) र जिल्ला प्रहरी कार्यालय, कञ्चनपुरको टोलीले स्थानीय दिलिपसिंह विष्टलाई पक्राउ गरेको हो ।
काठमाडौं, ४ भदाै । कञ्चनपुरको भीमदत्तनगर नगरपालिका–२ मा ११ वर्षीय बालिका निर्मला पन्तको बलात्कारपछि हत्या गर्ने मुख्य अभियुक्त दिलिपसिंह विष्ट पक्राउ परेका छन् । घटना भएको २५ दिनपछि केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) र जिल्ला प्रहरी कार्यालय, कञ्चनपुरको टोलीले स्थानीय दिलिपसिंह विष्टलाई पक्राउ गरेको हो ।
पक्राउ परेका विष्टलाई सोमबारै जिल्ला अदालत, कञ्चनपुरबाट म्याद थप गरेर सार्वजनिक गर्ने प्रहरीको तयारी रहेको छ । प्रारम्भिक सोधपुछमा उनले आफ्नो कसुर स्वीकार गरिसकेका छन् ।
यसअघि १० साउनमा घरबाट साथीलाई भेट्न हिँडेकी पन्त भोलिपल्ट बिहान मृत अवस्थामा फेला परेकी थिइन् । अनुसन्धानका क्रममा उनको बलात्कारपछि हत्या भएको खुलेको थियो ।
प्रतिक्रिया
कुल कमेन्ट:
3
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
Ishwor Kc
Fasi dinu parxa
Prabina Ghale
Hatya ko badala hatya gariyos kasaiko khusi lutera bachnu paune adhikar chaina
Ramesh Dhami
Fasi dinuparyo