युद्धको त्रासबाट मुक्ति मिलेको छ : परराष्ट्रमन्त्री

Shikharkhabar Shikharkhabar
|
बिहिबार, बैशाख २०, २०७५
|
|
२३ पटक हेरिएको
Shares
युद्धको त्रासबाट मुक्ति मिलेको छ : परराष्ट्रमन्त्री

सारांश

  • काठमाडौँ, २० वैशाख  ।
  •   परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले उत्तर कोरिया र दक्षिण कोरियाको युद्धको त्रासबाट विश्वमा मुक्ति मिलेको बताउनुभएको छ ।
  • ग्लोबल पिस फाउन्डेशन नेपालले बिहिवार आयोजना गरेको ‘उत्तर कोरिया र दक्षिण कोरियाको शान्तिवार्ता’ विषयको कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री ज्ञवालीले भन्नुभयो, “कोरियाली जनतामा नभई विश्वका प्रत्येक जनतामा वार्ताले खुशी ल्याएको छ, कोरियाली जनताको कथा सुन्दा प्रत्येक नेपालीका आँखा रसाएका थिए ।

काठमाडौँ, २० वैशाख  ।  परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले उत्तर कोरिया र दक्षिण कोरियाको युद्धको त्रासबाट विश्वमा मुक्ति मिलेको बताउनुभएको छ ।

ग्लोबल पिस फाउन्डेशन नेपालले बिहिवार आयोजना गरेको ‘उत्तर कोरिया र दक्षिण कोरियाको शान्तिवार्ता’ विषयको कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री ज्ञवालीले भन्नुभयो, “कोरियाली जनतामा नभई विश्वका प्रत्येक जनतामा वार्ताले खुशी ल्याएको छ, कोरियाली जनताको कथा सुन्दा प्रत्येक नेपालीका आँखा रसाएका थिए ।”

उहाँले दुई देशको शान्तिवार्ताबाट कोरिया एकीकरणको कामनासमेत गर्दै युद्धको विकल्प शान्ति भएको सन्देश विश्वलाई मिलेको बताउनुभयो ।

सो अवसरमा फाउन्डेशनका अध्यक्ष रामरोहन पन्तले ‘एकै सपना एकै कोरिया’ भन्ने सन्देशसहित दुई कोरियाका जनताले कार्यक्रमको आयोजना गर्दै आएको बताउनुभयो ।

(chiringa.com)

प्रतिक्रिया

1 कमेन्ट

    Comment Author

    Justin Biral

    ? ℓσνє? тнє? ℓιfє? уσυ? ℓινє,? αи∂? ℓινє? тнє? ℓιfє? уσυ? ℓσνє

    ? CH BOTTERZ ? SURAJ-KING,TK ?

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 1
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?