सालको पात काण्डमा नेपाल आइडल रबी ओडको स्पष्टिकरण

Shikharkhabar Shikharkhabar
|
सोमबार, माघ २१, २०७५
|
|
२४ पटक हेरिएको
Shares
सालको पात काण्डमा नेपाल आइडल रबी ओडको स्पष्टिकरण

सारांश

  • सालको पात टपरी गीत गाउँदा विवादित बनेको नेपाल आइडल रवि ओडले फेसबुकबाट स्पष्टिकरण दिदै आफुले अग्रज कलाकारको अवमुल्यन गर्न नखोजेको बताएका छन् ।
  • अष्ट्रेलियामा एक कार्यक्रममा रविले सालको पात गाउँदा वास्तविक गीतभन्दा फरक ढंगले गाएको भन्दै उनको गीतका सर्जक वसन्त थापाले आपत्ति जनाए पछि ओड विवादमा तानिएका थिए ।

सालको पात टपरी गीत गाउँदा विवादित बनेको नेपाल आइडल रवि ओडले फेसबुकबाट स्पष्टिकरण दिदै आफुले अग्रज कलाकारको अवमुल्यन गर्न नखोजेको बताएका छन् ।

अष्ट्रेलियामा एक कार्यक्रममा रविले सालको पात गाउँदा वास्तविक गीतभन्दा फरक ढंगले गाएको भन्दै उनको गीतका सर्जक वसन्त थापाले आपत्ति जनाए पछि ओड विवादमा तानिएका थिए । विवादको उत्कर्ष बढ्दै गएपछि उनले सोमबार फेसबुकमा स्टाटस राख्ने अग्रजको अवमूल्यन गर्ने आफ्नो मनशाय नरहेको बताएका हुन्

सर्जकको सिर्जना र हक अधिकारका विषयमा अहिले यो विषयमा पक्ष र विपक्षमा बहस भइरहेका छन्

यस्तो छ रवि ओडको स्टास

नमस्ते सबै महानुभावहरुमा १११
म सधैं भन्ने गर्छु म शिकारु हुँ, सिक्ने क्रममा छु, म भूईबाट नै पलाएको हुँ, मेरो धरातल र पृष्टभूमि कहिले भुल्दिन र भुल्ने छैन, नेपाली सांगीतिक आकाशमा, आदरणीय सर्जक र अग्रजहरुको त्याग तपस्या र समर्पणले गर्दा नै आज नेपाली संगीतले यतिको उंचाई लिएको छ, जहाँ हामी रम्न सिक्न पाएका छौ, संगीतलाइ निरन्तरता दिन पाएका छौं, यस्ता अग्रज श्रष्टाहरुको अपमान त के, म त्यसको कल्पनासम्म पनि गर्न सक्दिन
दर्शक श्रोता शुभचिन्तकहरुको अपार माया हौसला र साथले मैले नेपाल आइडल जितेको हुँ, त्यसको अर्थ यो होइन मेरो प्वाख पलाई आकाशमा उडी आफ्नो पृष्ठभूमि नै भुलेको, तिनै मलाई जिताउने आइडल बनाउने आदरणीय दर्शक श्रोता शुभचिन्तकको माया हौसला र खुशियाली बाँडन अहिले म वहाहरुको साथ मा रम्न यात्रामा छु, आफु कुनै स्थापित कलाकार भै नसकेको र आफ्नै गीत नगन्य भएकोले मैलेरहामीले गाउने रम्ने भनेको आदरणीय सर्जकहरुकै गीत संगीत हो, दर्शक श्रोताहरु माझ पर्फ़म गरिरहदा कोहि बेला यस्तो माग वा परिश्थिति आउदो रहेछ जहाँ आफुले तयार नगरेको वा पुरा नआउने गीतलाइ गुनगुनाइ दिनुपर्ने अनुरोध आउछ, “सालको पातको टपरी” मा पनि मलाई यस्तै बाध्यता आई लागेको हो, अहिले जन जनको मुखमा झुन्डिएको यो गीतको फर्माइस दर्शकहरुमाझबाट आयो, मैले यो गीत पुरा र राम्ररी आउदैन भन्दा पनि दर्शकहरुको अपार मागको अघि मैले जे जति आउँछ गाउने पर्ने बाध्यता आइलाग्यो र शुरुमै मैले आग्रह गरेको थिए कि यदि त्रुटी गल्ति भएमा क्षमा प्रार्थी हुनेछु
अहिलेको सर्वाधिक दर्शकबाट रुचाइएको लोकप्रिय गीत “ सालको पातको टपरी” लाइ बंग्याउने होच्याउने वा अपमान गर्ने मेरो कुनै ध्येय होइन, सबैको मुखमा झुन्डिएको गीतलाई अचानक श्रोता दर्शकबाट माग भै आउँदा, श्रद्धापुर्वक गाउने प्रयास मात्र गरेको हुँ, त्यसैले यस सिर्जनासंग सम्बन्धित सबैलाई मेरो हार्दिक सम्मान रहेको जानकारी गराउदछु, अनि आदरणीय सर्जकज्युहरुबाट संधै माया हौसला प्रदान गर्ने र बाटो देखाउने कार्य भै रहनेछ र हामी जस्ता संगीतका बिद्यार्थीहरुले सिक्ने अघि बढ्ने अवसर प्राप्त हुनेमा आशाबादी छु
अन्तमा मेरा तमाम आदरणीय दर्शक श्रोता शुभचिन्तकहरुलाइ यहाँहरुको माया साथ सद्भाव र हौसलाको लागि अन्तरहृदय देखि सम्मान गर्दै धन्यबाद ज्ञापन गर्न चाहन्छु, केहि उठेका बिषयमा सम्मानपुर्वक आफ्नो भावना राख्न पाइन्छ, गालि गलौच र अपशब्दहरुले कतै स्थान नपाऒस, धैर्यधारण र संयमताको लागि अनुरोध गर्दै, यहाँहरुको माया हौसला साथ सहयोगको सधै अनुरागी रहनेछु, धन्यबाद l
– रवि ओड

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?