नेपालमै कवाडी बटुलेर करोडौँ कमाउछन् !

Shikharkhabar Shikharkhabar
|
आइतबार, कार्तिक ५, २०७४
|
|
३८ पटक हेरिएको
Shares
नेपालमै कवाडी बटुलेर करोडौँ कमाउछन्  !

सारांश

  • मोरङ: पैसा कमाउने सुन्दर सपना बोकेर दैनिक करिब एक हजार नेपाली वैदेशिक रोजगारीमा विदेश गइरहेका छन्।
  • देशमा रोजगारको सम्भावना नदेखेर नेपाली युवा खाडीतर्फ हानिइरहेका बेला भारतीय नागरिक भने नेपाल आएर कवाडी संकलन गरी नेपालमै पैसा कमाएर घरजम चलाइरहेका छन्।
  • कवाडी साट्न ल्याइएका सामग्री र साटेको कवाडीसमेत चोरबाटो भएर भारततर्फ लैजाँदा उनीहरूले मनग्य आम्दानी गर्न सफल भएका छन्।

मोरङ: पैसा कमाउने सुन्दर सपना बोकेर दैनिक करिब एक हजार नेपाली वैदेशिक रोजगारीमा विदेश गइरहेका छन्। देशमा रोजगारको सम्भावना नदेखेर नेपाली युवा खाडीतर्फ हानिइरहेका बेला भारतीय नागरिक भने नेपाल आएर कवाडी संकलन गरी नेपालमै पैसा कमाएर घरजम चलाइरहेका छन्। कवाडी साट्न ल्याइएका सामग्री र साटेको कवाडीसमेत चोरबाटो भएर भारततर्फ लैजाँदा उनीहरूले मनग्य आम्दानी गर्न सफल भएका छन्। तर, भन्सार कार्यालय, सीमा प्रहरी, सशस्त्र प्रहरीको गस्ती टोलीले भने यो विषयलाई सामान्य मान्दै आएको छ।

भारतीय सीमा क्षेत्रबाट कवाडी संकलन गर्न दैनिक सयौँ भारतीय नागरिक नेपाल छिर्ने गर्छन्।साइकलमा चोरबाटो भएर आउने उनीहरूले नून, भान्सामा प्रयोग हुने सस्ता प्लास्टिकका सामग्री लिएर आउने गर्छन्।ती सामग्रीसँग उनीहरूले गाउँ-गाउँमा डुलेर कवाडी साट्छन् र भन्सार छलेर साइकलमै भारत छिर्छन्।

नेपाली बजारमा रु २० पर्ने आयोनून भारतमा भारु आठ रुपैयाँमा पाइन्छ, त्यस्तै अरु सस्ता सामग्री पनि भारतीयबाटै ल्याएर उनीहरू दिनभर नेपालमा कवाडी संकलन गर्छन् र साँझ भारत फर्कन्छन्, कतिपयले नेपाली बजारमै कवाडी बेच्छन्।

पाँच सातजनाको समूह बनाएर गाउँ पस्ने उनीहरूले नूनसँग फलाम, कीट, प्लास्टिक, थोत्रा साइकल, टिभी, पुराना किताब, पत्रपत्रिका र अन्य कवाडीका सामग्री ‘सरी’ (एक किलोमा एक किलो) साट्ने गर्छन्। नगद नै लिन चाहनेलाई फलामको प्रतिकेजी रु १५, कीटको रु १२ र प्लास्टिकको रु आठ दिने गर्छन्।

आठ वर्षयता नेपालमा कवाडी व्यापार गर्दै आएका विहारको अररिया जिल्ला कुवाडी गाउँ बस्ने विद्यानन्द पासवानका अनुसार नेपालमा रु १५ मा किनेको फलाम भारतमा भारु १४ मा, रु १२ मा किनेको कीट भारु १२ र आठमा किनेको प्लास्टिक भारु ९ मा बिक्री हुने गर्छ।

साइकलमा ८० देखि एक क्विन्टलसम्म कवाडी लिएर भारत फर्किने उनीहरु भन्छन्, ‘फलाममा प्रतिकेजी साडे सात रुपैयाँ, कीटमा सात रुपैयाँ २० पैसा र प्लास्टिकमा छ रुपैयाँ ४० पैसा फाइदा हुन्छ।

दैनिक रु ५०० देखि ७०० सम्म कमाइ हुने बताउँदै विद्यानन्द पासवानले भने, ‘खेतीपाती छैन, वर्षमा ११ महिना यो व्यापार चल्छ। विद्यानन्द त प्रतिनिधि पात्र मात्र हुन्। उनी जस्ता सयौँ भारतीय कवाडी संकलक मोरङका गाउँ गाउँमा घुमेर कवाडी भेला गर्छन्।

कतिपय कवाडी संकलक आफूले ल्याएको नून स्थानीय व्यापारीलाई बेचेर नेपाली कवाडी व्यवसायीसँग पत्रु किनेर पनि आफ्नो व्यापार चलाउने गर्छन्। भारतीय बजारमा आठ भारुमा पाइने आयोनून नेपाली बजारका थोक व्यापारीलाई रु १६ मा बेच्ने गरेको अर्का कवाडी संकलक मोहम्मद उल्लकले बताए।

नूनमा रु तीन चार बच्छ, कवाडीबाट राम्रै आम्दानी हुन्छ। मोरङमा मात्र झण्डै ५०० जना कवाडी संकलक रहेको उर्लाबारी–३ स्थित कवाडी व्यवसायी आमोद हुसैनले बताए।

इलाका प्रहरी कार्यालय रंगेलीका प्रहरी निरीक्षक सञ्जीवबाबु खड्का कवाडी संकलकहरू फाट्टफुट्ट मात्र देखिने भएकाले उहाँहरूलाई प्रहरीले खासै जाँच नगरेको स्वीकार्नु हुन्छ।उनले भने, ‘हाम्रो ध्यान नपुगेकै हो।अब जाँच शुरु हुन्छ।

विराटनगर भन्सार कार्यालयका तथ्यांक अधिकृत धर्मेन्द्रलाल कर्णका अनुसार आव २०७२÷७३ मा ३१ हजार ४८० केजी पत्रुफलाम, ८९ हजार ८०० केजी रद्दी कागज र थोत्रे प्लास्टिक १२ लाख २१ हजार किलो भारत निकासी भएको थियो।

त्यस्तै आव २०७३/७४ मा पत्रु फलामको निकासीमा उल्लेख्य वृद्धि भएको छ भने रद्दी कागज एक किलो पनि निकासी भएको छैन।२०७३÷७४ मा पत्रु प्लास्टिक ५०० केजी मात्र निकासी भएको छ।

आव २०७२/७३ मा कूल रु एक करोड ३३ लाख ८१ हजारको पत्रुफलाम, प्लास्टिक र रद्दी कागज निकासी गरेको विराटनगर भन्सारले आव २०७३/७४ मा रु एक करोड ४८ लाख बराबरको पत्रु निकासी गरेको छ। अघिल्लो आवको तुलनामा रु १४ लाख १९ हजारले बढी भए पनि पत्रु प्लास्टिक र रद्दी कागज भन्सारको बाटो भएर भारत निकासी भएको देखिँदैन।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

राजविराजमा कार्यकर्ताद्वारा सांसदमाथि हातपात
स्वास्थ्यसम्बन्धी हक कार्यान्वयनका लागि सरकारले काम गरिरहेको छ : मन्त्री बस्नेत
स्वास्थ्यसम्बन्धी हक कार्यान्वयनका लागि सरकारले काम गरिरहेको छ : मन्त्री बस्नेत
आज ‘भ्रमण वर्ष २०२०’ शुभारम्भ हुँदै, राष्ट्रपति भण्डारीले औपचारिक उद्घाटन गर्ने
आज ‘भ्रमण वर्ष २०२०’ शुभारम्भ हुँदै, राष्ट्रपति भण्डारीले औपचारिक उद्घाटन गर्ने
विश्वकप क्रिकेटको फाइनलमा अस्ट्रेलिया र आयोजक भारतबीच भिडन्त हुने
विश्वकप क्रिकेटको फाइनलमा अस्ट्रेलिया र आयोजक भारतबीच भिडन्त हुने
दश वर्षीया बालिकाको सात किलोको ट्युमर झिकियो
दश वर्षीया बालिकाको सात किलोको ट्युमर झिकियो
कामदार ठग्ने खड्का अारजुकाे शरणमा !
कामदार ठग्ने खड्का अारजुकाे शरणमा !
Human Resources – Best Practices for Business Management
तीनवटै राप्रपालाई एक बनाएर राजसंस्था र हिन्दुराष्ट्र कायम गराउने अभियानमा
तीनवटै राप्रपालाई एक बनाएर राजसंस्था र हिन्दुराष्ट्र कायम गराउने अभियानमा
पतिसँग ‘छुटिएकाे ४ बर्षकाे खुशिमा’ मन्त्री रवीन्द्र अधिकारीले भने– राम्रो भयो !
पतिसँग ‘छुटिएकाे ४ बर्षकाे खुशिमा’ मन्त्री रवीन्द्र अधिकारीले भने– राम्रो भयो !
यूट्युवर इल्भिस यादव भए बिगबोस ओटीटी-२ को विजेता
यूट्युवर इल्भिस यादव भए बिगबोस ओटीटी-२ को विजेता

तपाईंले छुटाउनुभयो कि?