आज शोक विदा, राष्ट्रिय झण्डा आधा झुकाइने

Shikharkhabar Shikharkhabar
|
सोमबार, माघ २, २०७९
|
|
१७ पटक हेरिएको
Shares
आज शोक विदा, राष्ट्रिय झण्डा आधा झुकाइने

सारांश

  • काठमाडौं।
  • पोखरामा आइतबार भएको विमान दुर्घटनाको दुःखमा आज सरकारले शोक विदा दिएको छ।
  • आइतबारको मन्त्रिपरिषद् निर्णय अनुसार आज मुलुकभर शोक बिदा रहनेछ भने राष्ट्रिय झन्डा आधा झुकाइने छ।

काठमाडौं। पोखरामा आइतबार भएको विमान दुर्घटनाको दुःखमा आज सरकारले शोक विदा दिएको छ।

आइतबारको मन्त्रिपरिषद् निर्णय अनुसार आज मुलुकभर शोक बिदा रहनेछ भने राष्ट्रिय झन्डा आधा झुकाइने छ।

आइतबार काठमाडौंदेखि पोखराका लागि उडान भरेको यती एयरलाइन्सको एटीआर-७२ विमान पोखरा विमानस्थलमा अवतरण गर्ने क्रममा सेती नदी नजिकको खोंचमा दुर्घटनाग्रस्त बनेको थियो।

बिहान १०ः५० बजे अन्तिम पटक विमानस्थल टावरसँग सम्पर्कमा रहेको विमानमा चालक दलका ४ र यात्रुहरू ६८ गरी ७२ जना सवार थिए।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?