नारिताबाट कति नाफा कमाउला निगमले?

Shikharkhabar Shikharkhabar
|
मंगलबार, माघ २८, २०७६
|
|
१९ पटक हेरिएको
Shares
नारिताबाट कति नाफा कमाउला निगमले?

सारांश

  • काठमाडौं, माघ २८ ।
  • नेपाल वायुसेवा निगमले फागुन १९ गतेबाट काठमाडौंबाट जापानको नारिता अन्र्तराष्ट्रिय विमानस्थलमा हवाई सेवा दिने भएको छ ।
  • लामो गन्तव्यमा उडान सेवा सञ्चालन गर्न नसकेको भन्दै चर्काे आलोचना भोग्दै आएको घाटामा सञ्चालित निगमले उडान भर्दै आएको ओसाका उडान बन्द गरेर नारिता उड्ने भएको हो ।

काठमाडौं, माघ २८ । नेपाल वायुसेवा निगमले फागुन १९ गतेबाट काठमाडौंबाट जापानको नारिता अन्र्तराष्ट्रिय विमानस्थलमा हवाई सेवा दिने भएको छ । लामो गन्तव्यमा उडान सेवा सञ्चालन गर्न नसकेको भन्दै चर्काे आलोचना भोग्दै आएको घाटामा सञ्चालित निगमले उडान भर्दै आएको ओसाका उडान बन्द गरेर नारिता उड्ने भएको हो ।

गत भदौ १२ गतेदेखि ओसाका उडान भर्दै आएको निगमले टोकियो नजिकको गन्तव्यबाट लाभ लिन सक्ने अपेक्षा राखेको छ । तर, निगमले सार्वजनिक गरेको हालको भाडादर भने ३७ हजार रुपैयाँँ तोकिएको छ । पछिल्लो समय विमान खरिद गरेको व्याजको किस्ता समेत तिर्न नसक्ने अवस्थामा आएपनि नारिता उडेर व्यावसायीक उडान मार्फत सहफता पाउने निगमकै अधिकारीको दाबी छ ।

ओसाका उडानको अधिकासं फ्लाईट कहिलै पूर्ण संख्यामा उडान भर्न नसकेको निगमले हालसम्म ५० जनाको टिकट बुक गरिसकेको समेत दाबी गरेको छ । ओसाका उडानमा पहिले साताका तीन उडान तालिका सार्वजनिक गरेको निगमले पछि यात्रुसंख्या कम भएको र पूर्ण अकुपेन्सीमा जहाज उड्न नसक्दा फ्युल खर्च समेत उठाउन सकेको थिएन ।

उडान खर्च नै उठाउन नसकेपछि निगमले साताका तीन उडानलाई दुई दिनमा झारेको थियो । त्यसो त नारिता उडान भर्न पनि निगमले सोमबार, बुधबार र शुक्रबार गरेर साताको तीन दिन सिधा गर्ने जनाएको छ। एयरबसको ए ३३० नामको दुई सय ७४ सिट क्षमताको वाइडबडी जहाजबाट जापान उडान तयारी गरिरहेको निगम आफैमा अहिले कार्यकायरी प्रमुख विहिन पनि छ ।

निगम सम्बद्व १८ जना अन्र्तराष्ट्रिय उडान तर्फका १८ जना पाइलटले सामुहिक राजिमान दिने चेतावनी सहित आफ्ना माग अगाडी सार्दे तीन महिने चेतावनी दिएको अवस्थामा कति नाफ कमाउन्छ त्यो भने हेर्न बाँकि नै छ । नाफा कमाउने र नेपालमा उल्लेख्य पर्यटक बोक्ने आशामा नारिता उड्न लागेको निगमले काठमाडौंबाट बिहान १ बजेर २५ मिनेटमा उडेर सोही दिन अपरान्ह ६ बजेर २५ मिनेटमा काठमाडौंमा फर्कने आर्कषक तालिका सार्वजनिक गरेको छ ।

निगमले प्रवद्र्धनात्मक भाडाडर भन्दै काठमाडौंबाट नारिताका लागि एकतर्फी ३७ हजार र दुईतर्फी भाडा ७३ हजार रुपैयाँ तोकेकोे छ। निगको यो उडानमा बिजनेस क्लासमा यात्रा गर्नेले प्रतिव्यक्ति २५ किलोका दुईवटासम्म ब्यागेज र इकोनोमी क्लासमा यात्रा गर्नेले प्रतिव्यक्ति २३ केजीका दुई वटा ब्यागेजको सुविधा पाउनेछन्। नारिताको उडान प्रारम्भ भएपछि टोकियो र वरपरका यात्रुलाई सुविधा हुनेछ भने सिधा उडानले गर्दा ट्रान्जिटको झन्झटसमेत समाप्त हुने निगमको भनाइ छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?