नेपाल टि–ट्वेन्टी वरियताको १४ औँ स्थानमा, खेलाडीको पनि स्तर सुधारियो
सारांश
- नेपाल टि–२० का सात खेल खेल्दै ३ सय ३ अंक र ४३ रेटिङ पाउँदै अन्तराष्ट्रिय वरियताको १४ औँ स्थानमा पुगेको छ ।
- युएई सिरिजपछि एकदिवसीय वरियताको १५ औं नम्बरमा रहेको नेपालले टी–२० वरियतामा आयरल्याण्ड, ओमन, हङकङ, युएईलाई पछि पारेको छ ।
- टी–२० वरियतामा ३८ खेल खेलेको पाकिस्तान ५ हजार १ सय १० अंक र १ सय २६ रेटिङसहित शीर्षमा छ ।
नेपाल टि–२० का सात खेल खेल्दै ३ सय ३ अंक र ४३ रेटिङ पाउँदै अन्तराष्ट्रिय वरियताको १४ औँ स्थानमा पुगेको छ ।
युएई सिरिजपछि एकदिवसीय वरियताको १५ औं नम्बरमा रहेको नेपालले टी–२० वरियतामा आयरल्याण्ड, ओमन, हङकङ, युएईलाई पछि पारेको छ ।
टी–२० वरियतामा ३८ खेल खेलेको पाकिस्तान ५ हजार १ सय १० अंक र १ सय २६ रेटिङसहित शीर्षमा छ ।
टि–२० को वरियतासँगै टि–२० को ब्याटिङ वरियतामा पनि नेपाली खेलाडीको सुधार भएको छ । ९७ औँ स्थानमा रहेका कप्तान पारस खड्का एक स्थान घटाउँदै ९६ औँ स्थानमा उक्लिएका छन् । टि–ट्वेन्टीको अलराउण्डर वरियतामा पारस ४२ औँ स्थानमा रहेका छन्
उता, ७५ औँ स्थानमा रहेका बलर बसन्त रेग्मी पनि ७४ औँ स्थानमा पुगेका छन् । वलिङ वरियताक्रममा सोमपाल कामी ९३ औँ स्थानमा छन् ।
बलिङ वरियतामा बसन्त रेग्मी ७४ औं स्थानमा छन् । उनी गएको महिना पनि ७४ औं स्थानमा नै थिए । यस्तै सोमपाल कामी बलिङ वरियताको ९३ औँ स्थानमा छन् ।
प्रतिक्रिया