श्रीस्वस्थानी व्रतकथाको अाज अन्तिम दिन, विशेष धार्मिक कार्यक्रम गरी समापन गरिँदै

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, माघ २८, २०७३
|
|
३७५ पटक हेरिएको
Shares
श्रीस्वस्थानी व्रतकथाको अाज अन्तिम दिन, विशेष धार्मिक कार्यक्रम गरी समापन गरिँदै

सारांश

  • हिन्दू धर्मावलम्बीले श्रद्धापूर्वक वाचन र श्रवण गर्दै आएको श्रीस्वस्थानी व्रतकथाको समापना गरिँदैछ ।
  • पुस शुक्ल पूणिर्मादेखि सुरु भएको स्वस्थानी व्रतकथा आज विशेष धार्मिक कार्यक्रम गरी समापन गरिँदैछ ।
  • महिनाभरि स्नान गरी मध्याहृन श्रीस्वस्थानीको पूजा गरी एक छाकमात्रै खाना खाएमा मनोकाङ्क्षा पूरा हुने जनविश्वास छ ।

हिन्दू धर्मावलम्बीले श्रद्धापूर्वक वाचन र श्रवण गर्दै आएको श्रीस्वस्थानी व्रतकथाको समापना गरिँदैछ । पुस शुक्ल पूणिर्मादेखि सुरु भएको स्वस्थानी व्रतकथा आज विशेष धार्मिक कार्यक्रम गरी समापन गरिँदैछ ।

महिनाभरि स्नान गरी मध्याहृन श्रीस्वस्थानीको पूजा गरी एक छाकमात्रै खाना खाएमा मनोकाङ्क्षा पूरा हुने जनविश्वास छ । सत्ययुगमा हिमालयकी पुत्री पार्वतीले महादेव स्वामी पाउनाका लागि विष्णुको सल्लाहानुसार निराहार रहेर स्वस्थानीको व्रत गर्दा आफ्नो मनोकाङ्क्षा पूर्ण भएको विश्वासका साथ परम्परागत रूपमा स्वस्थानी व्रतकथा श्रमण गर्ने र पूजाआजा गर्ने चलन छ ।

व्रत समाप्तिका दिन श्रीस्वस्थानीको पूजा गरी चढाइने एक सय आठ-एक सय आठ रोटी, पान, कुड्का सुपारीलगायत सामग्रीमध्ये आठ-आठ रोटी, सुपारी र पानलगायत सामग्री आफ्ना श्रीमान्लाई, श्रीमान् नभए छोरालाई, छोरा पनि नभए मीत छोरालाई दिने र मीत छोरा पनि नभए आˆनो इच्छा पूरा होस् भनी खोलामा लगेर बगाइदिने र बाँकी व्रतालु स्वयम्ले खाने प्रचलन छ ।

स्वस्थानी व्रतको अवधिभर पशुपति, गौरीघाट, गणेश मन्दिर, शालीनदी तथा सतीदेवीको अङ्ग पतन भएका स्थानमा पूजाआजा गरेमा मोक्ष मिल्ने धार्मिक विश्वासका साथ ती स्थानमा भक्तजनको घुइँचो लागेको थियो ।

परम्परादेखि नै श्रीस्वस्थानीको व्रत र उपासना गर्ने प्रचलन रहेको शालीनदीमा विभिन्न जिल्लाबाट आएका भक्तजनले माघ महिनाका स्वामी नामले चिनिने माधवनारायणको जलप्रसाद ग्रहण गरी गत पुस शुक्ल पूणिर्मादेखि व्रत शुभारम्भ गरेका थिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?