कर्फ्युका बावजुद पनि आन्दोलनकारी प्रदर्शनमा
सारांश
- कञ्चनपुर , ७ भदाै ।
- कञ्चनपुर सदरमुकाम महेन्द्रनगरमा अवस्था तनावपुर्ण भएपछि प्रशासनले कर्फ्यु आदेश जारी गरेको छ।
- तर कर्फ्युका बावजुद पनि आन्दोलनकारीले प्रदर्शन जारी राखेका छन्।
कञ्चनपुर , ७ भदाै । कञ्चनपुर सदरमुकाम महेन्द्रनगरमा अवस्था तनावपुर्ण भएपछि प्रशासनले कर्फ्यु आदेश जारी गरेको छ। तर कर्फ्युका बावजुद पनि आन्दोलनकारीले प्रदर्शन जारी राखेका छन्। आन्दोलनकारीहरुले यतिबेला भिमदत्त नगरपालिका कार्यालय घेराउ गरी प्रदर्शन गरेका छन्। निर्मलाको ‘वास्तविक’ हत्यारालाई कारवाहीका लागि दबाब दिन नगरपालिका कार्यालय घेराउ गर्न गएका प्रदर्शनकारीमाथि प्रहरीले पाँच राउण्ड अश्रुग्यास प्रहार गरेको छ।
यता, कञ्चनपुरका विभिन्न स्थानमा पनि प्रहरी दमनका विरुद्ध प्रदर्शन भएका छन्। स्थानीय प्रशासनले कञ्चनपुरमा कर्फ्यू आदेश जारी गरिसकेकाे छ। निर्मला पन्तको बलात्कार र हत्याका वास्तविक दोषीलाई पक्राउ र कार्वाहीको माग गर्दै सुरु भएको आन्दोलन उग्र बनेपछि जिल्ला प्रशासनले कर्फ्यू आदेश जारी भएको हो।
प्रहरीले महेन्द्रनगरमा प्रदर्शनकारीमाथि बिहीबार मात्रै ४६ राउण्ड गोली र अश्रुग्यास प्रहार गरेको स्थानीयले जनाएका छन्। प्रहरीको गोली लागि चार जना घाइते भएका छन् भने एक जना गम्भीर घाइतेलाई धनगढी रिफर गरिएको छ।
महेन्द्रनगरमा पानी परिरहेको छ तर, आन्दोलनकारीलाई न पानीले रोक्न सकेको छ, न त कर्फ्यु आदेशले नै।
प्रतिक्रिया