नाइजेरीयामा बम आक्रमण, ९ जनाको मृत्यु

Shikharkhabar Shikharkhabar
|
मंगलबार, जेठ २२, २०७५
|
|
२२ पटक हेरिएको
Shares
नाइजेरीयामा बम आक्रमण, ९ जनाको मृत्यु

सारांश

  • नियामी, २२ जेठ ।
  • नाइजेरियामा एक बम आक्रमणमा कम्तीमा नौ जनाको मृत्यु भएको छ ।
  • नाइजेरियाको सीमा क्षेत्रमा रहेको दक्षिणपश्चिमी नाइजरमा आत्मघाती हमलाकारीले बम आक्रमण गर्दा कम्तीमा नौ जनाको मृत्यु भएको हो ।

नियामी, २२ जेठ । नाइजेरियामा एक बम आक्रमणमा कम्तीमा नौ जनाको मृत्यु भएको छ ।

नाइजेरियाको सीमा क्षेत्रमा रहेको दक्षिणपश्चिमी नाइजरमा आत्मघाती हमलाकारीले बम आक्रमण गर्दा कम्तीमा नौ जनाको मृत्यु भएको हो ।

प्रान्तीय राजधानी दिफ्फाखमा सोमबार राति अबेर भएको सो आक्रमणमा नौ जना मारिएका र ती सबैजना सर्वसाधारण भएका पनि समाचारमा जनाइएको छ ।

नाइजरमा यस प्रकारको आक्रमण बारम्बार बोको हराम आतङ्ककारी समूहले गराउँदै आएको पाइन्छ । यद्यपी यस आक्रमणको भने कुनै समूहले जिम्मेवारी लिएको पुष्टि भएको छैन ।

नाइजर र नाइजेरियामा बोको हराम आतङ्ककारी समूहको बलियो पकड रहेको छ । यस अघि पनि नाइजेरियामा बोको हराम आतङ्ककारी समूहको हत्या हिंसा र अपहरणका घटनामा संलग्नता रहने गरेको थियो ।

सो आतङ्ककारी समूहले विद्यालयका बालबालिकालाई समेत अपहरण गर्ने, उनीहरुलाई बलात्कार गर्ने तथा कतिपयलाई जबर्जस्त आफ्नो सशस्त्र दस्तामा भर्ना गर्ने गर्दछन् ।

(biergardenencinitas.com)

प्रतिक्रिया

1 कमेन्ट

    Comment Author

    Samita Kc

    Dukhad …

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 1
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?