राष्ट्रपति भण्डारी स्वदेश फिर्ता, कतारमा कोमामा रहेकालाई नेपाल फर्काउने विषयमा छलफल

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, कार्तिक १६, २०७५
|
|
३६ पटक हेरिएको
Shares
राष्ट्रपति भण्डारी स्वदेश फिर्ता, कतारमा कोमामा रहेकालाई नेपाल फर्काउने विषयमा छलफल

सारांश

  • काठमाडौं ।
  • राष्ट्रपति विद्यादेवी भण्डारी मित्रराष्ट्र कतारको औपचारिक भ्रमण पूरा गरी स्वदेश फर्किएकी छन् ।
  • कतार भ्रमण सफल रहेको र कतारमा कोमामा रहेका नेपालीलाई फर्काउने साथै नेपाली कामदारको हकहितका साथै सुरक्षासम्बन्धी विषयमा छलफल भएको बताइएको छ ।

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी मित्रराष्ट्र कतारको औपचारिक भ्रमण पूरा गरी स्वदेश फर्किएकी छन् ।

कतार भ्रमण सफल रहेको र कतारमा कोमामा रहेका नेपालीलाई फर्काउने साथै नेपाली कामदारको हकहितका साथै सुरक्षासम्बन्धी विषयमा छलफल भएको बताइएको छ ।

कतारका अमिर शेख हमाद बीन खालिदा अल थानीको मैत्रीपूर्ण निमन्त्रणामा नेपाली प्रतिनिधिमण्डलसहित कात्तिक १२ गते राष्ट्रपति कतार गएकी थिइन् ।

उपराष्ट्रपति नन्दबहादुर पुनलगायतले स्वागत त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गर्न पुगेका थिए । कतार भ्रमणको उपलब्धिबारे जानकारी दिंदै परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले भ्रमण दुईपक्षीय हितका लागि फलदायी र उपलब्धिमूलक भएको बताए ।

अशक्त कामदारलाई नेपाल फर्काउने, उनीहरुलाई नेपालमै उपचारको व्यवस्था मिलाउन, कामदारको सीप र दक्षता बढाउने विषयमासमेत छलफल भएको जानकारी गराइएको थियो । कामको सिलसिलामा कतार पुगेका नेपालीहरु दुर्घटनामा परी कतारको अस्पतालमा कोमामा पनि छन् । उनीहरुलाई नेपाल फर्काउने विषयमा समेत छलफल भएको बताइएको छ ।

भ्रमणका अवसरमा राष्ट्रपति भण्डारी र कतारका अमिरबीच उच्चस्तरीय भेटवार्तामा नेपालको कृषि, पशुपालन, पूर्वाधार विकास, विमानस्थल निर्माण, स्वच्छ पानीको निर्यातलगायत क्षेत्रमा लगानी गर्न अनुरोध गरिएको जानकारी दिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?