कसरी मिल्यो करिना कपुर र सन्नी लियोनिको छोराको अनुहार दुरुस्तै

Shikharkhabar Shikharkhabar
|
बुधबार, श्रावण ८, २०७६
|
|
२२ पटक हेरिएको
Shares
कसरी मिल्यो करिना कपुर र सन्नी लियोनिको छोराको अनुहार दुरुस्तै

सारांश

  • काठमाडौं, साउन ८ ।
  • बलिउडमा सन्नी लियोनी र करीना कपूर खान चर्चित अनुहार हो ।
  • यी दुबैले केही वर्ष पहिले विवाह गरेका हुन र अहिले आमा पनि बनेका छन् ।

काठमाडौं, साउन ८ । बलिउडमा सन्नी लियोनी र करीना कपूर खान चर्चित अनुहार हो । यी दुबैले केही वर्ष पहिले विवाह गरेका हुन र अहिले आमा पनि बनेका छन् । तर अहिले दुईको छोराको अनुहार ठ्याक्कै उस्तै भएपछि त्यो चर्चाको विषय बनेको छ । चर्चित दुई बलिउड अभिनेत्रीका छोराहरूको अनुहार कसरी ठ्याक्कै मिल्यो भन्ने बहस सामाजिक सञ्जालमा शुरु भएको छ ।

अभिनेत्री करीना कपूर खानको छोरा तैमूर र सनी लियोनीको छोरा नोआको अनुहार मिलेको तस्वीर सामाजिक सञ्जालमा देखिन्छ । दुई जनाको अनुहारलाई लिएर अनेक खालका हल्ला पनि चलेका छन । सन्नी लियोनीले तैमूर निकै क्युट भएको बताएकी छिन । उनले आफ्नो छोरा नोआ पनि कम नभएको बताइन । तस्वीरमा नोआ हूबहू तैमूर र अली जस्तै उस्तै उस्तै देखिएका छन् ।

यो पनि पढ्नुहोस

सिद्धार्थ मल्होत्रा र परिणिती चोपडाले देसी अन्दाजमा गरे फिल्मको प्रमोसन

अभिनेत्री परिणिती चोपडा र सिद्धार्थ मल्होत्रा अहिले आउनलागेको फिल्म ’जबरिया जोडि’को प्रोमोसनमा बिजी छन । मुम्बईमा हिजो पुरै देसी अन्दाजमा यी जोडीले फिल्मको प्रमोट गरे । जहिले आफ्नो हाउभाउले सबैको मन जितेकी चोपडा यो मौकामा पनि अरुलाई इम्प्रेस गर्दै सार्वज्निक भइन् । परिले जुन टीसर्ट लगाएकी थिइन् त्यसमा लव इज लव यू लेखिएको थियो र यसको साथमा उनले डेनिम स्कर्ट लगाएकी छिन् । यो लुक्समा परिणिता निकै राम्री पनि देखिएकी छिन् । सिद्धार्थ भने कलरफुल टिसर्टमा देखिएका छन् ।

फिल्म रोमान्टिक कमेडी विधामा बनेको छ । फिल्मको कथा विहारको पकडवा विवाहको बारेमा रहेको छ । परि र सिद्धार्थ दोस्रो पटक एकसाथ काम गरिरहेका छन् । यो भन्दा पहिला उनीहरुले हँसी तो फसीमा पनि सँगै अभिनय गरेका थिए ।सिद्धार्थको पछिल्लो फिल्म अय्यारीले बक्स अफिसमा खासै कमाल देखाउन सकेन । त्यसैले पनि सिद्धार्थका फ्यानहरु यो फिल्मको प्रतिक्षामा रहेका छ्न् । फिल्मको निर्देशन प्रशान्त सिंहले गरेका छन् । ट्रेलरलाई राम्रो रेसपोन्स आएको छ । फिल्म आगामी अगष्ट २ मा प्रदर्शन हुँदैछ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?