मधेशमा उपेन्द्रलाई भित्र्याएर सिके राउतलाई आउट गर्ने ओली-देउवाको तयारी

Shikharkhabar Shikharkhabar
|
सोमबार, कार्तिक ५, २०८१
|
|
२२ पटक हेरिएको
Shares
मधेशमा उपेन्द्रलाई भित्र्याएर सिके राउतलाई आउट गर्ने ओली-देउवाको तयारी

सारांश

  • काठमाडौं।
  • सत्ता गठबन्धनका मुख्य घटक नेपाली कांग्रेस र नेकपा (एमाले) का नेताहरुबीच मधेश प्रदेशको सरकारको नेतृत्व फेर्ने समझदारी बनेको छ।
  • अहिले मधेश प्रदेशको नेतृत्व सिके राउत नेतृत्वको जनमत पार्टीले गरेको छ।

काठमाडौं। सत्ता गठबन्धनका मुख्य घटक नेपाली कांग्रेस र नेकपा (एमाले) का नेताहरुबीच मधेश प्रदेशको सरकारको नेतृत्व फेर्ने समझदारी बनेको छ। अहिले मधेश प्रदेशको नेतृत्व सिके राउत नेतृत्वको जनमत पार्टीले गरेको छ। मुख्यमन्त्रीको जिम्मेवारीमा सतिशकुमार सिंह छन्।

मधेशको सरकारको नेतृत्व पाएपछि नै जनमत पार्टीले केन्द्र सरकारलाई विश्वासको मत दिएको हो । तर, अहिले सरकारसँग जनमतको सम्बन्ध बिग्रिँदो छ । जनमत पार्टीका अध्यक्ष डा. सिके राउतले समेत सरकारविरुद्ध कडा अभिव्यक्ति दिन थालेका छन् ।

रास्वपाका सभापति रवि लामिछाने सहकारी ठगी प्रकरणमा पक्राउ परेलगत्तै राउतले सरकारविरुद्ध असन्तुष्टि पोखेका थिए । उनले राज्यले लामिछानेलाई प्रतिशोध साँधेर पक्राउ गरेको भन्दै पक्षमा अभिव्यक्ति दिएपछि प्रधानमन्त्री केपी शर्मा ओली रुष्ट बनेका छन् । राउतले हिजोमात्रै पार्टीको सचिवालय बैठकमार्फत सरकारविरुद्ध देशव्यापी आन्दोलन छेड्ने घोषणा गरेका छन् ।

राउतको यस्तो निर्णयपछि प्रधानमन्त्री ओलीले कांग्रेस सभापति शेरबहादुर देउवासँग छलफल गरेर मधेश सरकारको नेतृत्व फेर्ने गृहकार्य थालेको बालुवाटरनिकट उच्च स्रोतको दाबी छ । कतिपयले मधेश सरकारको नेतृत्व कसले लिने भन्नेबारे कांग्रेस र एमालेबीच छलफल भएको छ ।हिजोको बालुवाटारको भेटवार्तामापनि यो विषयमा छलफल भएको बताईन्छ ।

प्रधानमन्त्री ओली मधेश सरकारको नेतृत्व उपेन्द्र यादवको दललाई दिनपनि राजी भएको बुझिएको छ । अहिले उपेन्द्र यादव केन्द्र सरकारकै पक्षमा छन् । उनले सरकारलाई विश्वासको मत दिएका छन् । तर, केन्द्र सरकारमा सहभागी छैनन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

गुणस्तरमा कडाई गरेपछि खसी बोकाको भाउ उच्च हुने संकेत
गुणस्तरमा कडाई गरेपछि खसी बोकाको भाउ उच्च हुने संकेत
प्राकृतिक चिकित्सा पद्धतिले स्वस्थ नागरिक निर्माणमा सहयोग गरेको छः सभामुख
प्राकृतिक चिकित्सा पद्धतिले स्वस्थ नागरिक निर्माणमा सहयोग गरेको छः सभामुख
नेपालका लागि अमेरिकाको राजदूतमा थम्सन प्रस्तावित
नेपालका लागि अमेरिकाको राजदूतमा थम्सन प्रस्तावित
ओली नेतृत्वको स्थिर सरकार,नेपाली जनताको चाहना : भाजपा नेता विजय जोली ( भिडियो अन्तर्वार्ता)
ओली नेतृत्वको स्थिर सरकार,नेपाली जनताको चाहना : भाजपा नेता विजय जोली ( भिडियो अन्तर्वार्ता)
‘विश्वासको मत’ विरुद्ध परेको रिट निवेदनको सुनुवाइ मङ्गलबार हुने
‘विश्वासको मत’ विरुद्ध परेको रिट निवेदनको सुनुवाइ मङ्गलबार हुने
वर्षापछि धनगढी जलमग्न
वर्षापछि धनगढी जलमग्न
चैत ८ गते आइतवारको राशिफल यस्तो छ
चैत ८ गते आइतवारको राशिफल यस्तो छ
इन्टरपोलको प्रोजेक्ट रिले अन्तर्गत दुई दिने अन्तरक्रिया कार्यक्रम सम्पन्न,
इन्टरपोलको प्रोजेक्ट रिले अन्तर्गत दुई दिने अन्तरक्रिया कार्यक्रम सम्पन्न,
आज २५ सय ७१ कोरोना संक्रमित थपिए, १८ जनाको मृत्यु
आज २५ सय ७१ कोरोना संक्रमित थपिए, १८ जनाको मृत्यु
नेपाली सेनाको अदालतले १८७ जनालाई गर्यो जेलदेखि घटुवासम्मको यस्तो कार्वाही

तपाईंले छुटाउनुभयो कि?