युट्युवलाई चुनौती बन्यो टिकटक
सारांश
- टिकटकले युट्युबलाई चुनौती दिने गरी १० मिनेट लामोसम्मका भिडियो अपलोड गर्न खुला गरेको छ ।
- सोमबारदेखि टिकटकले आफ्ना प्रयोगकर्ताहरुलाई १० मिनेट लामो भिडियो अपलोडको सुविधा दिन थालेको जनाएको छ।
- चिनियाँ कम्पनी बाइट डान्सको स्वामित्व रहेको टिकटकले सुरुमा एक मिनेट लामो भिडियो मात्रै अपलोड गर्न मिल्ने गरी सेवा सुरु गरेको थियो।
टिकटकले युट्युबलाई चुनौती दिने गरी १० मिनेट लामोसम्मका भिडियो अपलोड गर्न खुला गरेको छ । सोमबारदेखि टिकटकले आफ्ना प्रयोगकर्ताहरुलाई १० मिनेट लामो भिडियो अपलोडको सुविधा दिन थालेको जनाएको छ।
चिनियाँ कम्पनी बाइट डान्सको स्वामित्व रहेको टिकटकले सुरुमा एक मिनेट लामो भिडियो मात्रै अपलोड गर्न मिल्ने गरी सेवा सुरु गरेको थियो।
गत वर्ष यसलाई लम्ब्याएर तीन मिनेट पु¥याएको टिकटकले अहिले १० मिनेट पु¥याइएको जनाएको छ। छोटो समयमै प्रयोगकर्ता संख्या लगातार बढेको टिकटकले व्यापार निकै बढाएको छ।
टिकटकले प्रयोगकर्तालाई दिएको सुविधालाई ध्यानमा राख्दै गुगलले पनि युट्युबमा छोटो भिडियो अपलोडको सुविधा ल्याइसकेको छ।
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया