कसरी सामसुम भयो नेकपाको विवाद ?

Shikharkhabar Shikharkhabar
|
सोमबार, बैशाख २२, २०७७
|
|
२९ पटक हेरिएको
Shares

सारांश

  • हाम्रा प्रधानमन्त्रीले दक्षिणी छिमेकका समकक्षी नरेन्द्र मोदी, सात समुद्रपारी साइप्रस,इजरेल,खाडी रास्ट्रका प्रधानमन्त्रीहरुसङ्ग फोनसम्बाद गरेतापनि चिनियाँ समकक्षी लि खछ्याङ्गसङ्ग भने त्यो अवसर जुराउनुभएको थिएन !
  • बरु नेकपा बिबाद उत्कर्शमा पुगेको बेला अकस्मात उतैबाट रास्ट्रपतिलाई रास्ट्रपतिको फोन आयो !
  • निकै ठूलो हलचल मच्चाएको सत्तारूढ दल नेकपाको विवाद बामदेव, बादल र बिष्णुले साथ छाडेर मात्रै अर्को दिशामा अवतरण भयो वा यसमा अन्य फ्याक्टरले पनि काम गरेको छ ?

हाम्रा प्रधानमन्त्रीले दक्षिणी छिमेकका समकक्षी नरेन्द्र मोदी, सात समुद्रपारी साइप्रस,इजरेल,खाडी रास्ट्रका प्रधानमन्त्रीहरुसङ्ग फोनसम्बाद गरेतापनि चिनियाँ समकक्षी लि खछ्याङ्गसङ्ग भने त्यो अवसर जुराउनुभएको थिएन ! बरु नेकपा बिबाद उत्कर्शमा पुगेको बेला अकस्मात उतैबाट रास्ट्रपतिलाई रास्ट्रपतिको फोन आयो !

निकै ठूलो हलचल मच्चाएको सत्तारूढ दल नेकपाको विवाद बामदेव, बादल र बिष्णुले साथ छाडेर मात्रै अर्को दिशामा अवतरण भयो वा यसमा अन्य फ्याक्टरले पनि काम गरेको छ ? सर्वत्र जिज्ञासाको विषय बनेको छ । अरु त अरु, आफूसङ्ग भेट भैसकेको अवस्थामा स्वयं पार्टीका वरिष्ठ नेता माधव नेपाल पनि प्रष्ट हुनुहुन्थेन,समाधान सम्भव गराउने विभिन्न सूत्रबारे । हिजै बेलुका र आज दिउँसो कोटेश्वरमा अध्यक्ष प्रचण्ड र वरिष्ठ नेता नेपालबीच भएको भेटघाटपछि कुरा छर्लङ्ग भएको स्रोतले जनाएको छ ।

जनआस्थाले शनिबारकै अनलाइन संस्करणमा चर्चा गरेको थियो, नेपालका अघिल्ला घटनाक्रममा जसरी भारतीय चासो बढ्थ्यो,अबको विश्व परिदृश्यमा विकास भएको नयाँ शक्ति सन्तुलन नेपालबाट प्रमाणित हुँदैछ । हुन पनि सिलसिलेवार भेटको दौरान सबैसङ्ग( नेपालमा कुनै हालतमा वा कुनै बहानामा अस्थिरता उत्पन्न नहोस् भन्ने चिनियाँ राजदूत होउ यान्छीको आग्रह । यौटा असल छिमेकी र बैचारिक नाताले पनि यस्तो अपेक्षालाई सायद अन्यथा मान्ने कुरा आउँदैन !

शनिबार सचिवालय बैठक शुरु हुनुअघि प्रधानमन्त्री केपी शर्मा ओली अकस्मात बालुवाटारबाट निस्केर शीतल निवास पुग्नुभयो । यो घटनाका अनेकन अर्थ लागे । तर, वास्तविकता रहेछ,यो पनि । ‘जे(जे कमि भए । जानेर भए, नजानेर भए( जसरी भएका भए पनि कमजोरीलाई कमजोरी नै भन्नुस् । आत्मालोचना गर्नुस् । तर, अहिले ‘हार्ड एण्ड फास्ट’ भएर जाने छुट न तपाईंलाई छ, न अरुलाई नै !’

यस्तो अनुरोध थियो सम्माननीय राष्ट्रपतिको । र,उहाँसँग चार दिनअघि टेलिफोनवार्ता भएको थियो, चिनियाँ राजदूत होउको उपस्थितिमा रास्ट्रपति सि चिनफिङ्गको । हाम्रा प्रधानमन्त्रीले दक्षिणी छिमेकका समकक्षी नरेन्द्र मोदी,सात समुद्रपारी साइप्रस,इजरेल र खाडी रास्ट्रसम्मका प्रधानमन्त्रीहरुसङ्ग फोनसम्बाद गरेतापनि चिनियाँ समकक्षी लि खछ्याङ्गसङ्ग भने त्यो अवसर जुराउनुभएको थिएन ! बरु नेकपा बिबाद उत्कर्शमा पुगेको बेला अकस्मात उतैबाट रास्ट्रपतिलाई रास्ट्रपतिको फोन आयो !

‘आफ्नै साथीहरुसङ्ग भिडेरै जान्छु भन्नेतिर जानु हुँदैन’ सोही कुराकानीको सारअनुसार राष्ट्रपतिले प्रधानमन्त्रीलाई भन्नुभयो,” उहाँहरूले उठाएका विधि(पद्धतिका कुरालाई पनि सानो कुरा नमान्नुस् । यसरी बैठकमा प्रस्तुत हुनुभयो भने आन्तरिक एकता नै सुदृढ हुने हो ।’

राजदूत होउले राष्ट्रपतिसँग भेट्नुअघि सारा वस्तुस्थितिको सुक्ष्म अध्ययन गरिसकेकी थिइन् । यसैबमोजिम “एकताबध्द नेकपास्आजको आवश्यकता “भन्ने सन्देश राष्ट्रपतिमार्फत प्रधानमन्त्रीसम्म पुर्याएको र, प्रधानमन्त्रीमार्फत यही कुरा प्रचण्डलाई रिले गरिएको अनुमान छ । तर, माधव नेपालसँग यसबारे यथेष्ट कुराकानी हुन पाएको थिएन,जुन आज प्रचण्डमार्फत भएको छ । यसपछि माधव थप प्रष्ट हुनुभएको नेकपास्रोतले जनायो ।

नत्र,निकै कडिकडाउ पेश हुने योजनासाथ हिजो बैठकमा छिर्नुभएका प्रचण्ड चुपचाप रहनुमा माधव अचम्मित हुनुहुन्थ्यो । यति कुरा भएपछि हिजै स्थायी कमिटीका अरु सदस्यसँग आगामी रणनीतिवारे बिस्तृत छलफल भएको छ ।

बादलको बाटो
प्रधानमन्त्रीमा केपी ओलीको विकल्पबारे कुरा उठ्न थालेसँगै गृहमन्त्री रामबहादुर थापालाई उपप्रधानमन्त्रीमा उक्लने आशा जागेको पाइएको छ । यही आशाले प्रचण्डसँग दूरी बढाएको छ । अब ‘पानी उमालेर नबाक्लिएजस्तो’ बादललाई फकाएर केही नहुने ठम्याई छ, प्रचण्डको ।

बादलको सघन समूह (कोर टीम) का देव गुरुङ र पम्फा भुषाल अलग्गै छन् । गृह सल्लाहकार बनाइएका पथिक र पार्टी केन्द्रीय सदस्यसमेत रहेका प्रेस संगठन संयोजक महेश्वर दाहाल भने बादलको साथमै रहेको बताइन्छ । जनआस्थाबाट

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

आफ्नै पत्नीलाई बलात्कर गर्ने ३ वर्षका लागि जेलमा
आफ्नै पत्नीलाई बलात्कर गर्ने ३ वर्षका लागि जेलमा
नेपालगंजमा आगलागीबाट धनमाल क्षती
नेपालगंजमा आगलागीबाट धनमाल क्षती
बाढी, पहिरोमा परी ज्यान गुमाउनेको संख्या ६७ पुग्यो, १४४५ जनाको सकुशल उद्दार
बाढी, पहिरोमा परी ज्यान गुमाउनेको संख्या ६७ पुग्यो, १४४५ जनाको सकुशल उद्दार
वैशाख २ गतेबाट विद्यार्थी भर्ना अभियान सञ्चालन गरिने
वैशाख २ गतेबाट विद्यार्थी भर्ना अभियान सञ्चालन गरिने
मतदानको दिन सवारी चलाउन पाउनुपर्ने माग गर्दै उन्नत लोकतन्त्र पार्टी अदालत जाने
मतदानको दिन सवारी चलाउन पाउनुपर्ने माग गर्दै उन्नत लोकतन्त्र पार्टी अदालत जाने
अग्नी सापकोटाले खोले ओली र प्रचण्डबीचको कुरा, यस्तो रहेछ सहमति ?
अग्नी सापकोटाले खोले ओली र प्रचण्डबीचको कुरा, यस्तो रहेछ सहमति ?
आज राष्ट्रियसभाको बैठक बस्दै
आज राष्ट्रियसभाको बैठक बस्दै
१,२०० किलोमिटर यात्रा गरी युक्रेनबाट एक्लै अर्को देश पुगेका ११ वर्षे बालक
१,२०० किलोमिटर यात्रा गरी युक्रेनबाट एक्लै अर्को देश पुगेका ११ वर्षे बालक
अाफ्नाे डेब्यु फिल्मकाे सिक्वेलसंग सलिनमानकाे भिडन्त
अाफ्नाे डेब्यु फिल्मकाे सिक्वेलसंग सलिनमानकाे भिडन्त
भीमगिठेमा पहिरोले पुरिएर एक महिलाको मृत्यु, अरु पनि पुरिएको आशंका
भीमगिठेमा पहिरोले पुरिएर एक महिलाको मृत्यु, अरु पनि पुरिएको आशंका

तपाईंले छुटाउनुभयो कि?