आजदेखि चुनावीसभा गर्न पाइने

Shikharkhabar Shikharkhabar
|
बिहिबार, कार्तिक १७, २०७९
|
|
५४ पटक हेरिएको
Shares

सारांश

  • काठमाडौं।
  • राजनीतिक दलहरूले आज बिहीबारदेखि प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनलाई लक्षित गर्दै जुलुस, आमसभा र कोणसभा गर्न पाउने छन्।
  • राजनीतिक दलहरूले आजबाट सञ्चारमाध्यममा निर्वाचनसम्बन्धी सामग्री प्रकाशन तथा प्रसारण गर्न समेत पाउने निर्वाचन आयोगले जनाएको छ।

काठमाडौं। राजनीतिक दलहरूले आज बिहीबारदेखि प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनलाई लक्षित गर्दै जुलुस, आमसभा र कोणसभा गर्न पाउने छन्। राजनीतिक दलहरूले आजबाट सञ्चारमाध्यममा निर्वाचनसम्बन्धी सामग्री प्रकाशन तथा प्रसारण गर्न समेत पाउने निर्वाचन आयोगले जनाएको छ। आयोगका अनुसार राजनीतिक दलले मंसिर १ गतेसम्म यस्ता कार्यक्रम गर्न पाउने छन्।

निर्वाचन आचारसंहिता, २०७९ को दफा १३ मा राजनीतिक दल, उम्मेदवार, दलको भातृ सङ्गठन तथा सम्बन्धित व्यक्तिले जुलुस, आमसभा, कोणसभा, बैठक, भेला वा निर्वाचन प्रचारप्रसार सम्बन्धी कार्य गर्दा पालना गर्नुपर्ने आचरणको व्यवस्था गरिएको छ।

उक्त दफा १३ को (म) मा उम्मेदवारको अन्तिम नामावली प्रकाशन भएपछि मतदान हुने दिनभन्दा १७ दिन अघिदेखि मात्र निर्वाचन प्रचारप्रसार अन्तर्गत जुलुस, आमसभा, कोणसभा गर्न र सञ्चारमाध्यममा आफ्नो निर्वाचनसम्बन्धी सामग्री प्रकाशन वा प्रसारण गर्न सकिने व्यवस्था गरिएको छ।

आचारसंहिता बमोजिम निर्वाचन प्रचारप्रसारका लागि आमसभा, कोणसभा गर्दा मञ्चको तयारीको लागि लागेको खर्चको विवरण सम्बन्धित उम्मेदवारले आफै वा प्रतिनिधिमार्फत मतदान सम्पन्न भएको १५ दिनभित्र निर्वाचन कार्यालयमा पेश गर्नुपर्नेछ।

दल वा उम्मेदवारले जुलुस, आमसभा, कोणसभा, घरदैलो भेटघाट वा जुनसुकै प्रकारको ¥याली गर्दा बढीमा १० वटा राष्ट्रिय झण्डा प्रयोग गर्न पाउने छन्। कुनै पनि धर्मको नाममा प्रचारप्रसार गर्न–गराउन नहुने, उम्मेदवार तथा निजको परिवारलाई कुनै तवरबाट डर, त्रास तथा धम्की दिन नहुने र कुनै साम्प्रदायिक विद्वेष फैलाउने गरी प्रचारप्रसार गर्न वा मत माग्न भने पाइँदैन।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

बन्दाबन्दी खुलेपनि स्वास्थ्यसम्बन्धी नियमहरूको पालना गर्न राष्ट्रपति भण्डारीको आग्रह
बन्दाबन्दी खुलेपनि स्वास्थ्यसम्बन्धी नियमहरूको पालना गर्न राष्ट्रपति भण्डारीको आग्रह
जबरजस्ती करणी गरेको अभियोगमा युवक पक्राउ
जबरजस्ती करणी गरेको अभियोगमा युवक पक्राउ
आईपीएल: नवप्रवेशी गुजरात हैदरावादसँग पराजित
आईपीएल: नवप्रवेशी गुजरात हैदरावादसँग पराजित
पर्यटकको पर्खाइमा लमजुङका घरवास
पर्यटकको पर्खाइमा लमजुङका घरवास
एनसेलबाट ३ महिनाभित्र ६० अर्ब ७१ करोड लाभकर असुल्न सर्वोच्चको आदेश
एनसेलबाट ३ महिनाभित्र ६० अर्ब ७१ करोड लाभकर असुल्न सर्वोच्चको आदेश
आजको राशीफल
आजको राशीफल
चीनका सभामुख तथा राष्ट्रिय जनकंग्रेस स्थायी समिति अध्यक्ष ली चान्सु काठमाडौंमा
चीनका सभामुख तथा राष्ट्रिय जनकंग्रेस स्थायी समिति अध्यक्ष ली चान्सु काठमाडौंमा
सरकारलाई कहाँ बदनाम गर्न सकिन्छ भन्दै गौंडा कुरेर बसेका छन् : प्रधानमन्त्री ओली
सरकारलाई कहाँ बदनाम गर्न सकिन्छ भन्दै गौंडा कुरेर बसेका छन् : प्रधानमन्त्री ओली
जादु देखाउन नदीमा छिरेपछि बेपत्ता !
जादु देखाउन नदीमा छिरेपछि बेपत्ता !
ललितानिवास जग्गाकाण्डले नेकपाभित्र उत्तराधिकारको झगडा छताछुल्ल; माधव नेपाल गुटलाई ठूलो चोट
ललितानिवास जग्गाकाण्डले नेकपाभित्र उत्तराधिकारको झगडा छताछुल्ल; माधव नेपाल गुटलाई ठूलो चोट