काँग्रेसले धनुषामा १८ मध्ये १२ तहको उम्मेदवारको टुंगो लगायो

Shikharkhabar Shikharkhabar
|
सोमबार, भाद्र १९, २०७४
|
|
२८ पटक हेरिएको
Shares
काँग्रेसले धनुषामा १८ मध्ये १२ तहको उम्मेदवारको टुंगो लगायो

सारांश

  • धनुषा ।
  • असोज २ गते प्रदेश नं २ मा हुने स्थानीय तहको निर्वाचनका लागि नेपाली काँग्रेसले वटा १८ मध्ये १२ वटा स्थानीय तहमा उम्मेदवारको टुंगो लगाएको छ ।
  • एक उपमहानगरपालिकासहित १८ वटा स्थानीय तह रहेको धनुषामा १२ वटामा टुंगो लगाइसकेको र सोमबार दिउँसोसम्म जिल्लाको सबै स्थानीय तहको टुंगो लागिसक्ने जिल्ला सभापति रामसरोज यादवले जानकारी दिनुभयो ।

धनुषा । असोज २ गते प्रदेश नं २ मा हुने स्थानीय तहको निर्वाचनका लागि नेपाली काँग्रेसले वटा १८ मध्ये १२ वटा स्थानीय तहमा उम्मेदवारको टुंगो लगाएको छ ।

एक उपमहानगरपालिकासहित १८ वटा स्थानीय तह रहेको धनुषामा १२ वटामा टुंगो लगाइसकेको र सोमबार दिउँसोसम्म जिल्लाको सबै स्थानीय तहको टुंगो लागिसक्ने जिल्ला सभापति रामसरोज यादवले जानकारी दिनुभयो ।

नेकाँ धनुषा सभापति यादवका अनुसार जनकपुर उपमहानगरपालिकाको प्रमुखमा मनोज साह र उपप्रमुखमा निलम कर्ण, क्षिरेश्वरनाथ नगरपालिकाको प्रमुखमा योगेन्द्र पजियार (जोगी) र उपप्रमुखमा रचना माथेमा, नगराईन नगरपालिकाको प्रमुखमा प्रमेश्वर यादव र उपप्रमुखमा रञ्जुदेवी साह, विदेह नगरपालिकाको प्रमुखमा प्रेमचन्द्र झा र उपप्रमुखमा हीरादेवी सहनी, धनुषाधाम नगरपालिकाको प्रमुखमा बालेश्वर मण्डल र उपप्रमुखमा विद्यादेवी भुजेल, सबैला नगरपालिकाको प्रमुखमा विजयशंकर साह र उपप्रमुखमा बबितादेवी साह उम्मेदवार चयन हुनुभएको छ ।

त्यस्तै धनौजी गाउँपालिकाको अध्यक्षमा बद्री सिंह र उपाध्यक्षमा रामवती मण्डल, लक्ष्मीनिया गाउँपालिकाको अध्यक्षमा कुमरकान्त झा र उपाध्यक्षमा रामराजी यादव, बटेश्वर गाउँपालिका अध्यक्षमा रामअशिष महतो र उपाध्यक्षमा अनारशीदेवी यादव, औरही गाउँपालिकाको अध्यक्षमा ब्रह्मदेव यादव र उपाध्यक्षमा शशीकला मण्डललाई उम्मेदवार हुनुहन्छ ।

यस्तै मुखियापट्टीमुसहरनिया गाउँपालिकाको अध्यक्षमा रामबाबु यादव उम्मेदवार बन्नुभएको छ भने उपाध्यक्षको टुंंगो लगाउन बाँकी छ । यता काँग्रेस र नेकपा माओवादीले तालमेल गर्ने धनुषा जिल्लाको एक स्थानीय तह मिथिला नगरपालिकाको प्रमुखमा राजकुमार महतोलाई काँग्रेसले उम्मेदवार बनाएको छ भने माओवादीबाट उपप्रमुखको उम्मेदवार टुंगो लगाउन बाँकी छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

छ वर्षदेखि फरार अभियुक्त पक्राउ
छ वर्षदेखि फरार अभियुक्त पक्राउ
केन्द्र र स्थानीय तहबीच अधिकार क्षेत्रका बीचमा द्वन्द ‘स्थानीय तह पंगु”पेल्दै सिंहदरबार
केन्द्र र स्थानीय तहबीच अधिकार क्षेत्रका बीचमा द्वन्द ‘स्थानीय तह पंगु”पेल्दै सिंहदरबार
सरकारले विदेशमा कोमामा रहेका नेपालीलाई स्वदेश ल्याउने तयारी थाल्यो
सरकारले विदेशमा कोमामा रहेका नेपालीलाई स्वदेश ल्याउने तयारी थाल्यो
राष्ट्रपति निर्वाचनको कार्यतालिका : १३ फागुनमा उम्मेदवारी, २५ गते चुनाव
राष्ट्रपति निर्वाचनको कार्यतालिका : १३ फागुनमा उम्मेदवारी, २५ गते चुनाव
पशुपति आर्यघाटमा जिउँदो मानिसलाई मृत भन्दै भाइरल बनाइएको भिडियो झुटो
पशुपति आर्यघाटमा जिउँदो मानिसलाई मृत भन्दै भाइरल बनाइएको भिडियो झुटो
बाहिर जति हल्ला छ त्यस्तो खालको बिवाद युवासंघमा छैन .अमित लामा/
बाहिर जति हल्ला छ त्यस्तो खालको बिवाद युवासंघमा छैन .अमित लामा/
बाघ संरक्षणमा चुनाैती !
बाघ संरक्षणमा चुनाैती !
पूर्वी रुकुमको सदरमुकामबारे देउवाको निर्णय स्वागतयोग्यः तत्काल कार्यान्वयन गर्नुपर्छ
पूर्वी रुकुमको सदरमुकामबारे देउवाको निर्णय स्वागतयोग्यः तत्काल कार्यान्वयन गर्नुपर्छ
एसइईमा कम्तीमा ३५ प्रतिशत अंक ल्याउनुपर्ने
एसइईमा कम्तीमा ३५ प्रतिशत अंक ल्याउनुपर्ने
राष्ट्रियसभा बैठक बस्दै
राष्ट्रियसभा बैठक बस्दै

तपाईंले छुटाउनुभयो कि?