कांग्रेसले जितेको स्थानीय तहमा कर बृद्धि हुँदैन : महामन्त्री कोइराला

Shikharkhabar Shikharkhabar
|
शनिबार, भाद्र २, २०७५
|
|
३१ पटक हेरिएको
Shares
कांग्रेसले जितेको स्थानीय तहमा कर बृद्धि हुँदैन : महामन्त्री कोइराला

सारांश

  • काठमाडौं, २ भदौ ।
  • नेपाली कांग्रेसका महामन्त्री डा.
  • शशांक कोइरालाले कांग्रेसले जितेका स्थानीय तहमा कर बृद्धि नहुने बताएका छन् ।

काठमाडौं, २ भदौ । नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइरालाले कांग्रेसले जितेका स्थानीय तहमा कर बृद्धि नहुने बताएका छन् । विराटनगरमा सञ्चारकर्मीहरुसँग बोल्दै महामन्त्री कोइरालाले भने, “जनतालाई मारमा पर्ने गरी बृद्धि गरिएको कर घटाउनुपर्छ । कांग्रेसले जितेको स्थानीय तहमा कर वृद्धि गर्न दिँदैनौं ।”

महामन्त्री कोइरालाले संघीयताको अभ्यास पहिलो भएकाले केही नमिलेको जस्तो देखिए पनि संविधानमै व्यवस्था भएकाले यसको सफल कार्यान्वयनका लागि सबैलाई आग्रह गरे । उनले भने, “सङ्घीयतालाई सफल बनाउन सबैको सहयोग आवश्यक छ ।”

महामन्त्री कोइरालाले पार्टीको महासमिति भेला यस वर्षभित्र सम्पन्न गर्ने बताए । उनले जनमत संग्रह गरी हिन्दू राष्ट्रको मुद्दाको छिनोफानो गर्नुपर्ने विचार पनि व्यक्त गरे ।

प्रतिक्रिया

3 कमेन्ट

    Comment Author

    Chitra Rana

    Girija chor tero k bhanneho Nepal bigarne tehi ho. pahile maobadijanmayo.pachhi maobadi sang milera raja.phaleo . bideshiko bhatma Nepal.dubayo. Nepali congress Pani dubayo.

    Comment Author

    Rabindra Shrestha

    Ha ha

    Comment Author

    Nabaraj Bakhati

    Ha ha ke sunnu pareyo

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 3
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?