कांग्रेसको नेतृत्वमा सरकार बनाउने सल्लाह भैसकेको छ : प्रधानमन्त्री देउवा
सारांश
- कालीकोट, ७ मंसिर : प्रधानमन्त्री शेरबहादुर देउवाले नेपालमा वाम गठबन्धनको सरकार भएमा कर्णालीको विकास नहुने आरोप लगाएका छन् ।
- नेपाली काँग्रेस कालीकोटले नरहरिनाथ गाउँपालिकाको कोटवाडामा आज आयोजना गरेको चुनावी आमसभालाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले यस्तो बताएका हुन् ।
- प्रधानमन्त्री देउवाले कर्णाली हरेक क्षेत्रमा पछि परेपनि काँग्रेसबाहेक अरु कसैको ध्यान नपुगेको बताउँदै सुदूरपश्चिम र मध्यपश्चिमसँगको सु–सम्बन्धले प्रगति हुनेसमेत बताएका हुन ।
कालीकोट, ७ मंसिर : प्रधानमन्त्री शेरबहादुर देउवाले नेपालमा वाम गठबन्धनको सरकार भएमा कर्णालीको विकास नहुने आरोप लगाएका छन् ।
नेपाली काँग्रेस कालीकोटले नरहरिनाथ गाउँपालिकाको कोटवाडामा आज आयोजना गरेको चुनावी आमसभालाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले यस्तो बताएका हुन् ।
प्रधानमन्त्री देउवाले कर्णाली हरेक क्षेत्रमा पछि परेपनि काँग्रेसबाहेक अरु कसैको ध्यान नपुगेको बताउँदै सुदूरपश्चिम र मध्यपश्चिमसँगको सु–सम्बन्धले प्रगति हुनेसमेत बताएका हुन । प्रधानमन्त्री देउवाले कर्णालीको भू–सम्पदा तथा पर्यटन क्षेत्रको अथाह सम्भावना रहेकाले अबको विकास झन सुदृढ गर्दै अघि बढ्ने ठोकुवासमेत गर्नुभएको छ ।
आगामी निर्वाचनपछि कांग्रेसको नेतृत्वमा सरकार बन्ने पक्का भैसकेको उनको भनाई थियो । उनले भने,‘हाम्रो पार्टीको नेतृत्वमा सरकार बन्ने सल्लाह भैसकेको छ ।’
नेपाली काँग्रेसका सभापतिसमेत रहेका प्रधानमन्त्री देउवाले काँग्रेसले विगत २००७ सालदेखि हालसम्म नेपालको प्रगति चाहेको बताउँदै भावी दिनमा नेपाल र नेपाली जनताका लागि नेपाली काँग्रेस लागिपरेको बताएका छन् ।
साथै, प्रधानमन्त्री देउवाले नेपालमा वाम गठबन्धनभन्दा लोकतान्त्रिक गठबन्धनप्रति विश्वास कायम गरेर नेपालमा नेपाली काँग्रेसको नेतृत्वमा सरकार गठन भएमा लोकतन्त्रको रक्षा हुनेसमेत बताए ।
उनले कर्णाली राजमार्ग र कर्णाली करिडोर जोड्ने लालुखुलालु पुल बनाउने, पर्यटन विकास गर्ने, कोटबाडास्थित् सुनथराली एयरपोर्टको नियमित उडान गर्ने, सडक सञ्जालहरु विस्तार गर्ने, सबै गाउँपालिकाहरुको केन्द्रमा सडक जोड्ने त्यो पनि एक वर्षभित्रमा सम्पन्न गर्ने विश्वास दिलाए ।
कडा सुरक्षाका बीचमा भएको चुनावी सभामा १० मिनेट मात्र समय लिएर बोलेका प्रधानमन्त्री देउवाको आजै जुम्ला जाने कार्यक्रम रहेको बताइएको छ ।
त्यस्तै कार्यक्रममा प्रतिनिधि सभाकाका उम्मेद्धवार भुपेन्द्रजंग शाहीले आफूलाई विजयी गराउन आग्रह गरे । उनले भने,‘म सबैको साझा उम्मेद्धवार हुँ । मलाई सबैको साथ छ । मैले स्वास्थ्य, शिक्षा लगायतका धेरै क्षेत्रमा काम गरेको छु । तर माओवादीलेजित्दा पनि केही काम गर्न सकेको छैन् ।’
उनले आफू हारेको मान्छे हुँदापनि जितेको भन्दा बढि काम गरेकोले यो निर्वाचनमा विजयी गराए जनताको मन जित्नेगरि काम गर्ने वचन दोहोर्याए ।
Shankar Upreti
Kina sarkar ma aaune feri vastachar garna kosi bechna aba kun kal karkhana khana kangresh jee
Bishnu Devkota
Kuskiyoki ki kaso SERE
यादब राजगुरु सल्यानि
ईन्डिया संङग सल्ला गरेको बुढा।
Kal Bahadur
मोदिसङग सल्लाह भएको होला है सेरेको नजिकको मान्छे नै मोदि हो
Mim Bamjan
Hahahaha hasauxa serele
Kishor Karmachrya
Pagal……
Kedar Prasad Paudyal
को संग सल्लाह मिलेछ हाम्रा प्रधान मंन्त्रीको? मोदि संगत होईन?
Samundra Kandel
Haha hasauchha serye le
सन्धेश बि एम
मोदि सङ्ग हो सल्ला मिले को
Anil Basnet
Sapana dhekhanu kunai thulo kuro hoena dhekhe hunxa
Bikram Basnet
Mukh mitthaudai gara chunaw paxhi ta sahinasaknuko tito hunxha,
Gangadhar Dhungana
भारतलाई नेपाल सुम्पिएर आफु मुख्यमन्त्री बन्ने सल्लाह होला ।
Bhim Lama Pakhrin
Ko sanga salaha bhayako xa Deuba Jee
Jhapali Bhai
ko sito modi sango hola
Tanka Giri
अझै पनि जित्छुनै भन्ने आशा बोकेको रहेछ लठेब्राले
Bishnu Joshi
no……..
Narayan Acharya
को मोदी सङ्ग सल्ला गरेको हो दाम्ना?सरकार बनाउनत चुनाबमा जित्नुपनी पर्यो नी अब मरेर 10-15सिट आउला।
Gp Wagle
B p ko kyabinetma banxa
Alicia Vinetic Depandu
Ulto patti bata
Dil Bahadur Chhetri
gitnu paryoni sarkar banauna
Kulbahadur Bohra
गधा भनेको शेरे