पछिल्लो २४ घण्टामा थपिए ५ सय ३३ जना कोरोना संक्रमित

Shikharkhabar Shikharkhabar
|
मंगलबार, कार्तिक २३, २०७८
|
|
५० पटक हेरिएको
Shares

सारांश

  • पछिल्लो २४ घण्टामा देशभर पाँच सय ३३ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ ।
  • १६ हजार सात सय ३६ जनाको नमुना परीक्षण गर्दा तीन दशमलव १८ प्रतिशत अर्थात् पाँच सय ३३ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।
  • अहिलेसम्म पीसीआर विधिबाट गरिएको परीक्षणमा आठ लाख १५ हजार तीन सय ७२ जना र एन्टिजेन विधिबाट गरिएको परीक्षणमा ९४ हजार नौ सय २६ जनामा सङ्क्रमण पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा देशभर पाँच सय ३३ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ ।

१६ हजार सात सय ३६ जनाको नमुना परीक्षण गर्दा तीन दशमलव १८ प्रतिशत अर्थात् पाँच सय ३३ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । अहिलेसम्म पीसीआर विधिबाट गरिएको परीक्षणमा आठ लाख १५ हजार तीन सय ७२ जना र एन्टिजेन विधिबाट गरिएको परीक्षणमा ९४ हजार नौ सय २६ जनामा सङ्क्रमण पुष्टि भएको छ ।

यस्तै २४ घण्टामा चार सय ८४ जना निको भएका छन् । योसहित अहिलेसम्म सङ्क्रमणबाट निको हुनेको सङ्ख्या सात लाख ९६ हजार तीन सय ६ पुगेको छ ।

यही अवधिमा कोरोना सङ्क्रमणका कारण एक जनाको ज्यान गएको छ । योसहित नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको सङ्ख्या ११ हजार चार सय ५४ पुगेको छ ।

यस्तै २४ घण्टामा ४३ हजार तीन सय ८० जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् । नेपालमा अहिलेसम्म ७४ लाख ६८ हजार नौ सय १४ जनाले पूर्ण मात्रा र ८७ लाख ४७ हजार सात सय १२ जनाले कम्तीमा एक मात्रा खोप लगाएका मन्त्रालयले जनाएको छ ।

(https://www.sociobits.org/)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

ब्रेन ट्युमर : अवस्था र भावी योजना
ब्रेन ट्युमर : अवस्था र भावी योजना
नयाँ विद्युत् महसुल दर: घरायसी ग्राहकलाई मासिक रु ६० मात्रै, औद्योगिक ग्राहकलाई २० प्रतिशत बढी
नयाँ विद्युत् महसुल दर: घरायसी ग्राहकलाई मासिक रु ६० मात्रै, औद्योगिक ग्राहकलाई २० प्रतिशत बढी
विवाह भोजमा छुरा प्रहारबाट एक व्यक्तिको मृत्यु
विवाह भोजमा छुरा प्रहारबाट एक व्यक्तिको मृत्यु
सुनसरी-१ मा घण्टीका उम्मेदवारलाई पछ्याउँदै हर्क साम्पाङ
सुनसरी-१ मा घण्टीका उम्मेदवारलाई पछ्याउँदै हर्क साम्पाङ
नेपाली महिला क्रिकेट टोलीको लक्ष्य श्रीलंका र बंगलादेश
नेपाली महिला क्रिकेट टोलीको लक्ष्य श्रीलंका र बंगलादेश
भारतमा कोरोना भाइरसको संक्रमणबाट पहिलोपटक मानिसको मृत्यु
भारतमा कोरोना भाइरसको संक्रमणबाट पहिलोपटक मानिसको मृत्यु
पोखरा महानगर प्रमुखमा एकीकृत समाजवादीका आचार्य, उपप्रमुखमा एमालेका गुरुङ
पोखरा महानगर प्रमुखमा एकीकृत समाजवादीका आचार्य, उपप्रमुखमा एमालेका गुरुङ
झापा–१ का उम्मेदवारको एजेण्डाः अन्तर्राष्ट्रिय व्यापार विस्तारदेखि बन्दमुक्त काँकरभिट्टासम्म
झापा–१ का उम्मेदवारको एजेण्डाः अन्तर्राष्ट्रिय व्यापार विस्तारदेखि बन्दमुक्त काँकरभिट्टासम्म
प्रदेश प्रमुखमा नेता महन्थ ठाकुरका सम्धिदेखि सिएनएनका हिरोसम्म
प्रदेश प्रमुखमा नेता महन्थ ठाकुरका सम्धिदेखि सिएनएनका हिरोसम्म
आज आइतबार, थाहा पाउनुहोस् तपाईंको राशिफल
आज आइतबार, थाहा पाउनुहोस् तपाईंको राशिफल