राखी सावन्तले आफूले बिहे गरेको पुष्टि गर्दै प्रेमकथा सुनाइन्, को हुन् उनका पति ?

Shikharkhabar Shikharkhabar
|
आइतबार, श्रावण १९, २०७६
|
|
२६ पटक हेरिएको
Shares
राखी सावन्तले आफूले बिहे गरेको पुष्टि गर्दै प्रेमकथा सुनाइन्, को हुन् उनका पति ?

सारांश

  • मुम्बइ।
  • बलिउडकी विवादित आइटम गर्ल राखी सावन्तले आफ्नो बिहेको खबर खारेज गरेलगत्तै फेरि नयाँ बयान दिएर खलबली मच्चाएकी छिन् ।
  • अहिले राखीले बिहेको कुरा स्वीकार गरेकी छिन् ।

मुम्बइ। बलिउडकी विवादित आइटम गर्ल राखी सावन्तले आफ्नो बिहेको खबर खारेज गरेलगत्तै फेरि नयाँ बयान दिएर खलबली मच्चाएकी छिन् । अहिले राखीले बिहेको कुरा स्वीकार गरेकी छिन् । आफ्नो नयाँ अन्तरवार्तामा राखीले आफूले बिहे गरेको बताएकी छिन् ।स्पटब्वायलाई दिएको अन्तरवार्तामा राखीले भनिन् ‘म डराएकी थिएँ । हो मैले बिहे गरें । मैले मेरो बिहेको कुरा पुष्टि गर्छु । तपाइँहरुले पाएको जानकारी सही हो कि मेरा पति एनआरआइ हुनुहुन्छ । मेरा पतिको नाम रितेश हो र उहाँ बेलायतमा बस्नुहुन्छ । उहाँ बेलायत फर्किसक्नुभएको छ । मेरो भिसाको प्रक्रिया चलिरहेको छ र छिटै म पनि बेलायत जानेछु ।’

राखीका अनुसार रितेश उनका फ्यान थिए र उनलाई ह्वाट्सएपमा म्यासेज गर्थे । उनीहरु कुराकानी बढ्दै जाँदा छिटै साथी बने । उनीहरुको भेट करिब १ वर्ष पहिले भएको थियो । रितेशले पहिले राखीलाई आफ्ना एक साथीसँग बिहे गर्ने रु भनेर सोधेका थिए । राखीले अस्वीकार गरिन् । राखीले भनिन् ‘मैले भनें कि मेरो मनमा घण्टी बजेन । त्यसपछि उहाँले मलाई सोध्नुभयो कि के मेरो लागि मनमा घण्टी बज्छ रु त्यसपछि मैले मलाई सोच्न समय मागें ।’ समय बित्दै जाँदा आफूलाई रितेशसँग प्रेम भएको र यो प्राकृतिक रुपमै भएको उनले बताइन् ।

यो पनि पढ्नुहोस

काजल अग्रवाललाई भेट्न खोज्दा ६० लाख स्वाहा

मुम्बई। आफ्ना प्रिय कलाकारप्रति फ्यानको पागलपनको सीमा कतिसम्म हुन्छ, यस्सै एकिन गर्न सकिन्न। उनीहरू आफ्ना प्रिय कलाकारका लागि केके गर्छन्९गर्छन्रु बेलाबेलामा थरिथरीका फ्यानहरूका अचम्मका किस्सा सार्वजनिक हुने गर्छन्। फेरि एउटा किस्सा सार्वजनिक भएको छ।भारतीय अभिनेत्री काजल अग्रवाललाई भेट्ने लालसामा एक फ्यानले ६० लाख भारू गुमाएका छन्। भारतको रामानाथपुरम निवासी एक प्रशंसक काजललाई भेट्न चाहन्थे। उनको यही कमजोरी टेकेर उनीबाट ६० लाख रूपैयाँ एउटा ठगहरूको समूहले चट्काइदियो। सर्च गर्दा यी फ्यानले इन्टरनेटमा काजललाई मिलाइदिने दाबी गर्ने एक वेबसाइट भेटे। उनले यसलाई सत्य ठाने तर यो साइट ठग्नका लागि बनाइएको थियो। उनी यहि ठगीधन्दाको सिकार भए।

यस साइटवालाले सुरूमा काजल भेटाउन ५० हजार मागे। त्यसपछि काजललाई भेट्ने अवसर बढेको भन्दै थप रकम माग्दै गए। जब पैसाको मात्रा बढ्दै गयो तब यसरी पैसा दिने व्यक्तिलाई सो समूहप्रति शंका बढ्यो। उनले त्यसको विरोध गरे। जवाफमा उनीहरूले ती फ्यानको अन्तरंग तस्वीर सार्वजनिक गरिदिने धम्की दिए र उनीबाट थप पैसा असुले।हाल ती फ्यान पुलिसकोमा पुगिसकेका छन्। पुलिसमा उनले किस्ताकिस्ता गरेर सो समूहलाई ६० लाख भारू बुझाएको उल्लेख गरेका छन्। प्रहरीले घटनामा जाँच गर्दै संलग्नहरूलाई पक्राउ गर्न सुरू गरेको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?