कांग्रेस महासमिति बैठकको तयारी

Shikharkhabar Shikharkhabar
|
शनिबार, पौष १, २०७४
|
|
१४ पटक हेरिएको
Shares
कांग्रेस महासमिति बैठकको तयारी

सारांश

  • काठमाडौं १ पुस ।
  •   कांग्रेस सभापति शेरबहादुर देउवाले पार्टी महासमिति बैठक बोलाउनेबारे निकटस्थसँग छलफल सुरु गरेका छन्।
  • संघ र प्रदेशसभा चुनावमा नराम्रोसँग पराजय भोगेको कांग्रेसभित्र नेतृत्व परिवर्तन, महासमिति बैठक, विशेष महाधिवेशनसम्मको माग उठेपछि देउवाले महासमिति बैठक बोलाउनेबारे छलफल गरेका हुन्।

काठमाडौं १ पुस ।  कांग्रेस सभापति शेरबहादुर देउवाले पार्टी महासमिति बैठक बोलाउनेबारे निकटस्थसँग छलफल सुरु गरेका छन्। संघ र प्रदेशसभा चुनावमा नराम्रोसँग पराजय भोगेको कांग्रेसभित्र नेतृत्व परिवर्तन, महासमिति बैठक, विशेष महाधिवेशनसम्मको माग उठेपछि देउवाले महासमिति बैठक बोलाउनेबारे छलफल गरेका हुन्।

 

देउवानिकट नेता बालकृष्ण खाँणले शुक्रबार अन्नपूर्णसँग कुरा गर्दै सभापति देउवाले महासमिति बैठक बोलाउने तयारी गरिरहेको खुलाए। उनले भने, ‘समानुपातिकको नतिजा आएसँगै सभापति देउवा केन्द्रीय कार्यसमितिको बैठक बोलाउने र एक महिनाभित्रै महासमिति बैठक डाक्ने बारेमा परामर्शमा हुनुहुन्छ।’ महासमिति बैठक भैरहवामा गर्ने बारेमा पनि छलफल भइरहेको खाँणले जानकारी दिए।कांग्रेसको विधानमा एक वर्षमा एकचोटि महासमिति बैठक बस्ने व्यवस्था गरिएको छ। देउवा कांग्रेसको १३ औं महाधिवेशनबाट सभापति निर्वाचित भएको दुई वर्ष पुग्नै लाग्दा पनि एकपटक पनि महासमिति बैठक बसेको छैन।

सभापति देउवाले पार्टी संरचनालाई पनि पूर्णता दिन सकेका छैनन्। केन्द्रीय कार्यसमितिमा सदस्य मनोनयनदेखि पार्टीका अधिकांश विभागले समेत पूर्णता पाएका छैनन्।देउवा नेतृत्वको सरकारले गराएको संघ र प्रदेशसभा चुनावमा कांग्रेसले नमिठो पराजय बेहोरेको छ। संघ प्रत्यक्षतर्फको १ सय ६५ सिटमध्ये कांग्रेसले २३ सिट मात्रै जितेको छ।

चुनावमा पार्टी पराजित भएपछि केही युवा नेतादेखि पुराना पुस्तासम्मले विशेष महाधिवेशन बोलाएर नेतृत्व परिर्वतनसम्मको आवाज उठाएका छन्। कांग्रेस नेता खाँणले २०६४ साल जस्तै २०७४ सालमा पनि कांग्रेस संख्यातमक रूपमा तल देखिए पनि मुलुक जितेको सन्देश गएकोले निर्वाचन सम्पन्न गराएको जसको फाइदा कांग्रेसलाई पछि हुने जिकिर गरे।

‘परिणाम हेर्दा हामी केही खस्किएको जरुर छौं’, खाँणले भने, ‘तर देशको राजनीति सफल भएको छ।’ उनले ०६४ यताका हरेक चुनावमा कांग्रेसले आफ्नो मत प्रतिशत बढाउँदै लगेको भन्दै सन्तोष व्यक्त गरे। ०६४ सालको पहिलो संविधानसभा चुनावमा कांग्रेसले २२ प्रतिशत मत पाएको थियो भने ०७० मा २९ प्रतिशत मत पाएको थियो। केही महिनाअघि मात्रै भएको स्थानीय तहको निर्वाचनमा कांग्रेसले ३२ प्रतिशत मत प्राप्त गरेको थियो भने हालै सम्पन्न निर्वाचनमा ३४ प्रतिशतको हाराहारीमा मत पुर्‍याएको छ।

उनले प्रत्यक्षतर्फ बेहोरेको हारको समीक्षा गर्नकै लागि सभापति देउवाले केन्द्रीय कार्यसमितिको बैठकदेखि महासमितिको बैठक डाक्नेसम्मको तयारी थालेको बताए। चुनावका लागि गृहजिल्ला गएका सबै नेता मतपरिणाम सार्वजनिक भएसँगै राजधानी फर्कने क्रम सुरु भएको छ। राजधानी आएका प्रायः सबै नेतासँग देउवाले एक चरणको छलफल गरेको खाँणले जानकारी दिए।

खाँणले चुनवामा कांग्रेसले पाएको मतलाई मर्यादा गर्दै प्रतिपक्षमै बस्ने बताए। राष्ट्रियसभा गठन भएपछि प्रतिनिधिसभामा बहुमत प्राप्त दलका नेता प्रधानमन्त्री चयन भएसँगै आफूहरू प्रतिपक्षमा बस्ने खाँणले जानकारी दिए।

प्रतिक्रिया

1 कमेन्ट

    Comment Author

    Hari Prasad Rijal

    हाे अब केही परिवर्तन गरनु परछ

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 1
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

आफैँले बोकेको पेस्तोलले गोली हानी आत्महत्या
आफैँले बोकेको पेस्तोलले गोली हानी आत्महत्या
नेप्से परिसूचकमा उच्च अङ्कले वृद्धि
विश्वकपमा आज यी ४ वटा खेल हुँदै
विश्वकपमा आज यी ४ वटा खेल हुँदै
उदयपुरको बजेट तथा विशेष प्रस्तावहरु पास गर्दै सकियो दोस्रो जिल्ला सभा
उदयपुरको बजेट तथा विशेष प्रस्तावहरु पास गर्दै सकियो दोस्रो जिल्ला सभा
माथिल्लो कर्णाली विवाद : भारतीय कम्पनीलाई लगानी जुटाउने बाटो खुल्यो
माथिल्लो कर्णाली विवाद : भारतीय कम्पनीलाई लगानी जुटाउने बाटो खुल्यो
कम्युनिष्ट आन्दोलनमा स्व चौलागाइँको महत्वपूर्ण योगदान छ
कम्युनिष्ट आन्दोलनमा स्व चौलागाइँको महत्वपूर्ण योगदान छ
एमालेले टुंगो लगायो राष्ट्रियसभा उम्मेदवार, अधिकाशं नयाँ अनुहार (नामावलीसहित)
आइतबार २६६ संक्रमित थप
बाँकेमा पत्रकार र चिकित्सकको पनि उम्मेदवारी, वाम र लोकतान्त्रिकमा बागी
बाँकेमा पत्रकार र चिकित्सकको पनि उम्मेदवारी, वाम र लोकतान्त्रिकमा बागी
कटारी नगरपालिका का तत्कालीन लेखा अधिकृत रबिनचन्द्र ढकालविरुद्ध ७ करोडको भ्रष्टाचार मुद्दा
कटारी नगरपालिका का तत्कालीन लेखा अधिकृत रबिनचन्द्र ढकालविरुद्ध ७ करोडको भ्रष्टाचार मुद्दा

तपाईंले छुटाउनुभयो कि?