चितवन र बारा- २ उपनिर्वाचनः सर्वदलीय बैठक बस्दै

Shikharkhabar Shikharkhabar
|
सोमबार, बैशाख ११, २०८०
|
|
२० पटक हेरिएको
Shares
चितवन र बारा- २ उपनिर्वाचनः सर्वदलीय बैठक बस्दै

सारांश

  • चितवन।
  • चितवन क्षेत्र नम्बर २ मा हिजो सम्पन्न उपनिर्वाचनको मतगणनाका लागि आज बिहान ८ बजे सर्बदलीय बैठक बस्दै छ।
  • गएराति मतपेटीका मतगणनास्थलमा आइसकेपछि सर्वदलीय बैठक बस्ने भनिएको थियो।

चितवन। चितवन क्षेत्र नम्बर २ मा हिजो सम्पन्न उपनिर्वाचनको मतगणनाका लागि आज बिहान ८ बजे सर्बदलीय बैठक बस्दै छ।

गएराति मतपेटीका मतगणनास्थलमा आइसकेपछि सर्वदलीय बैठक बस्ने भनिएको थियो। आज बिहानलाई सर्वदलीय बैठक बोलाइएको मुख्य निर्वाचन अधिकृतको कार्यालयका सहायक निर्वाचन अधिकृत ईश्वर आचार्यले जानकारी दिए। उनले जारी गरेकाे सूचनामा आज बिहान ८ बजे उम्मेदवार वा उम्मेदवारको दुई प्रतिनिधिलाई बैठकमा बोलाइएको जनाइएकाे छ।

नेपाली कांग्रेस र नेकपा (एमाले)सहितका दलहरुले भने आइतबार राति प्रमुख जिल्ला अधिकारी उपस्थिति नभएका कारण बैठक बस्न नसकेको बताएका छन्। बैठकपछि मात्रै मतगणना प्रक्रिया सुरु हुने जनाइएको छ।

कांग्रेस चितवनका सभापति राजेश्वर खनालले प्रमुख जिल्ला अधिकारीकै संरक्षणमा राष्ट्रिय स्वतन्त्रपार्टीका उम्मेदवारले आचारसंहिता उल्लंघन गरेको आरोप लगाउँदै जवाफ नआएसम्म मतगणना नहुने बताएका छन्।

यस क्षेत्रमा ४३ स्थलका एक सय ३८ केन्द्रमा मतदान गरिएको हो। यसमा ७८ हजार दुई सय ७७ मतदाताले मतदान गरेको प्रारम्भिक तथ्यांक रहेको छ। यस क्षेत्रमा एक लाख २४ हजार छ सय ९५ जना मतदाता रहेका थिए। जसमध्ये ६३ हजार दुई सय ९१ महिला, ६१ हजार चार सय तीन पुरुष र एक जना तेस्रो लिङ्गी रहेका छन्।

यस क्षेत्रमा लोकतान्त्रिक वाम गठबन्धनबाट कांग्रेसका जीतनारायण श्रेष्ठ, एमालेबाट रामप्रसाद न्यौपाने र राष्ट्रिय स्वतन्त्र पार्टीबाट रवि लामिछानेसँगै २२ उम्मेदवार चुनावी मैदानमा छन्।

गत मङ्सिर ४ गते सम्पन्न निर्वाचनबाट निर्वाचित लामिछानेको नागरिकताका कारण सर्वोच्च अदालतले बदर गरेपछि उपनिर्वाचन भएको हो। जिल्लामा तीन निर्वाचन क्षेत्र रहेका छन्।

बारा २ उपनिर्वाचनः सर्वदलीय बैठक बस्दै
बारा क्षेत्र नम्बर २ मा सम्पन्न उपनिर्वाचनको मतगणना आज बिहानबाट हुने भएको छ। गए रातिदेखि नै मतगणना सुरु गर्ने भनिए पनि सर्वदलीय बैठकमा ढिलाइ भएकाले आज बिहानबाट मतगणना हुने मुख्य निर्वाचन अधिकृत मुकेश उपाध्यायले जानकारी दिए।

“सर्वदलीय बैठकका लागि दलका प्रतिनिधि आउन थाल्नुभएको छ, बैठकलगत्तै मतगणना सुरु गर्छाैं।” सम्भवत बिहान ९ वा १० बजेदेखि मतगणना सुरु गर्ने हाम्रो तयारी छ उनको भनाइ छ।
मतगणनाका लागि स्थान निर्धारण गरिएको बारा सदरमुकाम कलैयास्थित शैक्षिक तालिममा सुरक्षा व्यवस्था कडा पारिएको छ। बारा क्षेत्र नम्बर २ मा ६५ प्रतिशत मतदान भएको थियो।

महागढी र पचरौता नगरपालिका, करैयामाई , सुवर्ण र देवताल गाउँपालिकाको ४४ वडा समेटिएको सो निर्वाचन क्षेत्रमा ५८ हजार नौ सय ३४ पुरुष र ४६ हजार तीन सय १४ महिला गरी कूल एक लाख पाँच हजार दुई सय ४८ मतदाता छन्। सो क्षेत्रमा विभिन्न राजनीतिक दल तथा स्वतन्त्र गरी ३४ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन्।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

भारत–चीन सीमा विवाद : डोकलाममा सैन्य अभियान गर्ने चीनको तयारी
भारत–चीन सीमा विवाद : डोकलाममा सैन्य अभियान गर्ने चीनको तयारी
घुस लिएको आरोपमा १० ट्राफिक प्रहरी निलम्बनमा !घुसमा तरकारी पनि लिन्छन् !
घुस लिएको आरोपमा १० ट्राफिक प्रहरी निलम्बनमा !घुसमा तरकारी पनि लिन्छन् !
नवरात्रको दोस्रो दिन : ब्रम्हचारिणी भगवतीको पूजा गरिँदै
नवरात्रको दोस्रो दिन : ब्रम्हचारिणी भगवतीको पूजा गरिँदै
साढे ३३ किलो सुन प्रकरणः बहस छिटो सक्न न्यायधिसको आदेश
साढे ३३ किलो सुन प्रकरणः बहस छिटो सक्न न्यायधिसको आदेश
नौ वर्षपछि जयराम पुल सञ्चालन, बल्ल खुल्यो खोटाङमा समृद्धिको बाटो
नौ वर्षपछि जयराम पुल सञ्चालन, बल्ल खुल्यो खोटाङमा समृद्धिको बाटो
कोभिड–१९’ बाट विश्वमा ५९ हजार २०३ को मृत्यु
कोभिड–१९’ बाट विश्वमा ५९ हजार २०३ को मृत्यु
परियोजनाको तयारी नगरी बजेट दिँदा पूँजीगत खर्च भएन– डा. पुष्पराज कँडेल उपाध्यक्ष राष्ट्रिय योजना आयोग
परियोजनाको तयारी नगरी बजेट दिँदा पूँजीगत खर्च भएन– डा. पुष्पराज कँडेल उपाध्यक्ष राष्ट्रिय योजना आयोग
सुनको मूल्यले फेरि बनायो अर्को नयाँ रेकर्ड, प्रतितोला कति पुग्यो ?
सुनको मूल्यले फेरि बनायो अर्को नयाँ रेकर्ड, प्रतितोला कति पुग्यो ?
स्थलगत: राजमार्गमा दृष्य एक, पीडा अनेक
स्थलगत: राजमार्गमा दृष्य एक, पीडा अनेक
डिउटीमा रहेका प्रहरीले आफ्नै च्यापुमा गोली हानेपछि…
डिउटीमा रहेका प्रहरीले आफ्नै च्यापुमा गोली हानेपछि…

तपाईंले छुटाउनुभयो कि?