कांग्रेस र फोरम लोकतान्त्रिकबीच एकीकरण !

Shikharkhabar Shikharkhabar
|
बुधबार, कार्तिक १, २०७४
|
|
३३ पटक हेरिएको
Shares
कांग्रेस र फोरम लोकतान्त्रिकबीच एकीकरण !

सारांश

  • वामपन्थी गठबन्धनको उद्देश्य लोकतन्त्र सिध्याउनु रहेकाले कांग्रेससँग मिलेर लोकतन्त्र जोगाउने अभियानमा आफू प्रतिबद्ध रहेको उनले घोषणा गरे ।
  • उनले कम्युनिस्टलाई दुईतिहाइ होइन, बहुमत पनि ल्याउन नदिने प्रतिबद्धता व्यक्त गरे ।
  • उनले भने, ‘आजैका दिनदेखि नेपाल लोकतान्त्रिक फोरम नेपाली कांग्रेससित एकताबद्ध भयो, समाहित भयो ।

वामपन्थी गठबन्धनको उद्देश्य लोकतन्त्र सिध्याउनु रहेकाले कांग्रेससँग मिलेर लोकतन्त्र जोगाउने अभियानमा आफू प्रतिबद्ध रहेको उनले घोषणा गरे । उनले कम्युनिस्टलाई दुईतिहाइ होइन, बहुमत पनि ल्याउन नदिने प्रतिबद्धता व्यक्त गरे । उनले भने, ‘आजैका दिनदेखि नेपाल लोकतान्त्रिक फोरम नेपाली कांग्रेससित एकताबद्ध भयो, समाहित भयो ।’

स्थानीय चुनावलाई केन्द्रित गर्दै फोरम लोकतान्त्रिकमा मिसिएका दलले गच्छदारको निर्णय मानेनन‘लोकतन्त्र जोगाउन र कम्युनिस्टको एकछत्र हुन नदिन निःसर्त कांग्रेससँग एकीकरण गरें ।’ -विजयकुमार गच्छदार

स्थानीय तह निर्वाचनको पूर्वसन्ध्यामा एकीकरणमा आएका दलित जनजाति पार्टीका यशोदा लामा, राष्ट्रिय जनमुक्ति पार्टीका शिवलाल थापा र थरुहट तराई पार्टी नेपालका अध्यक्ष एवं भूमिसुधारमन्त्री गोपाल दहित भने कांग्रेसमा जान नसक्ने भन्दै अलग भएका छन् ।

कांग्रेसका तत्कालीन सभापति गिरिजाप्रसाद कोइरालाका अत्यन्त प्रिय पात्र गच्छदार पछिल्लो समय ‘थ्रेसहोल्ड’ को त्रासले पिरोलिइरहेका थिए । स्थानीय चुनाव निश्चित भएपछि गत चैतबाटै कांग्रेससँग नजिकिएका उनी प्रदेश २ मा शरमलाग्दो पराजय र त्यसलगत्तै संघीय समाजवादी फोरम तथा राजपाबीचको सहकार्य भएपछि नराम्रोसँग झस्किए । आफ्नो पार्टीको अस्तित्व बचाउन पनि कांग्रेस प्रवेश उनका लागि एक मात्र विकल्प बन्यो । कांग्रेस प्रवेशले उनको राजनीति पुनः उदय भएको छ।

महेन्द्र मोरङ बहुमुखी क्याम्पस पढ्दाताका अनेरास्ववियुका कार्यकर्ता फणिन्द्र तिम्सिनाको हत्यापछि उनले पञ्चायतकालमै जेलजीवन भोगेका थिए । ०४८ सालको आमनिर्वाचनपछि सञ्चार राज्यमन्त्रीबाट उनको सत्तारोहण यात्रा सुरु भएको थियो । यसैबीच गृह, भौतिक योजना, सूचना तथा सञ्चार, जलस्रोत, स्थानीय विकासलगायत महत्वपूर्ण मन्त्रालयको नेतृत्व गरिरहेका छन् । उनले आधा दर्जन प्रधानमन्त्रीको नेतृत्वमा सरकारमा सहभागी हुने अवसरसमेत पाए । सत्ता समीकरणको डिजाइनरका रूपमा रहेका र सत्ता दुरुपयोगको आरोपसमेत खेपेका उनी प्रधानमन्त्रीका लागि मधेसमा चर्चित भए पनि मुलुकको समग्र राजनीतिमा ओझेलमै परे ।

कांग्रेस फर्केका गच्छदारको अब कस्तो भूमिका रहन्छ भन्ने कुरा मंसिर १० र २१ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन परिणाममा उनको योगदानले देखिने कुरा हो । कांग्रेस त फर्के तर उनको व्यवस्थापन कसरी हुन्छ भन्ने कुराले नै उनको भावी यात्रा तय गर्ने निश्चित छ ।
कांग्रेस सभापति शेरबहादुर देउवासामु गच्छदारको व्यवस्थापन कम चुनौतीपूर्ण छैन । प्रदेश २ बाट पार्टी राजनीतिमा एकछत्र छाउने महत्वाकांक्षाका साथ अगाडि बढेका विमलेन्द्र निधि गच्छदारको व्यवस्थापनमा अवरोधका रूपमा खडा हुने सम्भावनालाई नकार्न सकिँदैन । कांग्रेसको १४ औं महाधिवेशनसम्म पुग्दा मात्रै उनी नेतृत्वमा स्थापित या विस्थापित के बन्ने हुन् भन्ने यकिन गर्न सकिन्छ ।

देउवा-गच्छदारबीच भएको भद्र सहमति

१. कांग्रेसमा तेस्रो स्थान उपसभापति दिने
२. लोकतान्त्रिकका १५ जनासम्मलाई केन्द्रीय सदस्य बनाउने
३. केन्द्रीय विभाग, समितिलगायतमा उच्च मूल्यांकनसहित प्रतिनिधित्व गराउने
४. सोहीबमोजिम कांग्रेस जिल्ला कार्यसमिति, क्षेत्रीय समिति, नगर र गाउँमा समेत प्रतिनिधित्व गराउने
५. मंसिर १० र २१ गते हुने प्रतिनिधिसभा र प्रदेशसभामा प्रत्यक्ष र समानुपातिकतर्फ फोरमको राजनीतिक आधार क्षेत्रको सम्मान गर्ने

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?