बैतडीमा वर्तमान र पूर्वराज्यमन्त्री चुनावी मैदानमा

Shikharkhabar Shikharkhabar
|
मंगलबार, कार्तिक ७, २०७४
|
|
३२ पटक हेरिएको
Shares
बैतडीमा वर्तमान र पूर्वराज्यमन्त्री चुनावी मैदानमा

सारांश

  • बैतडी ।
  • पहिलो चरणअन्तर्गत आगामी मंसिर १० गते हुने प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनका लागि बैतडीमा वर्तमान र पूर्व राज्यमन्त्री चुनावी मैदानमा उत्रिएका छन् ।
  • अहिले शेरबहादुर देउवा सरकारमा वाणिज्य राज्यमन्त्री रहेका लोकतान्त्रिक गठबन्धनका तर्फबाट साझा उम्मेदवार बनेका नेपाली काँग्रेसका नेता नरबहादुर चन्द प्रतिनिधिसभा सदस्य निर्वाचनको लागि चुनावी मैदानमा उत्रिनु भएको छ ।

बैतडी । पहिलो चरणअन्तर्गत आगामी मंसिर १० गते हुने प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनका लागि बैतडीमा वर्तमान र पूर्व राज्यमन्त्री चुनावी मैदानमा उत्रिएका छन् ।

अहिले शेरबहादुर देउवा सरकारमा वाणिज्य राज्यमन्त्री रहेका लोकतान्त्रिक गठबन्धनका तर्फबाट साझा उम्मेदवार बनेका नेपाली काँग्रेसका नेता नरबहादुर चन्द प्रतिनिधिसभा सदस्य निर्वाचनको लागि चुनावी मैदानमा उत्रिनु भएको छ ।

यस्तै, बाम गठबन्धनबाट साझा उम्मेदवार रहेको नेकपा (एमाले)का नेता पूर्व अर्थराज्यमन्त्री दामोदर भण्डारी पनि प्रतिनिधिसभाको लागि बैतडीमा चुनावी मैदानमा उत्रिनु भएको छ । पूर्व अर्थराज्यमन्त्री भण्डारी केपी ओली प्रधानमन्त्री रहँदा अर्थ राज्यमन्त्री थिए ।

यसअघि विसं २०७० मा सम्पन्न भएको संविधानसभा निर्वाचनमा दुवैजना बैतडीबाट निर्वाचित भएका थिए । बैतडीमा २०७० सालको संविधानसभा निर्वाचनको बेला २ निर्वाचन क्षेत्र रहेका थिए ।

भण्डारी क्षेत्र नं १ बाट विजयी भएका हुन् भने चन्द क्षेत्र नं २ बाट विजयी भएका हुन् । दुवै गठबन्धनका उम्मेदवार भएकाले कडा प्रतिस्पर्धा हुने अनुमान गरिएको छ । दुवै उम्मेदवारले मनोनयन दर्ता गर्ने क्रममा आफ्नो जित सुनिश्चित भएको दाबी गरेका छन् ।

सारा कम्युनिष्ट एक भएर आएकाले सारा लोकतान्त्रिक शक्ति एक भएर प्रतिनिधि र प्रदेशसभामा लड्नुपरेको वाणिज्य राज्यमन्त्री एवं लोकतान्त्रिक गठबन्धनका तर्फबाट काँग्रेसका प्रतिनिधिसभा उम्मेदवार नरबहादुर चन्दको भनाइ छ ।

देशमा जारी गरिएको संविधानलाई कार्यान्वयन गर्दै आत्मनिर्भर अर्थतन्त्रको बाटोबाट मुलुकको विकास गरी समाजवादको दिशातर्फ अघि बढ्न आफूहरुको उम्मेदवारी भएको बाम गठबन्धनबाट एमालेका प्रतिनिधिसभा उम्मेदवार दामोदर भण्डारीको भनाइ छ ।

बैतडीमा नेपाली काँग्रेस र राप्रपाले लोकतान्त्रिक गठबन्धन तथा एमाले र माओवादी केन्द्रले बाम गठबन्धनसहित उम्मेदवारी दर्ता गरेका छन् ।

यसैगरी, प्रतिनिधिसभाका लागि एक क्षेत्र रहेको बैतडीमा विवेकशील साझा पार्टीका तर्फबाट नारायणदत्त अवस्थी, राष्ट्रिय जनमोर्चाबाट वीरेन्द्रसिंह भण्डारी, जनसमाजवादी पार्टी नेपालबाट धनबहादुर बोहरा र एकीकृत राप्रपा (राष्ट्रवादी) बाट त्रिलोकबहादुर चन्दले उम्मेदवारी दर्ता गराएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

यसैगरी, प्रदेशसभाका लागि दुई निर्वाचन क्षेत्र रहेको बैतडीमा लोकतान्त्रिक गठबन्धन र बाम गठबन्धनका साथै अन्य दलले पनि उम्मेदवारी दर्ता गराएका छन् ।

बैतडी क्षेत्र नं १ मा लोकतान्त्रिक गठबन्धनका तर्फबाट नेपाली काँग्रेसका हरिमोहन भण्डारी, बाम गठबन्धनका तर्फबाट नेकपा (माओवादी केन्द्र)का प्रेमप्रकाश भट्ट, जनसमाजवादी पार्टी नेपालका तर्फबाट भगीरथसिंह कुँवर र राष्ट्रिय जनमोर्चाका तर्फबाट अर्जुनसिंह मडैले उम्मेदवारी दर्ता गराएको छ ।

यसैगरी, बैतडी क्षेत्र नं २ मा लोकतान्त्रिक गठबन्धनका तर्फबाट राप्रपाका गणेश चन्द, बाम गठबन्धनका तर्फबाट नेकपा (एमाले)का लीलाधर भट्टले उम्मेदवारी दर्ता गर्नुभएको मुख्य निर्वाचन अधिकृत विष्णुप्रसाद गौतमले जानकारी दिए । क्षेत्र नम्बर २ मा भने बाम र लोकतान्त्रिक गठबन्धनबाहेक अरुले मनोनयन दर्ता गराएका छैनन् ।

बैतडीमा अरु पार्टीले पनि प्रतिनिधिसभाको लागि उम्मेदवारी दर्ता गराएको भए पनि बाम गठबन्धन र लोकतान्त्रिक गठबन्धनबीच मुख्य प्रतिस्पर्धा हुने देखिएको छ । नेपाली काँग्रेसले प्रदेश नं ७ मा पहिलो चरणअन्तर्गत निर्वाचन हुने जिल्लामध्ये बैतडीमा मात्रै राप्रपासँग तालमेल गरेको हो ।

एमालेले भने पहिलो चरणमा निर्वाचन हुने प्रदेश नं ७ का चार जिल्लामध्ये बैतडी, दार्चुला, बझाङमा तालमेल गरेको छ भने बाजुरामा एमालेले सबै आफ्ना उम्मेदवार उठाएको छ ।

बैतडीमा छ दलले प्रतिनिधिसभाका लागि उम्मेदवारी दर्ता गराएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । एकलाख ३२ हजार ३१७ मतदाता रहेको बैतडीमा प्रतिनिधिसभाका लागि १ र प्रदेशसभा निर्वाचनका लागि २ क्षेत्र निर्धारण गरिएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

राष्ट्रिय सुरक्षा परिषद्को प्रतिवेदन प्रस्तुत, प्रधानमन्त्री भन्छन्- सुरक्षा चुनौतीबाट खतरा छैन
राष्ट्रिय सुरक्षा परिषद्को प्रतिवेदन प्रस्तुत, प्रधानमन्त्री भन्छन्- सुरक्षा चुनौतीबाट खतरा छैन
बरिष्ठ साहित्यकार शर्माको निधन
बरिष्ठ साहित्यकार शर्माको निधन
काँग्रेस सभापति देउवालाई विपक्षी दलको नेतामा भूमिका नदिन माग गरिएको रिट दरपीठ
काँग्रेस सभापति देउवालाई विपक्षी दलको नेतामा भूमिका नदिन माग गरिएको रिट दरपीठ
सुकुम्वासीका घर बनाउँदै रत्ननगर
सुकुम्वासीका घर बनाउँदै रत्ननगर
लागूऔषध सहित १ युवा पक्राउ
झडपमा प्रहरीकाे मृत्यु भएपछि लेटाङमा बिहानैदेखि कर्फ्यू
झडपमा प्रहरीकाे मृत्यु भएपछि लेटाङमा बिहानैदेखि कर्फ्यू
मन्त्रीका लागि क्रान्ति होइन, क्रान्तिका लागि मन्त्री बनौं : प्रचण्ड
मन्त्रीका लागि क्रान्ति होइन, क्रान्तिका लागि मन्त्री बनौं : प्रचण्ड
ललितपुरका यि ठाउ बर्डफ्लु संकटग्रस्त क्षेत्र
ललितपुरका यि ठाउ बर्डफ्लु संकटग्रस्त क्षेत्र
दोलखामा वाम गठबन्धनका गुरुङ ३० हजार मतान्तरले विजयी
दोलखामा वाम गठबन्धनका गुरुङ ३० हजार मतान्तरले विजयी
विश्वकप क्रिकेटमा भारतले जित्यो भने म नाङ्गो हुन्छु भन्ने पुनम पाण्डेले डेजाभु क्लबमा जवानीको आगो सल्काउने
विश्वकप क्रिकेटमा भारतले जित्यो भने म नाङ्गो हुन्छु भन्ने पुनम पाण्डेले डेजाभु क्लबमा जवानीको आगो सल्काउने

तपाईंले छुटाउनुभयो कि?