नेतृत्वको रक्षाका लागि निःशर्त प्रचण्डको काँध थाप्छौं : ऊर्जामन्त्री अनन्त

Shikharkhabar Shikharkhabar
|
आइतबार, चैत्र ११, २०७४
|
|
२९ पटक हेरिएको
Shares
नेतृत्वको रक्षाका लागि निःशर्त प्रचण्डको काँध थाप्छौं : ऊर्जामन्त्री अनन्त

सारांश

  • काठमाडौं, ११ चैत ।
  • नेकपा माओवादी केन्द्रका नेता एवं ऊर्जा, जलस्रोत तथा सिचाइमन्त्री वर्षमान पुन ‘अनन्त’ले नेतृत्वको रक्षा र विकासका लागि निःशर्त प्रचण्डको काँध थाप्ने बताएका छन् ।
  • नेतृत्वविरुद्ध जनयुद्धकालमा भन्दा अहिले ठूला चुनौती र घेराबन्दी आउनसक्ने औंल्याउँदै मन्त्री पुनले त्यस्तो धारणा राखेका हुन् ।

काठमाडौं, ११ चैत । नेकपा माओवादी केन्द्रका नेता एवं ऊर्जा, जलस्रोत तथा सिचाइमन्त्री वर्षमान पुन ‘अनन्त’ले नेतृत्वको रक्षा र विकासका लागि निःशर्त प्रचण्डको काँध थाप्ने बताएका छन् । नेतृत्वविरुद्ध जनयुद्धकालमा भन्दा अहिले ठूला चुनौती र घेराबन्दी आउनसक्ने औंल्याउँदै मन्त्री पुनले त्यस्तो धारणा राखेका हुन् ।

रोल्पा काठमाडौं सम्पर्क मञ्चले आयोजना गरेको कार्यक्रममा बोल्दै अनन्तले नेतृत्वको रक्षा र विकासका लागि रोल्पाले विगतमा जस्तै अध्यक्ष प्रचण्डलाई निःशर्त काँध थाप्ने बताएका हुन् ।

पार्टी भित्रबाहिर र राष्ट्रिय अन्तर्राष्ट्रिय शक्तिहरु पार्टी नेतृत्व विरुद्ध लाग्न सक्ने औंल्याउँदै उनले अबको नयाँ समाजवादी क्रान्तिको यात्रामा पनि रोल्पाले विगतमा जस्तै योगदान र बलिदान गर्न तयार रहेको बताए । फेरिएको समयमा रोल्पा र रोल्पाली जनताको समग्र विकासका लागि आफूले कुनै कसर बाँकी नराख्ने उनले प्रतिवद्धता व्यक्त गरेका थिए ।

प्रतिक्रिया

1 कमेन्ट

    Comment Author

    Shamsuddin Siddique

    Prachanda ko dallaal.

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 1
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?