आज गोरु, गोवर्द्धन र हली पूजा

Shikharkhabar Shikharkhabar
|
शनिबार, कार्तिक १७, २०८१
|
|
६१ पटक हेरिएको
Shares
आज गोरु, गोवर्द्धन र हली पूजा

सारांश

  • काठमाडौं।
  • कात्तिक शुक्ल प्रतिपदा एवं यमपञ्चक अर्थात् तिहारको चौथो दिन आज गोरु र कृषकको पूजाआजा गरी मीठो खानेकुरा खान दिएर मनाइँदैछ।
  • वर्षभर जोतिएर मानवहितका लागि सेवा गर्ने गोरुलाई पनि आज पूजा गरी मीठामीठा खानेकुरा खान दिने प्रचलन छ।

काठमाडौं। कात्तिक शुक्ल प्रतिपदा एवं यमपञ्चक अर्थात् तिहारको चौथो दिन आज गोरु र कृषकको पूजाआजा गरी मीठो खानेकुरा खान दिएर मनाइँदैछ।

वर्षभर जोतिएर मानवहितका लागि सेवा गर्ने गोरुलाई पनि आज पूजा गरी मीठामीठा खानेकुरा खान दिने प्रचलन छ। गोरुलाई देवाधिदेव महादेवको वाहन अर्थात् साँढेका रुपमा पनि पूजा गर्ने परम्परा छ।

यसैगरी वर्षभर गोरु जोत्ने हली एवम् अन्य कृषिकर्म गर्ने किसानलाई पनि आज पूजा गरी मीठा परिकार खुवाइन्छ। यसैले आजको दिनलाई हली तिहार पनि भनिन्छ।

गोवर्द्धन पूजा

आँगनमा लिपपोत गरी गाईको गोबरको पर्वत बनाई त्यसलाई गोवर्द्धन पर्वत मानी पूजा गर्ने गरिन्छ। द्वापर युगमा भगवान श्रीकृष्णले हत्केलाले गोवर्द्धन पर्वत उचाली गोकुलवासीलाई मुसलधारे वर्षाबाट बचाएको सम्झनामा गोवर्द्धन पर्वतको पूजा गर्ने प्रचलन बसेको हो।

कार्तिक शुक्ल प्रतिपदाका दिन यो पर्व मनाइन्छ । गोवर्द्धन पूजा प्रतिपदा-सूर्योदय भएका दिन गर्नुपर्ने विधि रहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

घरेलु मैदानमा नेपाल पराजित
घरेलु मैदानमा नेपाल पराजित
अवैध काठसहित कपिलवस्तुमा एक जना पक्राउ
अवैध काठसहित कपिलवस्तुमा एक जना पक्राउ
चीनको कोइलाखानी दुर्घटनामा १२ जनाको मृत्यु
चीनको कोइलाखानी दुर्घटनामा १२ जनाको मृत्यु
नेकपा विवादः प्रचण्डलगायतका नेताहरुको राजीनामाको माग यथावत्, मंसिरमा महाधिवेशन अमान्य
नेकपा विवादः प्रचण्डलगायतका नेताहरुको राजीनामाको माग यथावत्, मंसिरमा महाधिवेशन अमान्य
स्थानीय तहको विकासका लागि मन्त्रालय र महासङ्घबीच समझदारी
पखेटा बिनाको फ्लाई बोर्डबाटै ३५ किलोमीटरको समूद्र ‘इंग्लिस च्यानल’ पार
पखेटा बिनाको फ्लाई बोर्डबाटै ३५ किलोमीटरको समूद्र ‘इंग्लिस च्यानल’ पार
कांग्रेसको चुनाव अभियान सुरु : एमसिसीबारे छरिएका भ्रम चिर्ने र तत्कालीन नेकपा सरकारको भण्डाफोर गर्ने
कांग्रेसको चुनाव अभियान सुरु : एमसिसीबारे छरिएका भ्रम चिर्ने र तत्कालीन नेकपा सरकारको भण्डाफोर गर्ने
राष्ट्रियसभा निर्वाचनका लागि पुस २३ गते उम्मेदवारको मनोनयन तयारी
राष्ट्रियसभा निर्वाचनका लागि पुस २३ गते उम्मेदवारको मनोनयन तयारी
प्रधानमन्त्री दाहालले भने :   छिट्टै सरकारलाई पूर्णता दिन्छौँ
प्रधानमन्त्री दाहालले भने : छिट्टै सरकारलाई पूर्णता दिन्छौँ
प्रचण्ड सरकारको औचित्य सकियो :एमाले उपाध्यक्ष रावल
प्रचण्ड सरकारको औचित्य सकियो :एमाले उपाध्यक्ष रावल