काङ्ग्रेस संसदीय दल बैठक बस्दै

Shikharkhabar Shikharkhabar
|
सोमबार, चैत्र ११, २०७५
|
|
४४ पटक हेरिएको
Shares
काङ्ग्रेस संसदीय दल बैठक बस्दै

सारांश

  • काठमाडौँ, ११ चैत  समसामयिक राष्ट्रिय राजनीतिक विषयमा छलफल गर्न प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेस संसदीय दलको बैठक आज बस्दैछ ।
  • बैठक पार्टीको संसदीय दलको कार्यालय सिंहदरबारमा अपराह्न बस्न लागेको काङ्ग्रेसले जनाएको छ ।
  • बैठकमा पार्टीले संसद्मा खेलेका भूमिकाका बारेमा समीक्षा हुने बताइएको छ ।

काठमाडौँ, ११ चैत  समसामयिक राष्ट्रिय राजनीतिक विषयमा छलफल गर्न प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेस संसदीय दलको बैठक आज बस्दैछ ।

बैठक पार्टीको संसदीय दलको कार्यालय सिंहदरबारमा अपराह्न बस्न लागेको काङ्ग्रेसले जनाएको छ । बैठकमा पार्टीले संसद्मा खेलेका भूमिकाका बारेमा समीक्षा हुने बताइएको छ । साथै बैठकमा जनचासोका सार्वजनिक मुद्दा, सरकारका काम कारवाहीलगायत विषयमा छलफल हुने पार्टी सचेतक पुष्पा भुषालले जानकारी दिनुभयो ।

सङ्घीय संसद्को तेस्रो अधिवेशन आइतबारबाट सम्पन्न भएको छ । विधेयक अधिवेशनका नामले समेत चिनिने यस अधिवेशनमा सत्तापक्ष र प्रतिपक्षबीचको समझदारीका कारण अधिकांश विधेयक सहमतिका आधारमा पारित भएका थिए ।
आइतबार प्रतिनिधिसभाको हिउँदे अधिवेशन समापनका अवसरमा संसद बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले संसदबाट विधेयक सहमतिमा पारित हुनु ठूलो उपलब्धी भएको बताउनुभएको थियो ।
सोही अवसरमा काङ्ग्रेसका तर्फबाट पार्टी संसदीय दलका उपनेता विजयकुमार गच्छदारले सरकारका राम्रा काममा रचनात्मक सहयोग हुने बताउनुभएको थियो । साथै उहाँले सुरक्षा परिषद्को काम, कर्तव्य र अधिकार, राष्ट्रिय प्राथमिकता प्राप्त आयोजना र सूचना प्रविधिसम्बन्धी विधेयकका केही बुँदा मुलुक र जनताको हितमा नभएको भन्दै संसदबाट ती विधेयक फिर्ता गर्न माग गर्नुभएको थियो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

ओली-प्रचण्ड वार कि पारको लडाईमा, फुट जोगाउन चमत्कार हुनुपर्ने
सभापति देउवासँँग अमेरिकी सहायक विदेशमन्त्री लुको भेटवार्ता
सभापति देउवासँँग अमेरिकी सहायक विदेशमन्त्री लुको भेटवार्ता
मोदी पटनाबाट तीनवटा होलिकोप्टर लिएर जनकपुर आउँदै
मोदी पटनाबाट तीनवटा होलिकोप्टर लिएर जनकपुर आउँदै
Finest Websites To Search Out Hookups
सोमबारदेखि महानगरभित्रका हलमा हिन्दी फिल्म प्रदर्शन रोकिने
सोमबारदेखि महानगरभित्रका हलमा हिन्दी फिल्म प्रदर्शन रोकिने
प्रचण्डले ओलीलाई भने, ‘पार्टीभित्र मलाई परेको अप्ठ्यारोमा तपार्इंले साथ दिनुपर्छ’
प्रचण्डले ओलीलाई भने, ‘पार्टीभित्र मलाई परेको अप्ठ्यारोमा तपार्इंले साथ दिनुपर्छ’
घोराही सिमेन्टको आइपिओमा फर्जी आवेदन पछि निष्कासन प्रक्रिया स्थगित
घोराही सिमेन्टको आइपिओमा फर्जी आवेदन पछि निष्कासन प्रक्रिया स्थगित
देउवाद्धारा दोस्रो पटक मन्त्रिमण्डल विस्तार : १९ मन्त्री थपिए (सूची)
देउवाद्धारा दोस्रो पटक मन्त्रिमण्डल विस्तार : १९ मन्त्री थपिए (सूची)
प्रदेश नं. ५ मा रु २० अर्बभन्दा बढीको बजेट ल्याउँदै
प्रदेश नं. ५ मा रु २० अर्बभन्दा बढीको बजेट ल्याउँदै
माओवादी केन्द्रसँग एकता गर्न नयाँ शक्तिभित्र दबाब
माओवादी केन्द्रसँग एकता गर्न नयाँ शक्तिभित्र दबाब