मन्त्रि चढेकाे जहाज बिग्रेपछि…
सारांश
- काठमाडौं, ११ मंसिर ।
- कर्मचारीको विदेश भ्रमणमा केही कडाई गरिएको छ ।
- तर, मन्त्रीहरुलाई कसले लगाम लगाउन सक्ने ?
काठमाडौं, ११ मंसिर । कर्मचारीको विदेश भ्रमणमा केही कडाई गरिएको छ । तर, मन्त्रीहरुलाई कसले लगाम लगाउन सक्ने ? हरेक हप्ता जसो मन्त्रीहरु विदेश भ्रमणमा गइरहेका हुन्छन् । आइतबार मात्र दुई मन्त्री एकैपटक विदेश भ्रमणमा गए । उर्जा मन्त्री वर्षमान पुन र आपूर्ती मन्त्री मात्रिका यादब । आइएनजिओको एक गोष्ठिमा भाग लिन उनीहरु थाइल्याण्ड गएका हुन् ।
स्विस फाउण्डेसनले आयोजना गर्न लागेको संक्रमणकालिन न्याय तथा शान्ति प्रक्रियाको विषयमा आयोजना गर्न लागेकोमा गोष्ठिमा सहभागी हुन उनीहरु थाइल्याण्ड गएका हुन् ।
मन्त्री भएकाले उनीहरुले विमानस्थलमा भिआइपी कक्ष त प्रयोग गर्ने नै भए । तर, विमानमा प्रवेशको क्रममा भने विगतमा जस्तो उनीहरुले सहजता थिएन । सुरक्षामा बसेका प्रहरीले लगेजदेखि मन्त्रीहरुको समेत चेकजाँच गरेका थिए । मन्त्रीहरुले पनि हाँसीहाँसी चेकजाँचमा प्रहरीलाई साथ दिए । विमानस्थल सुरक्षालाई थप मजबुत बनाउन प्रहरीले मन्त्रीहरुमाथि पनि चेकिङ सुरु गरेको हो ।
सो कार्यक्रम सेनालाई समेत निमन्त्रणा गरेपनि रक्षा मन्त्रालयले जान दिएन । अन्य नेताहरु भिम रावल, जनार्दन शर्मा, रमेश लेखक र मिनेन्द्र रिजाल पनि गएका थिए । सबैमाथि प्रहरीले चेकिङ गरेको थियो । हुन त भिआइपीहरुलाई पनि विमानस्थलमा चेकजाँच गर्नुपर्ने व्यवस्था छ । तर, उनीहरु रिसाउँलान् भने प्रहरीले चेकजाँच गर्दैन थिए ।
तर, अन्तराष्ट्रिय विमानस्थल जस्तो संवेदनशील ठाउँमा कतै पनि सुरक्षा कमजोरी हुन नहुने भन्दै डिआइजी शेरबहादुर बस्नेतले मन्त्रीहरुलाई पनि चेकजाँच गराउन थालेका हुन् । प्लेन बिग्रिएपछि
उता उड्नका लागि तयार भएको मन्त्रीहरु सवार भएको थाई एयरको सो विमान आइतबार दिउँसो बिग्रिएको छ । रनवेतर्फ अघि बढीसकेको प्लेनमा खराबी आएपछि ब्याक गरेर मर्मत गरिएको थियो । जसकारण उडान एक घन्टा ढिला भएको थियो । विमान बिग्रिएपछि मन्त्रीहरुको समेत सातो गएको थियो ।
प्रतिक्रिया