गृह मन्त्रालयबाट पहुँचवाला प्रहरीले भनसुनबाट पाउने तक्मा हटाइने

Shikharkhabar Shikharkhabar
|
शनिबार, बैशाख ८, २०७५
|
|
२५ पटक हेरिएको
Shares
गृह मन्त्रालयबाट पहुँचवाला प्रहरीले भनसुनबाट पाउने तक्मा हटाइने

सारांश

  • काठमाडौं – प्रहरी कर्मचारीले बढुवाका लागि मानपदवी (तक्मा) बापत पाउने २ अंक प्रस्तावित संघीय प्रहरी ऐनबाट हटाइएको छ।
  • कार्यक्षेत्रमा खटिँदा उत्कृष्ट काम गर्ने प्रहरी कर्मचारीले तक्मा नपाउने तर भनसुन गर्नेले पाउन थालेपछि मानपदवीबापतको २ अंक हटाउन प्रस्ताव गरिएको हो।
  • विद्यमान प्रहरी ऐनअनुसार कार्यक्षमता मूल्यांकन गर्दा पाउने १०० अंकमा विभूषण, मानपदवी, अलंकार तथा पदकबापत २ अंक पाउने व्यवस्था छ।

काठमाडौं – प्रहरी कर्मचारीले बढुवाका लागि मानपदवी (तक्मा) बापत पाउने २ अंक प्रस्तावित संघीय प्रहरी ऐनबाट हटाइएको छ। कार्यक्षेत्रमा खटिँदा उत्कृष्ट काम गर्ने प्रहरी कर्मचारीले तक्मा नपाउने तर भनसुन गर्नेले पाउन थालेपछि मानपदवीबापतको २ अंक हटाउन प्रस्ताव गरिएको हो। विद्यमान प्रहरी ऐनअनुसार कार्यक्षमता मूल्यांकन गर्दा पाउने १०० अंकमा विभूषण, मानपदवी, अलंकार तथा पदकबापत २ अंक पाउने व्यवस्था छ। यो अंक जुनसुकै तहका प्रहरी कर्मचारी बढुवा हुँदा पाउँछन्।

तक्माका लागि गृह मन्त्रालय वा गृह र प्रहरी प्रधान कार्यालय दुवै निकायबाट सिफारिस हुन्थ्यो। प्रहरी प्रधान कार्यालयले कारणवश सिफारिस नगरे पनि पहुँचवाला प्रहरी कर्मचारीले गृह मन्त्रालयबाट सोझै तक्मा लिने गरेका थिए। यसपटक पनि गृहका कर्मचारीमाथि सिफारिसका लागि दबाब पर्न थालेपछि मन्त्रालयबाट प्रदान गरिने तक्माको अंक काट्न प्रस्ताव गरिएको हो। संघीय प्रहरी ऐनमा बढुवाका लागि अंकभार तोक्ने विषयमा केही दिनअघि भएको छलफलमा यस्तो प्रस्ताव गरिएको मन्त्रालय स्रोतले जनायो।

नयाँ व्यवस्थाअनुसार कार्यसम्पादन मूल्यांकनबापत ४०, ज्येष्ठताबापत २०, भौगोलिक क्षेत्रमा काम गरेबापत ८, शैक्षिक योग्यताबापत १०, तालिमबापत ७.५, चुनौतीपूर्ण÷विशेष जिम्मेवारीबापत ७ र बढुवा समितिले दिने ७.५ अंक कायम गर्न प्रस्ताव गरिएको छ। यसअघि विशेष जिम्मेवारी वा चुनौतीपूर्ण काम गरेबापतको अंक ५ थियो। नयाँ ऐनमा यसलाई मानपदवीबापतको २ अंक थपेर ७ अंक प्रस्ताव गरिएको हो।

गृह मन्त्रालयले प्रहरी महानिरीक्षक (आइजिपी) सहित विशिष्ट श्रेणीका अधिकृत र कार्यालय प्रमुखलाई बलियो बनाउन चुनौतीपूर्ण कार्य गरेबापतको अंकभार बढाउन प्रस्ताव गरेको हो। चुनौतीपूर्ण काम गरेबापतको ७ अंक सीधै कार्यालय प्रमुखले दिन पाउनेछन्। ‘प्रहरी कर्मचारीहरू चेन अफ कमान्डमा भन्दा पनि बढी राजनीतिक दलका नेताकार्यकर्ताकहाँ धाउने प्रवृत्ति बढ्न थाल्यो, जसले गर्दा गृह मन्त्रालयले दिने तक्माकै दुरुपयोग भयो। त्यसैले यसलाई ऐनबाट हटाएर सम्बन्धित कार्यालय प्रमुखले दिने व्यवस्था गर्न लागिएको हो,’ मन्त्रालय स्रोतले भन्यो।

आजको नागरिक दैनिकमा खबर छ ।

(https://jeepadvices.com/)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

भारतीय बिदेशमन्त्री र देउवाबीचको भेटमा उठेन सीमा बिबादको कुरा
भारतीय बिदेशमन्त्री र देउवाबीचको भेटमा उठेन सीमा बिबादको कुरा
चिनियाँ गतिविधि बढेकोमा प्रचण्ड चिन्तित, भारतसँग सुमधुर सम्बन्ध राख्नुपर्ने भनाई
चिनियाँ गतिविधि बढेकोमा प्रचण्ड चिन्तित, भारतसँग सुमधुर सम्बन्ध राख्नुपर्ने भनाई
व्यावसायिक भवनमा पार्किङ शुल्क उठाउन नपाउने काठमाडौं महानगरको निर्णय खारेज
व्यावसायिक भवनमा पार्किङ शुल्क उठाउन नपाउने काठमाडौं महानगरको निर्णय खारेज
नेपालमा जनधनको क्षतिपछि मोदीले भने-आवश्यक सहयोगका लागि तयार छौं
नेपालमा जनधनको क्षतिपछि मोदीले भने-आवश्यक सहयोगका लागि तयार छौं
विश्वकप फुटबल: अर्जेन्टिना फाइनलमा
विश्वकप फुटबल: अर्जेन्टिना फाइनलमा
हामीले जबरजस्ती धर्म परिवर्तन गराएका छैनौँ: सिबी गहतराज
हामीले जबरजस्ती धर्म परिवर्तन गराएका छैनौँ: सिबी गहतराज
नेदरल्यान्डविरुद्ध पाकिस्तानको जित
नेदरल्यान्डविरुद्ध पाकिस्तानको जित
माघ सात गतेभित्र संसद बैठक नबसे संविधान धरापमा पर्ने
माघ सात गतेभित्र संसद बैठक नबसे संविधान धरापमा पर्ने
काठमाडौँमा आपराधिक गतिविधि बढ्दो
काठमाडौँमा आपराधिक गतिविधि बढ्दो
एमाले-माओवादी एकता – ५५ वर्षपछि एउटै ‘नेपाल कम्युनिष्ट पार्टी’
एमाले-माओवादी एकता – ५५ वर्षपछि एउटै ‘नेपाल कम्युनिष्ट पार्टी’

तपाईंले छुटाउनुभयो कि?