काठमाडौँमा ‘अन्तर्राष्ट्रिय कला प्रदर्शनी’ हुने

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, भाद्र ६, २०७६
|
|
४० पटक हेरिएको
Shares
काठमाडौँमा ‘अन्तर्राष्ट्रिय कला प्रदर्शनी’ हुने

सारांश

  • काठमाडौँ ।
  • अन्तर्राष्ट्रिय जलरङ समाज ९आइडब्लुएस० नेपालको आोजना तथा नेपाल ललितकला प्रज्ञा प्रतिष्ठान (नाफा) को सहकार्यमा काठमाडौँमा १० दिने ‘अन्तर्राष्ट्रिय कला प्रदर्शनी’ हुने भएको छ।
  • समाजको तेस्रो स्थापना दिवसको अवसर पारेर यही भदौ ७ देखि १७ गतेसम्म काठमाडौँ स्थित प्रतिष्ठानको कार्यालय नक्सालमा कला प्रदर्शनी हुने आइडब्लुएस नेपालका अध्यक्ष एनवी गुरुङले जानकारी दिए।

काठमाडौँ । अन्तर्राष्ट्रिय जलरङ समाज ९आइडब्लुएस० नेपालको आोजना तथा नेपाल ललितकला प्रज्ञा प्रतिष्ठान (नाफा) को सहकार्यमा काठमाडौँमा १० दिने ‘अन्तर्राष्ट्रिय कला प्रदर्शनी’ हुने भएको छ।समाजको तेस्रो स्थापना दिवसको अवसर पारेर यही भदौ ७ देखि १७ गतेसम्म काठमाडौँ स्थित प्रतिष्ठानको कार्यालय नक्सालमा कला प्रदर्शनी हुने आइडब्लुएस नेपालका अध्यक्ष एनवी गुरुङले जानकारी दिए।

उनका अनुसार प्रदर्शनीमा नेपालसहित भारत, बङ्गलादेश, चीनका चर्चित कलाकारको चित्रहरू समावेश हुनेछ। प्रदर्शनीमा चीनबाट ११, बङ्गलादेशबाट ११, भारतबाट १५ र अरु नेपालको गरी झण्डै ९० वटा चित्र समावेश हुने जनाइएको छ। कलाको माध्यमबाट ती देशहरूबीच सम्बन्धलाई थप मजबुत बनाउने लक्ष्यसहित प्रदर्शनीको आयोजना गरिएको हो।

प्रदर्शनीको तयारी अन्तिम चरणमा पुुगेको आयोजकले जनाएको छ। अन्तर्राष्ट्रिय जलरङ समाज नेपालका कोषाध्यक्ष भीम श्रेष्ठले कलाकारहरूको स्वतःफूर्तरुपमा उठेको सहयोगबाट प्रदर्शनी गर्न लागिएको जानकारी दिए। यसका लागि झण्डै रु दुई लाख खर्च लाग्ने अनुमान छ।

प्रतिष्ठानको मूर्तिकला विभाग प्रमुख लालकाजी लामाले अन्तर्राष्ट्रिय क्षेत्रमा काम गरिसकेका कलाकारको चित्र समावेश हुने यस्ता प्रदर्शनीले सहभागी देशबीचको आपसी सम्बन्ध विस्तार हुने विश्वास व्यक्त गरे। यस्ता कार्यक्रमले जलरङबाट कला कोर्दै गरेका कलाकारको अनुभव आदानप्रदान हुने र नयाँ कलाकारलाई सिक्ने अवसर मिल्ने लामाले बताए।

प्रदर्शनीमा प्रतिष्ठानका कुलपति कान्छाकुमार कर्माचार्य, सदस्य सचिव विपिनकुमार घिमिरे, वरिष्ठ कलाकार श्यामलाल श्रेष्ठलगायतका अनुभवी र अगुवा कलाकारको चित्रहरू समावेश हुने आयोजकले जनाएको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

एक सातामा प्रदेश सरकारले पूर्णता पाउँछ : मुख्यमन्त्री जमकट्टेल
एक सातामा प्रदेश सरकारले पूर्णता पाउँछ : मुख्यमन्त्री जमकट्टेल
Congratulations! ‘Miley Jab Hum Tum’ actor Jaskaran Singh ties the knot with GF Ridheema Tiwari
Congratulations! ‘Miley Jab Hum Tum’ actor Jaskaran Singh ties the knot with GF Ridheema Tiwari
१० अर्बको लागतमा पञ्चासेमा केबुलकार बनाइने
१० अर्बको लागतमा पञ्चासेमा केबुलकार बनाइने
पूर्वराजा ज्ञानेन्द्र शाहलाई नागार्जुन दरबारबाट निकाल्ने प्रचण्डको चेतावनी !
देशमा अस्थिरता ल्याउन प्रयास भइरहेको छ : अध्यक्ष ओली
देशमा अस्थिरता ल्याउन प्रयास भइरहेको छ : अध्यक्ष ओली
नेपाल प्रहरीद्वारा ३८ सय बढी कर्मचारी माग, यस्ता व्यक्तिले आवेदन दिन पाउनेछन्
नेपाल प्रहरीद्वारा ३८ सय बढी कर्मचारी माग, यस्ता व्यक्तिले आवेदन दिन पाउनेछन्
मनाङको चामे गाउँपालिकामा गोला प्रथाबाट एमालेको उम्मेदवार विजयी
मनाङको चामे गाउँपालिकामा गोला प्रथाबाट एमालेको उम्मेदवार विजयी
अाफ्नै श्रीमतीमाथी बाेक्सीकाे अाराेप लगाएर कुट्ने श्रीमान जेल
इन्काउन्टरमा मारिएका मनोज पुनका ५ सहयोगी यसरी समातिए, माओवादी केन्द्रका नेता पनि
इन्काउन्टरमा मारिएका मनोज पुनका ५ सहयोगी यसरी समातिए, माओवादी केन्द्रका नेता पनि
चियापानमा वार्षिक ६ अर्ब ९४ करोड खर्च !
चियापानमा वार्षिक ६ अर्ब ९४ करोड खर्च !

तपाईंले छुटाउनुभयो कि?