पूर्वराजा ज्ञानेन्द्र शाहलाई नागार्जुन दरबारबाट निकाल्ने प्रचण्डको चेतावनी !

Shikharkhabar Shikharkhabar
|
आइतबार, श्रावण १९, २०७६
|
|
२१ पटक हेरिएको
Shares

सारांश

  • नेपाल कम्युष्टि पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पूर्वराजा ज्ञानेन्द्र शाहलाई नागार्जुनबाट निस्कन चेतावनी दिएका छन् ।
  • संघीय लोकतान्त्रिक गणतन्त्रको स्थापनाका क्रममा शरण पर्न आएकाले ज्ञानेन्द्रलाई संरक्षण दिएको भन्दै बकबक गरिरहे जनताले नागार्जुबाट निकाल्ने चेतावनी दिए ।
  • वीपीमार्गलाई रामेछापको खाँडादेवी गाउँपालिका जोड्न सुनकोशी नदीमाथि खैरेनी घाटमा बनेको पक्की पुलको आइतबार उद्घाटन गर्दै प्रचण्डले राजा माहाराजाका केही दासहरुले सरकार मात्र होइन, व्यवस्था नै फेर्ने बकबक गरिरहेको आरोप लगाए ।

नेपाल कम्युष्टि पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पूर्वराजा ज्ञानेन्द्र शाहलाई नागार्जुनबाट निस्कन चेतावनी दिएका छन् । संघीय लोकतान्त्रिक गणतन्त्रको स्थापनाका क्रममा शरण पर्न आएकाले ज्ञानेन्द्रलाई संरक्षण दिएको भन्दै बकबक गरिरहे जनताले नागार्जुबाट निकाल्ने चेतावनी दिए ।

वीपीमार्गलाई रामेछापको खाँडादेवी गाउँपालिका जोड्न सुनकोशी नदीमाथि खैरेनी घाटमा बनेको पक्की पुलको आइतबार उद्घाटन गर्दै प्रचण्डले राजा माहाराजाका केही दासहरुले सरकार मात्र होइन, व्यवस्था नै फेर्ने बकबक गरिरहेको आरोप लगाए । ‘यदि उनीहरु सच्चिएनन् भने नसोचेको हबिगत हुनेछ’, उनले भने ।

प्रचण्डले जनताको त्याग र बलिदानले ल्याएको व्यवस्थाको सम्मान गरी अघि बढ्न सबैलाई आग्रह गरे । शनिबार एक कार्यक्रममा राप्रपा अध्यक्ष कमल थापाले सरकार होइन, व्यवस्था नै फेर्नुपर्ने बताएका थिए ।

थापाको नाम नलिइ नेकपा अध्यक्ष प्रचण्डले जिन्दगीभर तानाशाहहरुको चाकरी गर्नेहरुले अहिले सरकार र व्यवस्थाकै विरोधमा प्रचार गरिरहेको टिप्पणी गरेका छन् ।

पखेटा बिनाको फ्लाई बोर्डबाटै ३५ किलोमीटरको समूद्र ‘इंग्लिस च्यानल’ पार
फ्रान्सेली आविष्कारक फ्राङ्की जपाटाले फ्लाईबोर्ड चढेर पहिलो पटक इङ्ग्लिश च्यानल पार गरेका छन्। चालीस वर्षीय जपाटा आइतवार बिहान जीएमटी ६ः१७ बजे साङ्गाटबाट उडेका थिए। उनले निर्माण गरेको फ्लाई बोर्डमा पाँचवटा टर्बाइन जडान गरिएका छन्। सो उपकरण चलाउन मट्टीतेल प्रयोग हुन्छ।

उक्त फ्लाईबोर्ड १९० किलोमिटर प्रतिघण्टाको गतिमा उड्न सक्ने बताइएको छ। जपाटा जेटस्कीका भूतपूर्व विजेता हुन्। जपाटाको पहिलो प्रयास विफल भएको थियो। उडानको बीचमा इन्धन भर्ने कुरामा समस्या उत्पन्न भएपछि गत जुलाईमा उनी लक्ष्यमा पुग्न सकेका थिएनन्।

यसपालि भने ३५.४ किलोमिटरको दुरी पार गर्न ठूलो आकारको डुङ्गा र त्यसमा इन्धन भर्ने व्यवस्था मिलाइएको थियो। गत महिना प्यारिसमा सम्पन्न एउटा महत्त्वपूर्ण परेडका क्रममा उनले उक्त बोर्ड प्रदर्शन गरेका थिए। त्यसपछि यसको चर्चा चुलिएको थियो।

फ्लाईबोर्ड उडाउन प्रयोग गरिएको मट्टीतेल चालकले बोकेको झोलामा राखिएको छ। सो उपकरणको आकार स्केटबोर्डकै जत्रो छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?