नेपाल प्रहरीद्वारा ३८ सय बढी कर्मचारी माग, यस्ता व्यक्तिले आवेदन दिन पाउनेछन्

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, भाद्र ६, २०७६
|
|
२४ पटक हेरिएको
Shares
नेपाल प्रहरीद्वारा ३८ सय बढी कर्मचारी माग, यस्ता व्यक्तिले आवेदन दिन पाउनेछन्

सारांश

  • काठमाडौं ।
  • नेपाल प्रहरीले विभिन्न पदमा ३८ सयबढी कर्मचारी माग गरेको छ ।
  • प्रहरीले प्रहरी जवान ९जनपद० तथा कार्यालय सहयोगीअन्तर्गत भान्छे, हजाम, कुचिकार र खेलाडी पदका लागि कर्मचारी माग गरेको हो ।

काठमाडौं । नेपाल प्रहरीले विभिन्न पदमा ३८ सयबढी कर्मचारी माग गरेको छ । प्रहरीले प्रहरी जवान ९जनपद० तथा कार्यालय सहयोगीअन्तर्गत भान्छे, हजाम, कुचिकार र खेलाडी पदका लागि कर्मचारी माग गरेको हो ।प्रहरी जवानका लागि ३ हजार ५ सय ९६ जनाबाट दरखास्त आह्वान गरिएको छ । यस्तै, कार्यालय सहयोगीअन्तर्गत भान्छेतर्फ १ सय ८०, हजामतर्फ १०, कुचिकारतर्फ २० र खेलाडीतर्फ २५ जना कर्मचारी माग गरिएको छ ।

प्रहरी जवान पदमा दरखास्त दिने व्यक्तिको शैक्षिक योग्यता ८ पास तोकिएको छ । यस्तै, कार्यालय सहयोगीअन्तर्गत जुनसुकै पदमा काम गर्न सामान्य लेखपढ गर्न जान्ने र सम्बन्धित क्षेत्रमा दक्षता भएको हुनुपर्ने छ ।प्रहरीले आह्वान गरेको दरखास्तमा भदौ ९ गतेदेखि असोज १३ गतेसम्म आवेदन दिन सकिने प्रहरीको भर्ना छनौट महाशाखाले जनाएको छ । यसको बारेमा थप जानकारी नेपाल प्रहरीको वेबसाइटमा गएर लिन पनि सकिनेछ।

 

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?