रुपन्देहीका एक उपमहानगरपालिका र पाँच नगरपालिकामा एमालेले लगायो उम्मेद्वारको टुंगो!

Shikharkhabar Shikharkhabar
|
सोमबार, जेठ १५, २०७४
|
|
४३ पटक हेरिएको
Shares
रुपन्देहीका एक उपमहानगरपालिका र पाँच नगरपालिकामा एमालेले लगायो उम्मेद्वारको टुंगो!

सारांश

  • रुपन्देही जेठ १५ – रुपेन्देहीमा एमालेले उम्मेद्वारको टुंगो लगाएको छ ।
  • १६ वटा स्थानीय तह रहेको रुपन्देहीमा एक उपमहानगरपालिका, पाँच नगरपालिका र १० गाउँपालिका छन् ।
  • एमालेले उपमहानगरपालिका र नगरपालिकाको मेयर र उपमेयरमा उम्मेद्वारको टुंगो लगाए पनि गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा भने अझै टुंगो लगाउन सकेको छैन ।

रुपन्देही जेठ १५ – रुपेन्देहीमा एमालेले उम्मेद्वारको टुंगो लगाएको छ । १६ वटा स्थानीय तह रहेको रुपन्देहीमा एक उपमहानगरपालिका, पाँच नगरपालिका र १० गाउँपालिका छन् ।

एमालेले उपमहानगरपालिका र नगरपालिकाको मेयर र उपमेयरमा उम्मेद्वारको टुंगो लगाए पनि गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा भने अझै टुंगो लगाउन सकेको छैन ।

एमालेले बुटवल नगरपालिकाको मेयरको उम्मेद्वारमा शिव सुवेदी र उपमेयरको उम्मेद्वारमा गोमा आचार्यको नाम सिफारिस भएको छ । यसैगरी तिलोत्तमा नगरपालिका मेयरको उम्मेद्वार बासु घिमिरे र उपमेयरको उम्मेद्वारमा जागेश्वरी चौधरी रहेका छन् ।

त्यस्तै दवदह नगरपालिकाको मेयरमा टिकाराम चापागाईं र उपमेयरमा विद्या गुरुङ, सिद्धार्थनगर नगरपालिकाको मेयरको उम्मेद्वारमा हरि अधिकारी र उपमेयरमा उमा काफ्ले , सैनामैना नगरपालिकाको मेयरको उम्मेद्वारमा चित्रबहादुर केसी र उपमेयरका उम्मेद्वारमा बिना राना छन् । लुम्बिनी साँस्कृतिक नगरपालिकाको मेयरमा इन्साफ मुसलमान र उपमेयरमा गोमा गुरुङ्ग छनोट भएका छन् ।

कांग्रेस र माओवादी केन्द्रले भने उम्मेद्वारको टुंगो लगाउन सकेका छैनन् । केही ठाउँमा उम्मेद्वार चयन गरेपनि आधिकारिक घोषणा भने भएको छैन । रुपन्देहीका कांग्रेस सभापति अब्दुल रज्जाकले सर्वसहमतिमा उम्मेद्वारको चयन गर्ने प्रयास भइरहेको र केही दिनमा नै सबै तहमा उम्मेद्वारको टुंगो लगाउने बताउनुभयो । तर उम्मेद्वारको टुंगो नलागेपनि कार्यकर्ता भने घरदैलो कार्यक्रममा लागेका छन् ।

बुटवल उपमहानगरपालिकाको १९ वडा मध्ये १७ वडामा कांग्रेसले वडा अध्यक्षको टुंगो लगाइसकेको छ । रुपन्देहीको १६ स्थानीय तहमा १ सय ५५ वडा छन् भने यस जिल्लाबाट ८ सय ४५ जनप्रतिनिधिहरु चुनिने छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

साफ च्याम्पियनसिपका लागि बालगोपाल महर्जनलाई कार्यवाहक प्रशिक्षकको जिम्मेवारी
साफ च्याम्पियनसिपका लागि बालगोपाल महर्जनलाई कार्यवाहक प्रशिक्षकको जिम्मेवारी
सन्दीप र विमललाई कमल थापाको बधाई
सन्दीप र विमललाई कमल थापाको बधाई
काबुल बम बिस्फोटनमा ५ नेपाली घाइते
काबुल बम बिस्फोटनमा ५ नेपाली घाइते
प्रकाशको निधनपछि दुई घेरामा यसरी चल्दैछ प्रचण्डको सचिवालय
प्रकाशको निधनपछि दुई घेरामा यसरी चल्दैछ प्रचण्डको सचिवालय
बलिउडका यी चर्चित गायकलाई विदेशी रकम तस्करीको आरोपमा पत्र
बलिउडका यी चर्चित गायकलाई विदेशी रकम तस्करीको आरोपमा पत्र
जाँचबुझ आयोगको टोली प्रतिवेदन बुझाउन प्रधानमन्त्री कार्यालयमा
जाँचबुझ आयोगको टोली प्रतिवेदन बुझाउन प्रधानमन्त्री कार्यालयमा
सुरक्षा जाँच छल्न मुखभित्र लागूऔषध लुकाउने युवकको प्रयास असफल, २२ वर्षीय खान सीमा नाकाबाट पक्राउ
सुरक्षा जाँच छल्न मुखभित्र लागूऔषध लुकाउने युवकको प्रयास असफल, २२ वर्षीय खान सीमा नाकाबाट पक्राउ
जेसिबीले उछिट्याएकाे ढुङगाले लागेर बालिकाको मृत्यु
जेसिबीले उछिट्याएकाे ढुङगाले लागेर बालिकाको मृत्यु
लायन्स क्लव अफ बुटवल क्षितिजको निशुल्क दन्त शिविर सम्पन्न
लायन्स क्लव अफ बुटवल क्षितिजको निशुल्क दन्त शिविर सम्पन्न
रुपन्देहीमा अस्थायी मुकाम तोकिएपछि विरोधमा छिमेकी जिल्ला कपिलवस्तु
रुपन्देहीमा अस्थायी मुकाम तोकिएपछि विरोधमा छिमेकी जिल्ला कपिलवस्तु