१० अर्बको लागतमा पञ्चासेमा केबुलकार बनाइने

Shikharkhabar Shikharkhabar
|
मंगलबार, मंसिर ४, २०७५
|
|
१७ पटक हेरिएको
Shares
१० अर्बको लागतमा पञ्चासेमा केबुलकार बनाइने

सारांश

  • चिप्लेढुङ्गा, ३ मंसिर ।
  • धार्मिक एवम् प्राकृतिक रुपले उत्कृष्ट मानिएको पञ्चासेमा करीब रु १० अर्बको लागतमा केबुलकारसहित अन्य पर्यटक लक्षित भौतिक संरचना निर्माण हुने भएको छ।
  • पोखराबाट सबैभन्दा नजीकै रहेको पर्यटकीय गन्तव्य पञ्चासेको पञ्चासे टुर्स एण्ड ट्राभल कम्पनी र आरकेडी रियल स्टेट कम्पनीले केबुलकार निर्माणको प्रक्रिया अघि बढाएको हो।

चिप्लेढुङ्गा, ३ मंसिर । धार्मिक एवम् प्राकृतिक रुपले उत्कृष्ट मानिएको पञ्चासेमा करीब रु १० अर्बको लागतमा केबुलकारसहित अन्य पर्यटक लक्षित भौतिक संरचना निर्माण हुने भएको छ। पोखराबाट सबैभन्दा नजीकै रहेको पर्यटकीय गन्तव्य पञ्चासेको पञ्चासे टुर्स एण्ड ट्राभल कम्पनी र आरकेडी रियल स्टेट कम्पनीले केबुलकार निर्माणको प्रक्रिया अघि बढाएको हो। कास्की, पर्वत र स्याङ्जाको सङ्गमस्थल पञ्चासेलाई पोखराको अर्को महत्वपुर्ण पर्यटकीय गन्तव्यका रुपमा विकास गर्न बृहत् गुरुयोजनासहित अघि बढेको परियोजनाका अध्यक्ष रामचन्द्र शर्माले जानकारी दिए।

जनतासँग छरिएर रहेको पूँजी सङ्कलित गरेर विकासको पूर्वाधार निर्माणमा जुटेको यस परियोजनाले पर्यटन विकासमार्फत मध्यम वर्गीय जनताको जीवनस्तर उकास्न भूमिका खेल्ने उनको भनाइ छ। पोखरा–२३ स्थित घाँटीछिनामा केबुलकारको तल्लो स्टेशन राखिनेछ। यसको लम्बाइ ८.५ किलोमिटर रहनेछ। केबुलकारमा ८० टावर रहनेछन्। एकै पटक दुई हजार ४०० यात्रु आउन जान मिल्ने केबुलकारले दैनिक दश हजार मानिस बोक्ने सक्ने क्षमता केबुलकारको हुने निर्माण शर्माले बताए।

रु १० अर्बको योजनामध्ये तीन अर्ब केबुलकारमा र त्यसबाहेक बाँकी रकम अन्य संरचना निर्माणमा खर्च हुने सञ्चालक धनप्रसाद उपाध्यायले जानकारी दिए। तीन हजार रोपनी जग्गा भाडामा लिएर घाँटीछिनामा बनाइने हेरिटेज प्लाजामा स्थानीयवासीले उत्पादन गरेका परम्परागत हस्तकलाका सामान रहनेछन्। पञ्चासेमा पर्यटक लैजानका लागि ६ वर्षमा बनाइसक्ने गरी केबुलकार निर्माण गरिने शर्माले बताए। विसं २०७६ साल माघमा शिलान्यास गरेर विसं २०८२ सम्ममा निर्माण सम्पन्न गरी सञ्चालनमा ल्याइने उनले जानकारी दिए।

परियोजना सञ्चालनका लागि आवश्यक जग्गा अधिग्रहणको प्रक्रिया अघि बढेको उनको भनाइ छ। दश अर्ब रुपैयाँको लागतमा निर्माण गर्न लागिएको सो परियोजनामा प्रभावित क्षेत्र कास्की, पर्वत र स्याङ्जाका बासिन्दालाई रु तीन अर्ब बराबरको शेयर दिइने भएको छ। त्यसका अलावा कर्पोरेट, पत्रकार, वकिल, राष्ट्रसेवक कर्मचारीलगायत सर्वसाधारण सबैलाई छुट्टाछुट्टै शेयर दिने जनाइएको छ। अहिले पञ्चासेमा घुम्न आउने आन्तरिक तथा बाह्य पर्यटक कास्कीको भदौरेसम्म सवारीसाधनमा र त्यहाँबाट पैदल यात्रा गरी जाने गरेका छन्। त्यस्तैगरी पर्वततर्फ चित्रे वा आर्थरडाँडाखर्क गाउँसम्म सवारीसाधन र त्यसपछि तीनदेखि चार घण्टासम्म पैदल जानुपर्ने बाध्यता रहेको छ।

पोखरालाई शैक्षिक गन्तव्य बनाइने

पोखरा महानगरपालिकाका प्रमुख मानबहादुर जिसीले पोखरालाई शैक्षिक गन्तव्य बनाइने उद्घोष गरेका छन्। विद्यालय क्षेत्र सुधार कार्यक्रममा सहयोग गर्दै आएको नेपालका लागि फिनल्याण्डका राजदूत पे्रती एन्टिनेनसहितको टोलीसँगको छलफल उनले पोखरालाई पर्यटनसँगै शैक्षिक गन्तव्य बनाउन महानगर लागिपरेको बताए। उनले महानगरले शिक्षा कार्यविधि बनाइसकेको र सीमित स्रोतसाधनलाई उच्चतम प्रयोग गरी गुणस्तरीय शिक्षा दिने गरी काम अगाडि बढाएको बताए। कार्यक्रममा उपप्रमुख गुरुङले एक वडा एक स्मार्ट विद्यालय बनाउने योजना महानगरले ल्याएको बताए। प्रमुख प्रशासकीय अधिकृत पौडेलले सङ्घीय संरचनाअनुसार शिक्षाको जिम्मेवारी महानगरमा आएकाले शिक्षामा प्राथमिकता दिई योजनाबद्ध रुपमा काम गरिने बताए।

शिक्षा महाशाखा प्रमुख आचार्यले शैक्षिक सत्र २०७६ देखि महानगरकाभित्रका विद्यालयका कक्षा कोठालाई धुलोमुक्त बनाएर सेतोपाटी राखिने तथा २११ सामुदायिक र १७८ संस्थागत विद्यालय भएको जानकारी दिएका थिए। छलफलमा राजदूत एन्टिनेनले योजनाबद्ध रुपमा काम गरेमा पोखरालाई शैक्षिक गन्तव्य बनाउने योजना पूरा हुने बताए। राजदूतसहित १५ जनाको टोलीले पोखराका केही विद्यालयको भ्रमणसमेत गरेको थियो।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

प्रदेशले नाम र स्थायी राजधानी पाउने छ: मुख्यमन्त्री राई
प्रदेशले नाम र स्थायी राजधानी पाउने छ: मुख्यमन्त्री राई
नेपालको वित्तीय क्षेत्र संकटपूर्ण अवस्थामा छ : सांसद प्रतिमा गौतम
नेपालको वित्तीय क्षेत्र संकटपूर्ण अवस्थामा छ : सांसद प्रतिमा गौतम
होशियार जथाभावी सवारी पार्किङ नगर्नुहोस परिएला (TVT) कारबाहीमा …..
होशियार जथाभावी सवारी पार्किङ नगर्नुहोस परिएला (TVT) कारबाहीमा …..
ला लिगा फुटबलमा ओसासुनालाई हराउँदै एथ्लेटिक बिलबाओ विजयी
ला लिगा फुटबलमा ओसासुनालाई हराउँदै एथ्लेटिक बिलबाओ विजयी
अब ब्रुनाईमा गे यौनकर्मीलाई मृत्युदण्ड नदिइने
अब ब्रुनाईमा गे यौनकर्मीलाई मृत्युदण्ड नदिइने
सागमा सेनाका खेलाडीको योगदान स् २३ स्वर्णसहित १०३ पदक
सागमा सेनाका खेलाडीको योगदान स् २३ स्वर्णसहित १०३ पदक
पाँचथर : राप्रपाको समर्थनमा कांग्रेसले गर्‍यो मनोनयन दर्ता
पाँचथर : राप्रपाको समर्थनमा कांग्रेसले गर्‍यो मनोनयन दर्ता
विदेशीलाई भिसामा कडाइ
विदेशीलाई भिसामा कडाइ
इन्फ्रास्ट्रक्चर बैंकको अहिलेसम्मकै ठुलो आईपीओ आजदेखि बिक्रि खुला
इन्फ्रास्ट्रक्चर बैंकको अहिलेसम्मकै ठुलो आईपीओ आजदेखि बिक्रि खुला
प्रदेश १ : एक साताभित्र मुख्यमन्त्री पदमा दाबी पेस गर्न प्रदेश प्रमुखको आह्वान
प्रदेश १ : एक साताभित्र मुख्यमन्त्री पदमा दाबी पेस गर्न प्रदेश प्रमुखको आह्वान

तपाईंले छुटाउनुभयो कि?