काठमाडौँमा खतराः जिल्ला जिल्लामा कोरोना संक्रमित बढ्न थालेपछि काठमाडौँ आउने बढे

Shikharkhabar Shikharkhabar
|
सोमबार, बैशाख २२, २०७७
|
|
२१ पटक हेरिएको
Shares
काठमाडौँमा खतराः जिल्ला जिल्लामा कोरोना संक्रमित बढ्न थालेपछि काठमाडौँ आउने बढे

सारांश

  • तराईका विभिन्न जिल्लामा कोरोना संक्रमण फैलिएसँंगै गृह जिल्ला छाडेर नागरिक रातारात काठमाडौँ उपत्यका आउन थालेपछि थप जोखिम बढेको छ ।
  • कोरोना विषाणुको सङ्क्रमण तराईका जिल्लामा बढ्दै गएको छ ।
  • केही दिनअघि मात्र विराटनगर, वीरगञ्ज र बुटवलबाट २४ भन्दा बढी यातायातका सवारी साधन यात्रु बोकेर काठमाडौँ भित्रिएका थिए ।

तराईका विभिन्न जिल्लामा कोरोना संक्रमण फैलिएसँंगै गृह जिल्ला छाडेर नागरिक रातारात काठमाडौँ उपत्यका आउन थालेपछि थप जोखिम बढेको छ । कोरोना विषाणुको सङ्क्रमण तराईका जिल्लामा बढ्दै गएको छ । केही दिनअघि मात्र विराटनगर, वीरगञ्ज र बुटवलबाट २४ भन्दा बढी यातायातका सवारी साधन यात्रु बोकेर काठमाडौँ भित्रिएका थिए ।

सवारी साधनका लागि नागढुङ्गा नाकामा निसङ्क्रमण टनेल निर्माण गरिएको छ । यसरी बाहिरबाट उपत्यका प्रवेश गर्नेलाई कडाइ गरिए पनि निजी तथा भाडाका सवारी साधन प्रयोग गरी विभिन्न बहाना बनाएर मध्यरातमा उपत्यका भित्रिनेको सङ्ख्या दिन प्रतिदिन बढ्दै गएको बताइएको छ । त्यस्तै फर्पिङ, मुड्खु, भक्तपुरको जगाती र जर्सिङपौवा नाकामा समेत टनेल राख्ने योजना बनाइएको जानकारी महानगरीय ट्राफिक महाशाखाका प्रमुख तथा प्रहरी वरिष्ठ उपरीक्षक भीमप्रसाद ढकालले दिए ।

निसङ्क्रमण टनेल निर्माण गर्दा यात्रु तथा सवारी केही हदसम्म सुरक्षित हुने देखिन्छ । खाद्य, तरकारी, पलफूल लगायत दैनिक उपभोग्य सामग्री बोकेर आउने सवारी साधनबाट समेत कोरोना विषाणु भित्रिन सक्ने भन्दै त्यस्ता सवारी साधनमाथि विशेष निगरानी बढाई डिस्इन्फेक्सन अनिवार्य गरिनेभएको छ । गोरखापत्र दैनिकबाट

(https://www.drogueriasanjorge.com/)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

बालकुमारी घटनामा ७३ जना पक्राउ, सुरक्षाकर्मीसहित सात घाइते
बालकुमारी घटनामा ७३ जना पक्राउ, सुरक्षाकर्मीसहित सात घाइते
मन्त्री किरातीलाई क्यानका महानिर्देशक अधिकारीले बुझाए स्पष्टीकरण
मन्त्री किरातीलाई क्यानका महानिर्देशक अधिकारीले बुझाए स्पष्टीकरण
विश्वकप फुटबलको एसिया छनोट :  आज नेपाल र लाओस भिड्दै
विश्वकप फुटबलको एसिया छनोट : आज नेपाल र लाओस भिड्दै
आलेख: अपराध रोक्न नैतिक शिक्षासँगै अभिभावकको निगरानी आवश्यक
आलेख: अपराध रोक्न नैतिक शिक्षासँगै अभिभावकको निगरानी आवश्यक
कुन शो उत्कृष्ट ‘भोइस अफ नेपाल’ या ‘नेपाल आइडल’ ?
कुन शो उत्कृष्ट ‘भोइस अफ नेपाल’ या ‘नेपाल आइडल’ ?
प्रधानमन्त्रीज्यूको आदेशै कडा
प्रधानमन्त्रीज्यूको आदेशै कडा
नेविसंघको महाधिवेसन अन्यौलमा, बरिष्ठ उपाध्यक्ष सहित ७ ले दिए राजिनामा
नेविसंघको महाधिवेसन अन्यौलमा, बरिष्ठ उपाध्यक्ष सहित ७ ले दिए राजिनामा
दुई संसदीय समितिमा दुई जनाको मात्रै उम्मेदवारी
दुई संसदीय समितिमा दुई जनाको मात्रै उम्मेदवारी
स्थानीय चुनावमा हामी (नेपाली कांग्रेस) मानसिक रुपले बढी हार्‍यौं,  मिनेन्द्र रिजाल;
स्थानीय चुनावमा हामी (नेपाली कांग्रेस) मानसिक रुपले बढी हार्‍यौं, मिनेन्द्र रिजाल;
मोहन बैद्य पनि युद्धको पक्षमा, ओली र प्रचण्डलाई यस्तो चेतावनी
मोहन बैद्य पनि युद्धको पक्षमा, ओली र प्रचण्डलाई यस्तो चेतावनी

तपाईंले छुटाउनुभयो कि?