नेपाली कामदारमाथि अमर्यादित काम गर्ने पक्राउ

Shikharkhabar Shikharkhabar
|
मंगलबार, बैशाख १८, २०७५
|
१
|
५७ पटक हेरिएको
Shares
नेपाली कामदारमाथि अमर्यादित काम गर्ने पक्राउ

सारांश

  • काठमाडौँ, १८ वैशाख , ओमानको मस्कटमा घरेलु काम गर्दै आइरहेकी एक नेपाली महिला कामदारमाथि अमर्यादित काम गर्ने पाँच अभियुक्तलाई ओमनस्थित नेपाली दूतावासको सहयोगमा पक्राउ गरिएको छ ।
  • यही वैशाख १४ गते नयाँ कामको खोजीमा ओमानकै माबेलामा जाँदै गर्दा बुटवल– १३ निवासी युवती आजाद नामको बंगालीको विश्वास गरी नयाँ बन्दै गरेको घरको भूइँतलाको कोठामा बस्न जाँदा उनीमाथि उक्त घटना भएको दूतावासले जनाएको छ ।
  • नयाँ घरको उक्त कोठामा साँझ पाँच जनाको हुल आई आफूमाथि अमर्यादित काम भइसकेपछि पोल खुल्ने डरले मारेर फाल्ने योजना पीडितले सुनेपछि शौचालयबाट राति २ बजे प्रहरीलाई खबर गरेकी थिइन् ।

काठमाडौँ, १८ वैशाख , ओमानको मस्कटमा घरेलु काम गर्दै आइरहेकी एक नेपाली महिला कामदारमाथि अमर्यादित काम गर्ने पाँच अभियुक्तलाई ओमनस्थित नेपाली दूतावासको सहयोगमा पक्राउ गरिएको छ ।

यही वैशाख १४ गते नयाँ कामको खोजीमा ओमानकै माबेलामा जाँदै गर्दा बुटवल– १३ निवासी युवती आजाद नामको बंगालीको विश्वास गरी नयाँ बन्दै गरेको घरको भूइँतलाको कोठामा बस्न जाँदा उनीमाथि उक्त घटना भएको दूतावासले जनाएको छ ।

नयाँ घरको उक्त कोठामा साँझ पाँच जनाको हुल आई आफूमाथि अमर्यादित काम भइसकेपछि पोल खुल्ने डरले मारेर फाल्ने योजना पीडितले सुनेपछि शौचालयबाट राति २ बजे प्रहरीलाई खबर गरेकी थिइन् ।
उक्त खबरपछि ओमान प्रहरीले उद्धार गरी ल्याएको र दूतावासको सक्रियतामा विभिन्न स्थानबाट अभियुक्तलाई पक्राउ गरी कानूनी कारबाही प्रक्रिया अघि बढाइएको दूतावासले जनाएको छ ।

उनी गत माघ ३ गते कामको खोजीमा भारतको नयाँ दिल्ली, युएई हँुदै ओमान गएकी थिइन् । मालिकले समयमा तलब नदिने, पेटभरी खान नदिने, गाली गर्ने लगायत कारणले उनी काम गर्दै आएको घर छाडी अर्काे घरमा अवैध रुपमा घरेलु काम गर्दै आएकी थिइन् ।

प्रतिक्रिया

1 कमेन्ट

    Comment Author

    Justin Biral

    ? ℓσνє? тнє? ℓιfє? уσυ? ℓινє,? αи∂? ℓινє? тнє? ℓιfє? уσυ? ℓσνє

    ? CH BOTTERZ ? SURAJ-KING,TK ?

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 1
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

आजको मौसमः हिमाली भू-भागमा हिमपातकाे सम्भावना
आजको मौसमः हिमाली भू-भागमा हिमपातकाे सम्भावना
असोज ७ गते मंगलबारको राशिफल यस्तो छ
सानिमा बैंकले गर्यो आईपिओ भर्दा शुल्क नलाग्ने ब्यबस्था
सानिमा बैंकले गर्यो आईपिओ भर्दा शुल्क नलाग्ने ब्यबस्था
अख्तियारद्वारा कोषका तत्कालिन सदस्य सचिव डा ढकालविरुद्ध मुद्दा दायर
अख्तियारद्वारा कोषका तत्कालिन सदस्य सचिव डा ढकालविरुद्ध मुद्दा दायर
जेठ १५ गते बिहिवारको राशिफल यस्तो छ
जेठ १५ गते बिहिवारको राशिफल यस्तो छ
इजरायलमा भेटियाे १३ हजार वर्ष पुरानाे वियर !
इजरायलमा भेटियाे १३ हजार वर्ष पुरानाे वियर !
श्रीमानको लिंग सानो भएपछि श्रीमतीले गरिन् सम्बन्धविच्छेद
श्रीमानको लिंग सानो भएपछि श्रीमतीले गरिन् सम्बन्धविच्छेद
मोटरसाइकल दुर्घटनामा प्रहरी निरीक्षककोे मृत्यु
डेङ्गु विरुद्ध देशव्यापी तीनमहिने अभियान सुरु: ‘सफा शुक्रबार’ मार्फत लामखुट्टेको बासस्थान नष्ट गरिने, जनसचेतनाका कारण सङ्क्रमण घट्दो
डेङ्गु विरुद्ध देशव्यापी तीनमहिने अभियान सुरु: ‘सफा शुक्रबार’ मार्फत लामखुट्टेको बासस्थान नष्ट गरिने, जनसचेतनाका कारण सङ्क्रमण घट्दो
कांग्रेस सभापतिहरुको भेलाले कम्युनिष्ट सरकारलाई लगायो यस्तो आरोप
कांग्रेस सभापतिहरुको भेलाले कम्युनिष्ट सरकारलाई लगायो यस्तो आरोप