मालपोतका कर्मचारी मिलेर लालपूर्जामा अर्कैको फोटो टाँसेर बेचिदिएपछि….

Shikharkhabar Shikharkhabar
|
मंगलबार, पौष १०, २०७५
|
|
२३ पटक हेरिएको
Shares
मालपोतका कर्मचारी मिलेर लालपूर्जामा अर्कैको फोटो टाँसेर बेचिदिएपछि….

सारांश

  • काठमाडौं ।
  • मालपोत कार्यालय चावहिलका कर्मचारीको मिलेमतोमा व्यक्तिको जग्गा नक्कली लालपूर्जा बनाएर अर्कोलाई बेचेको खुलेको छ ।
  • कर्मचारीको बदमासी भेटिएपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मालपोतका हाकिमदेखि पियनसम्म १६ जनालाई विशेष अदालत काठमाडौंमा मुद्दा दर्ता गरेको छ ।

काठमाडौं । मालपोत कार्यालय चावहिलका कर्मचारीको मिलेमतोमा व्यक्तिको जग्गा नक्कली लालपूर्जा बनाएर अर्कोलाई बेचेको खुलेको छ । कर्मचारीको बदमासी भेटिएपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मालपोतका हाकिमदेखि पियनसम्म १६ जनालाई विशेष अदालत काठमाडौंमा मुद्दा दर्ता गरेको छ ।

मालपोत कार्यालय चाबहिलका कर्मचारीको मिलेमतोमा चन्दनकृष्ण कायस्थको नाममा रहेको काठमाडौं, बुढानिलकण्ठको जग्गा कित्ता नं। ३२३, ३२५ र ३२९ गरी जम्मा क्षेत्रफल २-८-०-० रोपनी जग्गाको नक्कली जग्गाधनी, जग्गाधनी प्रमाणपूर्जा समेत बनाएका थिए ।

मालपोत कार्यालय चाबहिलका प्रमुख कमलप्रसाद तिमल्सिना, मालपोत अधिकृतहरु खगेन्द्रप्रसाद अर्याल, रामप्रसाद सुवेदी, सुब्बा रन्जनकुमार खरेल, टाइपिस्ट जमुनाकुमारी श्रेष्ठ, कार्यालय सहयोगी हरि खड्का लगायत १६ जना विरुद्ध मुद्दा दर्ता भएको छ ।

मालपोत कार्यालयमा रहेको श्रेष्तामा समेत अर्को व्यक्तिको फोटो टाँसेर गैरकानुनी तरिकाले जग्गाको हकहस्तान्तरण गरेका थिए । अख्तियारमा उजुरी परेकाको अनुसन्धानबाट प्रमाण र कागजात भेटिएको अख्तियारले बताएको छ ।

चन्दनकृष्ण कायस्थ भन्ने राजु थापा मगर समेतले मालपोत कार्यालय, चाबहिलका कर्मचारीहरूलाई अनुचित प्रभावमा पारी जग्गाको जग्गाधनी दर्ता श्रेस्तामा वास्तविक जग्गाधनीको फोटो उक्काई गैरकानूनी तरिकाबाट आफ्नो फोटो टाँस गरी नक्कली प्रमाणपूर्जा, नागरिकताको प्रमाणपत्र समेत बनाएका थिए । गैरकानूनी रुपमा खडा गरिएका कागजात समेतको आधारमा नक्कली जग्गाधनीको नामबाट जग्गा बेचबिखन गरिएको भेटिएको हो ।

वास्तविक जग्गाधनीलाई थाहै नदिइ गैरकानुनी रुपमा मालपोत कार्यालय, चाबहिलका राष्ट्रसेवक कर्मचारीहरूले आफ्नो पदको दुरुपयोग गरी बदनियतपूर्वक काम गरेको अख्तियारले जनाएको छ ।
बदनियतले भ्रष्टाचारजन्य कसुर गरेको पुष्टि हुन आएकोले उक्त कार्यमा संलग्न रहेका देहाय बमोजिमका १६ जना व्यक्तिलाई मुद्दा दर्ता गरेको अख्तियारले जनाएको छ ।
हेर्नुस् कसकसलाई चल्यो मुद्दा:

 

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?