काठमाडौँ र पोखरामा पनि छठ पर्व समापन

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, कार्तिक १०, २०७४
|
|
१८ पटक हेरिएको
Shares
काठमाडौँ र पोखरामा पनि छठ पर्व समापन

सारांश

  • काठमाडौँ, १० कात्तिक    उदाउँदो सूर्यलाई विधिपूर्वक अघ्र्य दान गरी आज बिहान यहाँ यस वर्षको छठ पर्व समापन गरिएको छ ।
  • कार्तिक शुक्ल चतुर्थी अर्थात् मंगलबारदेखि शुरु भएको छठ पर्वको मुख्य दिन बिहीबार बेलुकी अस्ताउँदो सूर्यलाई अघ्र्य दिइएको थियो ।
  • अस्ताउँदो सूर्यलाई अघ्र्य दिएका व्रर्तालु छठ घाटमा जाग्राम बसी आज बिहान उदाउँदो सूर्यलाई अघ्र्य दिए ।

काठमाडौँ, १० कात्तिक    उदाउँदो सूर्यलाई विधिपूर्वक अघ्र्य दान गरी आज बिहान यहाँ यस वर्षको छठ पर्व समापन गरिएको छ ।

कार्तिक शुक्ल चतुर्थी अर्थात् मंगलबारदेखि शुरु भएको छठ पर्वको मुख्य दिन बिहीबार बेलुकी अस्ताउँदो सूर्यलाई अघ्र्य दिइएको थियो । अस्ताउँदो सूर्यलाई अघ्र्य दिएका व्रर्तालु छठ घाटमा जाग्राम बसी आज बिहान उदाउँदो सूर्यलाई अघ्र्य दिए ।

उपत्यकामा पशुपति क्षेत्रस्थित गुह्ेश्वरी मन्दिरअगाडिको वाग्मती नदी किनार, कमल पोखरी, नाग पोखरी, गहना पोखरी, थापाथली, कुपण्डोललगायत वाग्मती, विष्णुमती र नख्खु खोला किनार गरी २० स्थानमा छठ पर्व मनाइएको छठ पूजा समितिका अध्यक्ष रामबाबु महासेठले जानकारी दिनुभयो ।

यस वर्षदेखि सरकारले उदाउँदो सूर्यलाई अर्घ दिइने कार्तिक शुक्ल सप्तमी अर्थात् आज शुक्रबार पनि सार्वजनिक बिदा दिएको छ । छठ वर्तालुले आज पनि सार्वजनिक बिदा दिने सरकारको निणर्यको स्वागत गरेका छन् ।

सूर्यलाई अघ्र्य दिइ छठ सम्पन्न

यसैगरी, पोखराबाट प्राप्त समाचार अनुसार यहाँ पनि आज बिहानको उदाउँदो सूर्यलाई अघ्र्य दिइ यहाँ आज छठ पर्व सम्पन्न भएको छ । छठ पर्व सम्पन्न भएपछि श्रद्धालु भक्तजनलाई प्रसाद वितरण गरिएको थियो ।

पोखराको फेवातालको किनार, केदारेश्वर मन्दिर, नदीपुरको नारायणस्थान मन्दिर र कालीखोलाको संगमस्थल रिठाघाट त्रिवेणीधाममा बिहीबार अस्ताउँदो सूर्यलाई अघ्र्य दिई भक्तजन निराहार बसी रातभरि नै पूजापाठ गरी पर्व मनाएका थिए ।

छठ पर्व स्थललाई रङ्गीविरङ्गी ध्वजापताकाबाट सिँगारिएको र वर्तालु रातभरि नै जाग्राम बसी भजन कीर्तन, नाचगानसमेत गरेका थिए । छठ पर्वले परिवारको सुख, शान्ति, समृद्धि एवं सधैँ निरोगी हुने हुनाले यसको महत्व बढ्दै गएको रिठाघाट त्रिवेणी धाम मेला व्यवस्थापन समितिका संयोजक एवं प्राध्यापक देवनारायण सुतिहारले जानकारी दिनुभयो ।

केही वर्षअघिसम्म तराईमा मात्रै मनाइने छठ पर्व पछिल्ला दिनमा पहाडका मुख्य शहरमा पनि धुमधामसँग मनाउन थालिएको छ ।

विभिन्न व्यापार व्यवसायका लागि पोखरा आएका तराई मूलका मानिस र पहाडी मानिस एकै ठाउँमा भेला भई संयुक्तरुपमा पर्व मनाउन थालेका छन् ।

चार दिनसम्म मनाइने यस पर्वको पहिलो दिन मंगलबार अरबा–अरबाइन, दोस्रो दिन बुधबार खरना, तेस्रो दिन बिहीबार अस्ताउन लागेको सूर्य र चौथो दिन आज उदाउँदो सूर्यलाई अघ्र्य दिइ छठ पर्व सम्पन्न भएको हो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

विश्वकप २०२२ लाई छनोट भएका देशहरु
विश्वकप २०२२ लाई छनोट भएका देशहरु
अयोग्य हठर्‍याइएका शरिफकी श्रीमती लाहोरको संसद सदस्यमा विजयी
अयोग्य हठर्‍याइएका शरिफकी श्रीमती लाहोरको संसद सदस्यमा विजयी
विषादीपरीक्षण नगर्ने निर्णय गरेर सरकारले भारतसामु लम्पसावादी नीति लिएको आरोप 
विषादीपरीक्षण नगर्ने निर्णय गरेर सरकारले भारतसामु लम्पसावादी नीति लिएको आरोप 
कालीकोटमा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना
कालीकोटमा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना
चिसापानी सिमसारलाई पर्यटकीय क्षेत्र बनाउन पहल
चिसापानी सिमसारलाई पर्यटकीय क्षेत्र बनाउन पहल
चित्र बहादुर केसि को नजरमा गोपाल पराजुली एक भ्रस्ट न्यायाधीश !
चित्र बहादुर केसि को नजरमा गोपाल पराजुली एक भ्रस्ट न्यायाधीश !
डढुवा रोगले गोलभेंडा खेती सखाप
डढुवा रोगले गोलभेंडा खेती सखाप
बुद्ध भारतमा जन्मिएको प्रचार गर्ने यी कस्ता नेपाली सांसद, के हुन्छ यिनलाई कारवाही ?
बुद्ध भारतमा जन्मिएको प्रचार गर्ने यी कस्ता नेपाली सांसद, के हुन्छ यिनलाई कारवाही ?
जिल्लाभरका शैक्षिक संस्था पुन  बन्द, अन्तरपालिका आवतजावतमा रोक
जिल्लाभरका शैक्षिक संस्था पुन बन्द, अन्तरपालिका आवतजावतमा रोक
पन्ध्र करोड लगानीमा टोखा नगरपालिकाको नयाँ प्रशासकीय भवन निर्माण
पन्ध्र करोड लगानीमा टोखा नगरपालिकाको नयाँ प्रशासकीय भवन निर्माण

तपाईंले छुटाउनुभयो कि?