विमानस्थलका कर्मचारीको व्यवहारमा सुधार ल्याउनुपर्छ: प्रम ओली

Shikharkhabar Shikharkhabar
|
बिहिबार, चैत्र २८, २०७५
|
|
४१ पटक हेरिएको
Shares
विमानस्थलका कर्मचारीको व्यवहारमा सुधार ल्याउनुपर्छ: प्रम ओली

सारांश

  • काठमाडौँ, २७ चैत ।
  • प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालप्रति पर्यटकको सकारात्मक दृष्टिकोण बनाउन विमानस्थलका कर्मचारीको व्यवहारमा सुधार ल्याउनुपर्ने बताउनुभएको छ ।
  • प्रधानमन्त्री कार्यालय सिंहदरबारमा आज भएको नेपाल भ्रमण वर्ष २०२० मूल आयोजक समितिको तेस्रो बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सो धारणा व्यक्त गर्नुभएको हो ।

काठमाडौँ, २७ चैत । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालप्रति पर्यटकको सकारात्मक दृष्टिकोण बनाउन विमानस्थलका कर्मचारीको व्यवहारमा सुधार ल्याउनुपर्ने बताउनुभएको छ । प्रधानमन्त्री कार्यालय सिंहदरबारमा आज भएको नेपाल भ्रमण वर्ष २०२० मूल आयोजक समितिको तेस्रो बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सो धारणा व्यक्त गर्नुभएको हो ।

विमानस्थलका कर्मचारीले विदेशी पर्यटकलाई अनावश्यक सोधखोज गर्ने, नियम कानूनभन्दा बाहिर गएर व्यवहार गर्दा पर्यटकले नेपालप्रतिको सोचाइ सकारात्मक बनाउन नसक्ने प्रधानमन्त्री ओलीको भनाइ थियो । “सबैभन्दा पहिला विमानस्थलका अधिकृतलाई तालीम दिनुपर्दछ, उनीहरुलाई दम्भ छोड भन्नुपर्छ, देशको ‘इमेज’ बिग्रने गरी पर्यटकसँग व्यवहार गर्नु भएन, विमानस्थलमा त नेपालका बारेमा सकारात्मक सन्देश दिएर स्वागत गर्ने हो”, प्रधानमन्त्री ओलीले थप्नुभयो ।

प्रधानमन्त्री ओलीले नेपाल भ्रमण वर्षको तयारीका लागि सबै क्षेत्रलाई एकजुट भएर लाग्न आग्रह गर्नुभयो । सन् २०१९ भरीमा ट्राफिक व्यवस्थापन गरिसक्न, सडक सफा गर्न, होटल तथा अन्य पयर्टक आउजाउ गर्ने क्षेत्रका मानिसलाई पर्यटकमैत्री व्यवहार गर्न सिकाउनुपर्नेमा उहाँले जोड दिनुभयो । प्रधानमन्त्रीले भन्नुभयो, “भ्रमण वर्ष भव्यताका साथ सफल पार्न सबै जुट्नु पर्दछ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

आज संविधान दिवस
आज संविधान दिवस
श्रीकृष्ण जन्माष्ठमीको पावन अवसरमा  नमस्ते धनकुटा–२०७४ कार्यक्रम  हुँदै ……
श्रीकृष्ण जन्माष्ठमीको पावन अवसरमा नमस्ते धनकुटा–२०७४ कार्यक्रम हुँदै ……
लोप हुँदै भक्तपुरको परम्परागत होली शैली
लोप हुँदै भक्तपुरको परम्परागत होली शैली
दर्जन बढी डिआइजी दरबन्दी कटौती गर्ने तयारीपछि आइजीपी ज्ञवालीलाई तनाव
दर्जन बढी डिआइजी दरबन्दी कटौती गर्ने तयारीपछि आइजीपी ज्ञवालीलाई तनाव
यी हुन् बुद्धको महापरिनिर्वाण पछि निर्माण गरिएका आठ स्तुपहरु
यी हुन् बुद्धको महापरिनिर्वाण पछि निर्माण गरिएका आठ स्तुपहरु
बुर्तिवाङ उत्तरगंगा अस्पतालबारे नियोजित ढंगमा छापिएको समाचारप्रति कडा भर्त्सना, सजग रहन आग्रह
बुर्तिवाङ उत्तरगंगा अस्पतालबारे नियोजित ढंगमा छापिएको समाचारप्रति कडा भर्त्सना, सजग रहन आग्रह
सिधा कुरा जनतामा किन रुँदै आए अष्ट्रेलियाका नेपाली विद्यार्थी ?
सिधा कुरा जनतामा किन रुँदै आए अष्ट्रेलियाका नेपाली विद्यार्थी ?
वायुसेवा निगम बिग्रनुमा राजनीतिक नेतृत्व जिम्मेवार : पर्यटनमन्त्री
वायुसेवा निगम बिग्रनुमा राजनीतिक नेतृत्व जिम्मेवार : पर्यटनमन्त्री
महिला शङ्कास्पद अवस्थामा मृत फेला
महिला शङ्कास्पद अवस्थामा मृत फेला
एक हजार ८२ जना द्वन्द्वपीडितलाई राहत रकम प्रदान !
एक हजार ८२ जना द्वन्द्वपीडितलाई राहत रकम प्रदान !

तपाईंले छुटाउनुभयो कि?