राजनीति नेतृत्वविरुद्ध भइरहेका आक्रोशप्रति देउवाकाे हल्का टिप्पणी

Shikharkhabar Shikharkhabar
|
मंगलबार, आश्विन ८, २०८१
|
|
२० पटक हेरिएको
Shares
राजनीति नेतृत्वविरुद्ध भइरहेका आक्रोशप्रति देउवाकाे हल्का टिप्पणी

सारांश

  • बारा।
  • नेपाली कांग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले राजनीति नेतृत्व विरुद्ध भइरहेकाे आक्राेश स्वभाविक भएको टिप्पणी गरेका छन्।
  • पर्साकाे वीरगन्जमा आयाेजित कार्यक्रम जाने क्रममा बाराकाे सिमरा विमानस्थलमा सञ्चारकर्मीकाे प्रश्नमा सभापति देउवाले आक्राेश भइरहन्छ भनेर प्रतिक्रिया दिएका हुन्।

बारा। नेपाली कांग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले राजनीति नेतृत्व विरुद्ध भइरहेकाे आक्राेश स्वभाविक भएको टिप्पणी गरेका छन्।

पर्साकाे वीरगन्जमा आयाेजित कार्यक्रम जाने क्रममा बाराकाे सिमरा विमानस्थलमा सञ्चारकर्मीकाे प्रश्नमा सभापति देउवाले आक्राेश भइरहन्छ भनेर प्रतिक्रिया दिएका हुन्।

सहकारी ठगी विरुद्धकाे कारबाही राेकिएकाे हाे भन्ने प्रश्नमा आफूलाई त्यसबारे थाहा नभएको सभापति देउवाले बताएका छन्। सभापति देउवालाई स्वागत गर्न बाक्लो मात्रामा कार्यकर्ताहरूकाे उपस्थिति रहेकाे थियाे।

बुद्ध एयरलाइन्सको नियमित उडानबाट सिमरा आएका देउवासँगै पार्टीका शिर्षस्थ नेतृत्व समेतकाे उपस्थिति थियाे।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?