भारतमा नरेन्द्र मोदी उदयले बाँकी विश्वमा कस्तो प्रभाव पर्ला ?
सारांश
- सन् २०२४ मा आफ्नो दोस्रो कार्यकालको उत्तरार्धमा नरेन्द्र मोदी एउटा यस्तो देशको नेता हुने छन् जुन देशले विश्वको सबैभन्दा धेरै जनसंख्या भएको देशका रूपमा चीनलाई उछिन्न सक्ने छ ।
- भारत विश्वको सबैभन्दा प्रदूषित शहरहरू भारतमा हुनेछन् र उक्त देश विश्वको पाँचौँ ठूलो अर्थतन्त्रको रूपमा विकसित हुन अघि बढ्नेछ ।
- कट्टर हिन्दु राष्ट्रवादी धारको नेतृत्व गर्दै मोदीले विश्वको दोस्रो ठूलो मुस्लिम जनसङ्ख्याको समेत नेतृत्व गर्ने छन्।
सन् २०२४ मा आफ्नो दोस्रो कार्यकालको उत्तरार्धमा नरेन्द्र मोदी एउटा यस्तो देशको नेता हुने छन् जुन देशले विश्वको सबैभन्दा धेरै जनसंख्या भएको देशका रूपमा चीनलाई उछिन्न सक्ने छ । भारत विश्वको सबैभन्दा प्रदूषित शहरहरू भारतमा हुनेछन् र उक्त देश विश्वको पाँचौँ ठूलो अर्थतन्त्रको रूपमा विकसित हुन अघि बढ्नेछ । कट्टर हिन्दु राष्ट्रवादी धारको नेतृत्व गर्दै मोदीले विश्वको दोस्रो ठूलो मुस्लिम जनसङ्ख्याको समेत नेतृत्व गर्ने छन्। र भारतले विश्वका दुई प्रमुख द्वन्द्वग्रस्त क्षेत्र कश्मीर र साउथ चाइना सी रहेको क्षेत्रमा आफ्नो प्रभाव बढाउन खोज्ने छ ।
भारी मतका साथ दोस्रो पटक चुनावी जित हात पारेका नरेन्द्र दामोदरदास मोदीले भारतलाई अविश्वसनीय अवसरकाबीच नेतृत्व गर्ने छन् सम्भवतः चुनौतीपूर्ण समयको समेत सामना गर्दै ।
शक्तिशाली नेताको राजनीति र बढ्दो भूराजनीतिक महत्व
भाजपाले मोदीको ’५६ इन्चको छाती’ को बखान गर्ने गर्छ जुन उनको पुरुषार्थको चर्चा चलाउनका लागि बनाइएको एउटा कथा हो र त्यसको प्रमाणका रूपमा उनले पाकिस्तानका आतङ्ककारीहरू माथि गरेको आक्रमणलाई प्रस्तुत गर्ने गरिन्छ।
र उनको बारेमा फैलाइएका कथाहरूले आम जनसमुदायमा प्रभाव पारेको छ। प्रादेशिक निर्वाचनहरूमा पराजय भोगेपछि घटेको उनको चर्चा पाकिस्तानमाथिको आक्रमण पछि ह्वात्तै बढेको छ । मोदीले राष्ट्रवादलाई काँध थापेर शक्तिहाली पुरुषको छवि बनाएका छन् । उनका समर्थकहरूले उनलाई सामान्य इतिहासबाट उठेर आएको सामान्य व्यक्तिका रुपमा चित्रित गरेका छन्।
यो सबैले आम भारतीयहरूका लागि मोदी इमान्दार, कर्मठ र निर्णय क्षमता भएका एक सामान्य नागरिक भएको छवि बनाएको छ । मोदीको नेतृत्वमा भारतले दुई पटक पाकिस्तानसँग र एक पटक चीनसँग सामना गरिसकेको छ ।
दक्षिणपूर्वी एशियामा भारत चीनको प्रतिस्पर्धी शक्तिको रूपमा उदाइरहेको छ । र मोदीले दोस्रो कार्यकालमा त्यहाँ आफ्नो प्रभाव बढाउन थप भूराजनीतिक भूमिका खोज्नेछन् । बिबिसीबाट
प्रतिक्रिया