रवि लामिछानेज्यू, अब सिधा कुरा जनतासँग होइन भूतसँग ?

Shikharkhabar Shikharkhabar
|
मंगलबार, माघ २३, २०७४
|
|
३४ पटक हेरिएको
Shares
रवि लामिछानेज्यू, अब सिधा कुरा जनतासँग होइन भूतसँग ?

सारांश

  • काठमाडौं, २३ माघ ।
  • सिधा कुरा जनतासँग नामक टेलिभिजन कार्यक्रम सञ्चालन गरेर चर्चा बटुलेका रवि लामिछानेले भूतसँग सम्बन्धित विषय उठान गरेपछि उनको आलोचना शुरु भएको छ ।
  • उनको पछिल्लो कार्यक्रम हेरिसकेपछि एक दर्शकले सिधा कुरा भूतसँग कार्यक्रम गर्न सुझाव दिएका छन् ।

काठमाडौं, २३ माघ । सिधा कुरा जनतासँग नामक टेलिभिजन कार्यक्रम सञ्चालन गरेर चर्चा बटुलेका रवि लामिछानेले भूतसँग सम्बन्धित विषय उठान गरेपछि उनको आलोचना शुरु भएको छ । उनको पछिल्लो कार्यक्रम हेरिसकेपछि एक दर्शकले सिधा कुरा भूतसँग कार्यक्रम गर्न सुझाव दिएका छन् ।

दर्शकले सिधा कुरा भूतसँग गर्ने माइक्रोफोन रवि लामिछानेलाई सम्पर्क गर्दा राम्रो हुने बताएका छन् । उनले २१ औं शताब्दीको विज्ञानको युगमा अमेरिकाबाट भूतप्रेत लिएर राष्ट्रिय टेलिभिजनबाट नै प्रसारण गर्ने रबि लामिछानेजीको त्यो विश्वभरि मानव नरसंहार गरेको साम्राज्यवादको भूत निकै खतरा किसिमको होला है ? भनेर प्रश्न सोधेका छन् ।

“आध्यात्मिक चिन्तनले पनि भूतप्रेत नदेखेको बेला रवि लामिछानेजीको त्यो अमेरिकन माइक्रोफोन र त्यसमा कैद भएको भूत अमेरिकामै छोड्नु होला”, दर्शक टीकाराम ओलीले भनेका छन्, “नेपालीहरु त २१ औं शताब्दीको वैज्ञानिक चेतनाले भरिपूर्ण भइसकेका छन् नि । प्रमाणविहीन अदृश्य शक्तिलाई सत्य सावित गर्ने माइक्रोफोन कि त अमेरिकामा भेटिन्छ कि भारतमा ।” “राज्यलाई नै आतंकित बनाउने (कस्तो खालको माइक्रोफोन हो रवि लामिछाने जी ?”, ओलीले प्रश्न गरेका छन् ।

लोकप्रियता कमाउनु छ भनेर आंतकित बनाउनु भन्दा ज्योति मगर र रियाको भिडियो डाइरेक्टर बनेर नाम कमाउदा राम्रो होला भन्ने सुझाव पनि उनले दिएका छन् । “सिधा कुरा जनतासँग भन्ने तर भूतप्रेत लिएर जनताको घरमा जाने । अब सिधा कुरा जनतासँग होइन अब सिधा कुरा भूतसँग गर्ने बेला आएकै हो त रबि लामिछाने जी ?” उनले सोधेका छन् ।

https://www.facebook.com/tikaramjeet/posts/923796257782729

लेखक दिल निशानी मगरले गरेको व्यंग्य

https://www.facebook.com/dilnisani.magar/posts/1870058236399314

 

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

तपाईंले छुटाउनुभयो कि?