अमेठीबाट राहुल गान्धीले हारे राजनीति छोड्छु भन्ने सिद्धुले अब के गर्लान ?

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, जेठ १०, २०७६
|
|
६० पटक हेरिएको
Shares
अमेठीबाट राहुल गान्धीले हारे राजनीति छोड्छु भन्ने सिद्धुले अब के गर्लान ?

सारांश

  • कांग्रेस नेता नवजोज सिंह सिद्धूले लोकसभा निर्वाचनका क्रममा आफ्नो एउटा चुनावी भाषणमा स्मृति इरानीले राहुल गान्धीलाई हराइन् भने आफूले राजनीति छोड्ने बताएका थिए ।
  • उनले यदि अमेठीबाट कांग्रेस अध्यक्ष राहुल गान्धीले हारे भने आफूले राजनीतिबाट सन्यास लिने दाबी गरेका थिए ।
  • स्मृति इरानीले अमेठीबाट राहुल गान्धीलाई ५५ हजार भन्दा धेरै मतले पराजित गरेकी छन् ।

कांग्रेस नेता नवजोज सिंह सिद्धूले लोकसभा निर्वाचनका क्रममा आफ्नो एउटा चुनावी भाषणमा स्मृति इरानीले राहुल गान्धीलाई हराइन् भने आफूले राजनीति छोड्ने बताएका थिए । उनले यदि अमेठीबाट कांग्रेस अध्यक्ष राहुल गान्धीले हारे भने आफूले राजनीतिबाट सन्यास लिने दाबी गरेका थिए । स्मृति इरानीले अमेठीबाट राहुल गान्धीलाई ५५ हजार भन्दा धेरै मतले पराजित गरेकी छन् । राहुल गान्धीले अमेठीबाट हार्ने संकेत देखिने वित्तिकै सामाजिक संजालमा सिद्धुलाई नराम्रोसँग ट्रोल गर्न थालिएको छ ।

ट्विटरमा #sidhuquitpolitics र #sIdhu टप ट्रेण्डमा छ। सामाजिक संजाल प्रयोगकर्ताले ह्याशट्याग्ससँगै मिम्स पनि शेयर गरेका छन्। सिद्धुले भाषण गर्दाको समाचारको स्क्रीनशट पनि फेसबुक र ट्विटरमा निकै शेयर गरिएको छ । एक जना ट्विटर प्रयोगकर्ताले लेखेका छन्, ‘अब हामीलाई विश्व कपमा तपाइँको कमेन्ट्रीको पर्खाइ छ । यदि तपाइँ अमेठीका लागि राजीनामा दिनुहुन्छ भने हामी सबै तपाइँलाई मिस गर्छौ।’

गीतार्थ कुमारले लेखेका छन्, ‘अब के सर? अंग्रेजमा एउटा भनाइ छ, आफ्नो भनाइलाई त्यसरी सम्हालेर राख्नुस जसरी हिरा र सुनलाई राखिन्छ ।’ अर्का एक जनाले लेखेका छन्, ‘सिद्धूजीलाई सम्झाउने बेला हो यो। किनभने बोल्नु भन्दा पहिला दुई पटक सोच्ने गर्नुस ्। यो क्रिकेट वा कमेडी शो होइन, जहाँ तपाइँ जे पनि भन्न सक्नुहुन्छ।’

श्रेया शर्मा लेख्छिन्, ‘तपाइँको जवाफ र राजीनामा चाहियो सर।’
अन्य एक प्रयोगकर्ताले लेखेका छन्, ‘अमेठीका जनता त्यसो त स्मृतिलाई भोट दिन चाहँदैन थिए । तर सिद्धूको अभिव्यक्तिले स्मृतिलाई भोट दिन अमेठीका जनता बाध्य भए ताकि सिद्धू राजनीतिक छोडुन् ।’ यसअघि पनि सिद्धू आफ्नो अभिव्यक्तिका कारण विवादमा परेका थिए ।

पाकिस्तानका प्रधानमन्त्री इमरान खानको शपथ ग्रहण समारोहका क्रममा उनले पाकिस्तानी सेनाध्यक्ष जनरल कमर बाजवासँग अंकमाल गर्दा भारतको उनको चर्को आलोचना भएको थियो । पुलवामा आक्रमणपछि सिद्धूले भनेका थिए, ‘आतंकवादको कुनै देश हुँदैन, आतंकवादीको कुनै घर र कुनै जाति हुँदैन।’

उनले केहीको भरमा पूरै देशलाई वा कुनै व्यक्तिलाई दोषी ठहर्याउन नमिल्ने बताएका थिए । सिद्धूको यो अभिव्यक्तिप्रति नेतादेखि लिएर सर्वसाधारणसम्मले आपत्ति जनाएका थिए । सर्वसाधारणले सोनी टिवी वहिष्कार गर्ने चेतावनी दिएपछि सोनी टिभीले ‘द कपिल शर्मा शो’ बाट सिद्धुलाई हटाएको थियो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

जग्गा संरक्षण आयोगको टोली दमकमा
जग्गा संरक्षण आयोगको टोली दमकमा
नेपाल भारत ऊर्जा सचिवस्तरीय बैठक : प्रसारण लाइन र विद्युत् व्यापारमा महत्वपूर्ण सहमति
नेपाल भारत ऊर्जा सचिवस्तरीय बैठक : प्रसारण लाइन र विद्युत् व्यापारमा महत्वपूर्ण सहमति
Demand of Electricity will Definitely Rise if we are able to supply more….
Demand of Electricity will Definitely Rise if we are able to supply more….
आयोजनाको सबै विवरण एकै ठाउँमा ल्याउन एकीकृत सूचना प्रणाली विकास गरिने
आयोजनाको सबै विवरण एकै ठाउँमा ल्याउन एकीकृत सूचना प्रणाली विकास गरिने
मतगणना आजैबाट सुरु गरिने , ४ दिनभित्र मतपरिणाम !
मतगणना आजैबाट सुरु गरिने , ४ दिनभित्र मतपरिणाम !
सबैभन्दा सस्तो र सानो कार ‘क्युट’ लन्च, करिब ५ लाख २७ हजार रुपैयाँ : बाइक चढ्ने पैसाले कार किन्न मिल्ने
सबैभन्दा सस्तो र सानो कार ‘क्युट’ लन्च, करिब ५ लाख २७ हजार रुपैयाँ : बाइक चढ्ने पैसाले कार किन्न मिल्ने
राष्ट्रपति भवन नै  कानुनविपरीत निर्माण
राष्ट्रपति भवन नै कानुनविपरीत निर्माण
फेसबुकबाट जोडिएको ‘चित्रकला कार्यशाला’ मोफसलमा पनि
फेसबुकबाट जोडिएको ‘चित्रकला कार्यशाला’ मोफसलमा पनि
आजको मौसमः चार प्रदेशमा कतै भारी त कतै छिटफुट बर्षा हुने
आजको मौसमः चार प्रदेशमा कतै भारी त कतै छिटफुट बर्षा हुने
राष्ट्रपति र प्रधानमन्त्रीद्वारा शहिदप्रति श्रद्धान्जली
राष्ट्रपति र प्रधानमन्त्रीद्वारा शहिदप्रति श्रद्धान्जली