कानुनमन्त्रीमा यी हस्तीहरुको हुँदैछ चर्चा

Shikharkhabar Shikharkhabar
|
बुधबार, श्रावण १६, २०७५
|
|
१९ पटक हेरिएको
Shares
कानुनमन्त्रीमा यी हस्तीहरुको हुँदैछ चर्चा

सारांश

  • काठमाडौं, १६ साउन ।
  • नेकपामा कानुन, न्याय तथा संसदीय मामिलामन्त्रीका लागि सांसदहरू भानुभक्त ढकाल, कृष्णभक्त पोखरेल र वसन्त नेम्वाङको नाम चर्चामा छ ।
  • उनीहरूमध्येबाटै एकजना मन्त्री हुने सम्भावना देखिएको प्रधानमन्त्री सचिवालय स्रोतले जनाएको छ ।

काठमाडौं, १६ साउन । नेकपामा कानुन, न्याय तथा संसदीय मामिलामन्त्रीका लागि सांसदहरू भानुभक्त ढकाल, कृष्णभक्त पोखरेल र वसन्त नेम्वाङको नाम चर्चामा छ । उनीहरूमध्येबाटै एकजना मन्त्री हुने सम्भावना देखिएको प्रधानमन्त्री सचिवालय स्रोतले जनाएको छ ।

ढकाल, पोखरेल र नेम्वाङ तीनैजना प्रत्यक्ष निर्वाचित सांसद हुन् । ढकाल मोरङ ३, पोखरेल चितवन २ र नेम्वाङ पाँचथरबाट निर्वाचित भएका हुन् । प्रधानमन्त्री ओलीसमक्ष जनजाति समुदायबाटै कानुनमन्त्रीमा बनाइनुपर्ने दबाब धेरै छ ।

तत्कालीन कानुन, न्याय तथा संसदीय मामिलामन्त्री शेरबहादुर तामाङले बंगलादेशमा पढ्न गएका नेपाली महिला विद्यार्थीका विषयमा विवादित अभिव्यक्ति दिएपछि पार्टी नेतृत्वले उनलाई पदबाट राजीनामा दिन दबाब दिएको थियो । लगत्तै तामाङले ८ साउनमा राजीनामा बुझाएका थिए भनेर नयाँ पत्रिका दैनिकले खबर छापेको छ ।

प्रतिक्रिया

1 कमेन्ट

    Comment Author

    Bishnu Acharya

    Basanta thik holan

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 1
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?